×

NMB BANK
NIC ASIA

शिक्षामा समानता : पूर्वखोला बन्यो निजी विद्यालयमुक्त गाउँपालिका, सबै गाभिए सामुदायिकमा

बैशाख ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पा – सामुदायिक विद्यालय छाडेर संस्थागत विद्यालय जाने धेरै अभिभावक र विद्यार्थीको रोजाइमा पर्छ । केही सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर उच्च रहँदा–रहँदै पनि अभिभावकले संस्थागत विद्यालयमै आफ्ना बालबालिकालाई भर्ना गराउँदै आएका छन् । 

Muktinath Bank

महंगो शुल्क तिरेर संस्थागत विद्यालयमा लैजाने अभिभावकको लहर बढेका बेला पाल्पाको पूर्वखोला गाउँपालिकामा सञ्चालित सबै संस्थागत विद्यालय सामुदायिकमा गाभिन पुगेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकामा सञ्चालन हुँदै आएका ५ संस्थागत विद्यालय यसै शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गाभिएका हुन् । गाउँपालिकाले गत वर्ष गाउँ शिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएको थियो ।


Advertisment
Nabil box
Kumari

कार्यदलले सरकारी र संस्थागत विद्यालय अनुगमन गरी प्रतिवेदन तयार गरेर यसै शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गाँभेको हो ।

Vianet communication
Laxmi Bank

पूर्वखोला बोर्डिङ स्कूललाई उद्बुद्ध मावि रिङ्नेरहमा, जोनन इङलिस बोर्डिङ स्कूललाई गणपति मावि वीरकोटमा, सरस्वती बोर्डिङ स्कूललाई सरस्वती मावि जल्पामा, माउन्ट भ्यू बोर्डिङ स्कूललाई शम्भु मावि जल्पामा र चिराग बोर्डिङ स्कूललाई  मातृभूमि मावि देवीनगरमा गाँभिएको गाउँपालिकाका शिक्षा शाखाप्रमुख मणि खनालले बताए ।

गाउँपालिकाभित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले संस्थागतलाई सामुदायिकमा गाँभिएको उनले बताए । अभिभावक र विद्यार्थीलाई पनि नयाँ शैक्षिक सत्र शुरू भएपछि सामुदायिक र संस्थागत कुन विद्यालयमा भर्ना हुने भन्नेमा अन्योल हटेको छ । गाउँपालिका र सरोकारवालाको समन्वयमा संस्थागत विद्यालयलाई सामुदायिकमा गाँभिएको हो । शैक्षिक गुणस्तर वृद्धि गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा एकरुपताका साथ शिक्षा प्रदान गराउन कार्यविधि अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

‘सामुदायिक विद्यालयमा गाँभिएका सबै संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई व्यवस्थापन गर्नेछौं, संस्थागत विद्यालयका सञ्चालकलाई जग्गा, फर्निचर र भवनको लागत खर्च पनि उपलब्ध गराउँछौं,’ उनले भने ।

आगामी ५ वर्षभित्रमा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र शिक्षामा एकरुपता ल्याउने कार्ययोजनालाई गाउँपालिकाले अगाडि बढाएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बर्सेनि कम संस्थागतमा धेरैको आकर्षण बढ्दै जान थालेपछि सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान गरी संस्थागत विद्यालयलाई गाँभिएको हो । 

प्रदेश र संघीय सरकारको समन्वयमा शैक्षिक एकरुपता र गुणस्तरीयता वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरू गरिएको छ । गाउँपालिकामा ३७ सामुदायिकमा ५ संस्थागत विद्यालयका ५ सय ८५ विद्यार्थी र ५३ शिक्षक कर्मचारी गाँभेर एकै प्रकारको शिक्षा प्रदान गरिने भएपछि अभिभावक उत्साहित भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ९, २०७६

शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...

साउन २५, २०७६

बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।  विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...

साउन २७, २०७६

काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...

साउन २३, २०७६

जाजरकोट – जिल्लाको एक विद्यालयका शिक्षकहरूले १ वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका...

असार २१, २०७६

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...

असार २१, २०७६

जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् । शिक्षा संकायमा स्नातकोत्तर गरे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x