भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ ।
फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा केही पहिला प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो । दैनिक भाष्करमा तोषी व्यास कुरन्नेले यसको कारण केलाएकी छिन् ।
१. हर्मोनल चेन्जः
विवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ ।
२. निन्द्रा नपुग्नुः
विवाह पछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययनका अनुसार दैनिक ७–८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ जसले तौल बढ्ने गर्दछ ।
३. तनावः
विवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ ।
४. सोचमा परिवर्तनः
मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।
५. दैनिकीमा परिवर्तनः
एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ ।
६. उमेरको असरः
आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरिरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।
७. आउटिंगः
विवाह पछि हनिमुन जाँदा बाहिरको खाना साधारण हुन्छ । यसका साथै धेरैजसो जोडी विकेन्ड र आउटिंग भन्दै बाहिर खाना खान रुचाउँछन् । यी हाइ क्यालोरी खाना तौल बढाउनको लागि जिम्मेवार हुन्छन् ।
८. डाइटमा परिवर्तनः
विवाह पछि आफन्तकोमा जानु पर्ने रितिरिवाज हुन्छ जहाँ धेरैजसो हेभी खाना हुने गर्दछ । धेरै जोडीको खाना खानको लागि निश्चित समय पनि हुँदैन । यसले तौल बढ्छ
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...