कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
जनकपुरधाम - प्रदेश सरकारले जनकपुर अञ्चल अस्पताललाई प्रदेश नम्बर दुईको प्रादेशिक अस्पताल नामकरण गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर दुईको सामाजिक विकास मन्त्रालयले विगतमा अञ्चल अस्पतालको रूपमा रहेको जनकपुर अञ्चल अस्पतालको स्वरूपलाई प्रादेशिक अस्पताल नामकरण गर्ने निर्णय गरेको छ ।
बुधवार सामाजिक विकास मन्त्री नबलकिशोर साहले मन्त्रालयद्वारा उक्त नामकरण प्रस्तावबारे उठाइएको टिप्पणी आदेशमा निर्णय गरेको हो । 'उक्त नामकरण प्रस्ताव भोलि ५ गते बस्ने मन्त्रिपरिषदको बैठकमा लग्ने तयारी गरेका छौं,' मन्त्री साहले लोकान्तरसँग भने, 'नाम मात्र फेर्न लागेका छैनौं, प्रादेशिक अस्पतालका लागि आवश्यक सम्पूर्ण पूर्वाधार पनि त्यसै अनुसार विकसित गर्दै जाने तयारी गरेका छौं ।'
बिहीवार बस्ने मन्त्रिपरिषद बैठकमा अन्य मन्त्रीले पनि सर्वसम्मत ढंगले उक्त प्रस्तावलाई पारित गर्नेमा समेत आफू आशावादी रहेको उनले बताए । जनकपुर अहिले प्रदेशको अस्थायी राजधानी समेत रहेकाले उक्त अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल नामकरण गरिएको उनले बताए ।
विगतमा संघीय सरकार मातहत रहेको जनकपुर अञ्चल अस्पताल अहिले प्रदेश सरकारको मातहत आइसकेको छ । उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । उक्त अस्पतालको बजेटदेखि कर्मचारी नियुक्तिसम्म सबै काम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत संचालन भइरहेको छ ।
२ सय शैय्याको उक्त अस्पतालमा १ सय शैय्या सरकार र १ सय शैय्या विकास समितिमार्फत संचालित रहेको थियो । अहिले विकास समिति विघटन भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...