रक्सी पिएर प्रहरीलाई हातपात गर्न खोज्ने समातिए

बैशाख २, २०७६

काठमाडौं–टोखा नगरपालिका–८ वानियाटार चोकबाट मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्न खोज्ने ३ जनालाई  प्रहरीले पक्राउ गरको छ । 

पक्राउ पर्नेहरुमा टोखा नगरपालिका बानियाटार बस्नेहरु २१ वर्षीय दिपक लिम्वु, ३२ बर्षीय राकेश लिम्बु र २१ वर्षीय विश्वास लिम्बु रहेका छन् । 


ADVERTISEMENT

मादक पदार्थ सेवन गरी गरी होहल्ला गर्दै हिँडिरहेको अबस्थामा प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरीलाई हातपात गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार