×

NMB BANK
NIC ASIA

‘८ लाखको चेक बाउन्स भयो सर !’

बैशाख ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौँ–महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीको कार्यकक्षमा एक युवक फाइल बोकेर दर्ता चलानी गर्न पुगे । “चेक बाउन्स भो सर,” बोगटीले सोध्नुभयो, “कति रकमको ?” “रु आठ लाखको सर,” युवाले जवाफ फर्काए । बोगटीले हस्ताक्षर गरेर मुद्दा फाँटमा पठाउनुभयो । 
 
यस्तै एक पेट्रोलपम्पका कर्मचारी त्यसैगरी फाइल बोकेर आए । उनको पनि एक पम्पसञ्चालकले रु पाँच लाख लगेर खातामा पैसा नभएको चेक दिएका थिए । सोही समयमा अर्का व्यक्ति पनि रु दुई लाख ठगेको भन्दै प्रहरी परिसरमा जाहेरी दिन आइपुगे । 
 
आज दिउँसो पाँच मिनेटको अन्तरालमा परिसरमा भएका तीन मुद्दाका जाहेरीले समेत बैंकिङ कसुरको अवस्था चित्रण गर्छ । परिसरका प्रवक्ता होवीन्द्र बोगटीका अनुसार रु पाँच करोडभन्दा बढी रकम यसैगरी ठगेका घटना छन् । काठमाडौँको बूढानीलकण्ठका जग्गा व्यापारीले कारोवारको सिलसिलामा यसरी  पैसा लगेको र पछि चेक बाउन्स भएको भन्दै उजुरी परेको छ ।
 
“रु पाँच करोड ५० लाखको ठगीमा जाहेरी परेको छ, पाँच दिनदेखि हामी अनुसन्धानमै छौँ, अहिले यस्ता बैंकिङ् ठगीका मुद्दा ह्वात्तै बढेका छन्” बोगटीले भन्नुभयो । उक्त मुद्दाका आरोपी अहिले प्रहरीको हिरासतमा छन् । परिसरमा अहिले अन्यभन्दा अधिक मुद्दा बैंकिङ ठगीका छन् ।
 
बोगटीले भन्नुुभयो, “व्यक्तिलाई चेक दिन असाध्यै सहज हुन्छ, चेक दिएको भान हुन्न, जतिको पनि चेक काट्न तयार हुन्छन्, पैसा तिर्ने बेलामा समस्या पर्छ, पहिले जस्तो छैन, अहिले कानून कडा छ ।” कानूनबारे थाहा नहुँदा यस्ता घटना बढिरहेका छन् । चेक बाउन्सको मुद्दा पहिले देवानी अदालतमा जान्थ्यो । अहिले सिधै फौजदारी अपराधअन्तर्गत मुद्दा चल्छ । साठी दिन हिरासतमै राखेर अनुसन्धान गर्न सक्ने अधिकार प्रहरीलाई प्राप्त भएको छ । चेकमा गम्भीर बनिएन भने जो सुकै पनि थुनामा पर्छ । बिगोसहित जरिवाना र क्षतिपूर्तिसम्मको कानूनी व्यवस्था रहेको परिसरका निमित्त प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकरी दिनुभयो । उहाँका अनुसार दोषीलाई तीन वर्षसम्म कैदसमेत हुनसक्छ । 
 
महानगरिय प्रहरी परिसरका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ठगी मुद्दामा २१५ उजुरी पर्दा बैंकिङ कसुरका मुद्दा ६ वटा थिए । आर्थिक वर्ष २०७३÷७४ मा ठगीका १४० र बैंकिङ कसुरका १० उजुरी परेका थिए । आव २०७४÷७५ मा ह्वात्तै बढेर बैंकिङ कसुरका मुद्दा ४२१ पुगे । अन्य ठगीका मुद्दा २१७ मात्रै रहेको तथ्याङ्क छ  ।
 
चालू आवकोे अहिलेसम्म बैंकिङ कसुरका मुद्दा मात्रै एक हजार नाघिसकेको छ । अन्य ठगीका मुद्दा भने १६१ मात्रै दर्ता भएको परिसरले जनाएको छ । प्रहरीका अनुसार विद्युतीय अपराध र बैंकिङ कसुरका मुद्दा बढ्दो क्रममा छन् । हाउजिङ र वैदेशिक रोजगारसम्बन्धी मुद्दा पनि बढेका छन् । यस्ता घटनामा शुरुमा प्रगाढ सम्बन्ध गाँसेर पैसा लिने गरिएको र पछि आपसमा धोका, गलत र झुक्याएर  अपराध हुने गरेको प्रहरीको निष्कर्ष छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x