×

NMB BANK
NIC ASIA

वीरेन्द्रनगर प्रमुखको गुनासो- बजेट कम भयो, सोचेजस्तो विकास गर्न सकेनौं

बैशाख ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेश सरकारले दुई वटा बजेट ल्याइसकेको छ । एउटा बजेट कार्यान्वयन गरिसकेका छन् भने अर्को बजेटको कार्यान्वयन तीव्र रूपमा भइरहेको छ । करोडौं बजेट खर्च भएपनि वीरेन्द्रनगर नगरपालिकाले देख्न सकिने तथा गर्व गर्न लायक काम गर्न नसकेको सथानीयको आरोप छ । तर नगर प्रमुख देवकुमार सुवेदी भने यो साढे एक वर्षको अवधिमा जनताका अपेक्षा बढी भएको तर बजेट कम भएका कारण सोचेजस्तो विकास गर्न नसकिएको स्वीकार्छन् । यद्यपि कम बजेट भएपनि धेरै काम गर्न शुरूआत गरिसकिएको दाबी गर्छन् ।

Muktinath Bank

‘पहिले नगरपालिकासँग एक गुरुयोजना थियो । वडा थप भएका कारण पहाडी वडाहरूको गुरुयोजना बनाइएको थिएन । अहिले हामीले समग्र नगरपालिकाको गुरुयोजना बनाउन सफल भएका छौं,’ प्रमुख सुवेदी भन्छन्, ‘अब गुरुयोजना बनिसकेको छ । यहि गुरुयोजनामा टेकेर अब विकास निर्माणका कामलाई तीव्रता दिन्छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो बाहेक शहरी नापी गरिएको, वडा नं. १४, १५ र १६ का विकट बस्तीमा सडक पुर्‍याइएको, कानूनहरू बनाइएको उनको दाबी छ । ‘अबको एक वर्ष भित्र काँक्रेबिहारले पूर्णता पाउँदैछ । ढालेढुंगामा बाटो बन्दैछ,’ उनले भने, ‘व्यवस्थित शहरको सपना देखेका छौं । त्यो सपना पूरा गर्न कामको शुरूआत गरिरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

नगर प्रमुख सुवेदीले मंगलगढीमा सानो पार्क बनाउने योजना भएको बताए । यसका साथै नगरपालिकामा चिल्ड्रेन पार्क बनाउने, सडकको दुवैतर्फ उत्पादनमुलक बिरुवा रोप्ने र हरियाली शहर बनाउने योजना सुनाए । ‘नगर क्षेत्रका केही सडकमा हामीले तेजपत्ता रोपिसकेका छौं । एयरपोर्ट तथा जन माध्यमिक विद्यालय नजिकको सडकमा गएर हेर्न सक्नुहुन्छ ,’ उनले भने, ‘यसले हामीलाई भविष्यमा सडक पनि सुन्दर देखिने र आयआर्जन पनि हुने अपेक्षा गरेका छौं ।’

Vianet communication
Laxmi Bank

नगरप्रमुख सुवेदीले सिमल चोक–एयरपोर्ट हुँदै गणेश चोक जाने बाटो कालोपत्रे भइरहेको बताउँदै मंगलगढी काँक्रेबिहार जाने सडक कालोपत्रे तथा स्तरोन्नतीका लागि टेण्डर आव्हान भइसकेको बताए । ‘चक्रपथको काम शुरू हुँदैछ । बजारको बाटो टाल्ने काम पनि शुरू भएको छ । जेठ पन्ध्र भित्र बसपार्क निर्माण सम्पन्न भई हाम्रो स्वामित्वमा आउँदैछ,' उनी थप्छन्, '‘फोरलेन सडकको कालोपत्रे केही समयपछि सकिँदैछ । पुलहरू बनिरहेका छन् ।’ उनले ल्याण्ड फिल्ड पनि बनाइरहेको बताए ।

स्वास्थ्य क्षेत्रमा पनि धेरै कामहरू भएको उनले सुनाए । ‘गढी, रतुका स्वास्थ्य चौकीका भवन निर्माण कार्य पूरा भएका छन् । लाटी कोइलीमा डाक्टरसहित शहरी सवास्थ्य केन्द्र बनाइएको छ,’ उनले भने, ‘अर्को वर्षदेखि नगर अस्पताल सञ्चालन गर्नेछौं ।’

उनले यति भनिरहँदा तर तपाईले देखिने र जनताले महसूस गर्ने काम गर्न सक्नु भएन नि भन्ने लोकान्तरको प्रश्नमा उनको जवाफ यस्तो थियो, 'हामीले काम गर्न शुरू गरेका छौं । जनताका अपेक्षा धेरै छन् तर हामीसँग विकासे बजेट अत्यन्तै न्यून छ । विकास गर्न बजेटको आवश्यकता पर्छ । काम गर्ने इच्छा भएर मात्रै हुँदैन रहेछ, त्यसका लागि साधन र स्रोतको आवश्यकता पर्दछ ।’ उनले ६८ करोड बजेट पाए आफूले वीरेन्द्रनगरलाई साँच्चिकै व्यवस्थित शहर बनाउने बताए । ‘६८ करोड बजेट पायौं भने हामी बजार क्षेत्रलाई अत्यन्तै राम्रो बनाउन सक्छौं । सबै सडक कालोपत्रे गर्ने र फुटपाथ व्यवस्थापन गर्न सक्छौं,’ उनले भने, ‘१६ वडाका लागि आउने १०/१५ करोड पुँजीगत बजेटले सडक टाल्नु बाहेक केी गर्न सकिँदो रहेनछ ।’

उनले प्रदेश तथा संघीय सरकारले बजेट दिएको खण्डमा काम गर्न सम्भव रहेको बताए ।

यता सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेश सरकारलाई पनि बजेट अभाव भएको बताइन् । ‘बजेट अभाव हामीलाई पनि छ,’ उनी भन्छिन्, ‘वीरेन्द्रनगरलाई हामीले समपुरक अनुदान दिएका छौं । अन्य सडकका लागि पनि बजेट दिएका छौं ।’ मन्त्री केसीले प्रदेश सरकारले अब नगरपालिकालाई थप बजेट दिन नसक्ने बताइन् । ‘कुनै विशेष परिस्थिति आए नगरलाई रकमान्तर गरेर बजेट दिन सकिएला । तर अहिलेको परिस्थितीमा बजेट दिन सम्भव छैन,’ मन्त्री केसीले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x