×

NMB BANK
NIC ASIA

विकास/निर्माण

द्रूतगतिमा गौतमबुद्ध विमानस्थलको काम, कहिलेबाट शुरू हुन्छ विदेश उडान ?

बैशाख ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

धावनमार्ग निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय स्तरका उडान भर्न सकिन्छ । ४ तहमा निर्माण हुने धावन मार्गको ३ तहमध्ये पहिलो र दोस्रो तह र तेस्रो तह सम्पन्न भएको छ भने अन्तिम चरणको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धावन मार्गको प्रत्येक पत्र कालोपत्रे ७ दशमलव ५ मिटरको छ । धावन मार्गको लम्बाई ३ किलोमिटर छ । आयोजना प्रमुख प्रवेश अधिकारीले वैशाखभित्र धावन मार्ग निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।


Advertisment
Nabil box
Kumari

धावन मार्ग कात्तिकदेखि कालोपत्रे गर्न शुुरू गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले कालोपत्रे काम शुुरू गरेका थिए । धावन मार्ग ‘ट्याक्सी वे’ सँग जोडिने छ । धावन मार्ग विमानस्थलको मेरुदण्ड मानिन्छ । अधिकारीले थपे, ‘बाधा अवरोध नआए अबको ३ हप्ताभित्र रनवे निर्माण सम्पन्न हुन्छ ।’

Vianet communication
Laxmi Bank

धावनमार्ग पूर्णरुपमा तयार भएपश्चात् आपतकालीन अवस्थामा काठमाडौंमा अवतरण हुन नसक्ने अन्तर्राष्ट्रिय उडानका विमानलाई लुम्बिनीमा अवतरण गराउन सकिने आयोजना प्रमुख अधिकारीले बताए । आयोजनामा हालसम्म ७० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माणको कामलाई तीब्रताका साथ अगाडि बढाएको छ । दिनरात गरेर १ सय ५० जना कामदार खटिएका छन्, जसमध्ये ७० जना चिनियाँ छन् । 

ट्याक्सी–वेको काम पनि धमाधम भइरहेको छ । १ सय ६० वटा ट्याक्सी पार्किङ गर्ने पार्किङस्थल बनाइँदै छ । ट्याक्सी–वेको लम्बाई १ हजार १ सय मिटर लामो र २३ मिटर चौडाइको हुुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यता गौतमबुुद्ध विमानस्थल बनेपछि अन्त्य हुने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि आवश्यक पर्ने ‘आईकाओ’बाट प्रमाणपत्र प्राप्ति लगायत सम्पूर्ण कार्य पनि सन् २०१९ भित्र पूूरा हुनेछन् । 

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सोही वर्षको पहिलो महिनाभित्रै अन्तर्राष्ट्रिय उडान भर्ने अधिकारीले बताए । प्रदेश सरकारले पनि लुुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । त्यसैले विमानस्थल छिटो सम्पन्न भए लुम्बिनी आउने पर्यटन बढ्ने प्रदेश सरकारको अपेक्षा छ । 

तर त्योभन्दा अघि विमानस्थलमा परीक्षण उडान सम्पन्न गराउने योजना रहेको उनले बताए । विमानस्थलका अन्य भौतिक पूर्वाधार निर्माण कार्य पनि समानन्तर रुपमा भइरहेको छ । तोकिएको समयावधिभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने आयोजनाको दाबी छ । 

निर्माण सम्पन्न गर्ने अन्तिम मिति २८ जुुन २०१९ सम्म रहेको छ । हाल विमानस्थलको धावन मार्गमा अन्तिम तहको कालोपत्रे, टर्मिनल भवन, पानी ट्यांकी, कन्ट्रोल टावर लगायतको काम धमाधम भइरहेको छ ।

टर्मिनल भवनको छाना हाल्न बाँकी छ । छाना आइसकेको र केही दिनभित्रै छाना हाल्ने काम शुरू हुने आयोजना प्रमुख अधिकारीले बताए । टर्मिनल भवनको आगमन र प्रस्थान एवं प्रशासनिक भवनको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यहाँ विद्युत् जडान र अन्य काम पनि भइरहेको छ । ७ तलाको हुने कन्ट्रोल टावर निर्माण भइसकेको छ । उडान र अवतरणमा प्रयोग हुने विद्युतीय उपकरण जडान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । 

विमान पार्किङस्थल (एप्रोन) को काम पूरा भइसकेको छ । कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँ लगानीमा निर्माणाधीन विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ ।

लुम्बिनीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारका दरले वार्षिक करिब ६० लाख यात्रु विमानस्थल भएर यात्रा गर्ने सरकारी आकलन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x