×

NMB BANK
NIC ASIA

प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न– ... वृद्धलाई बचाउने कि बच्चालाई ?

बैशाख ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– यहाँको बायोडाटा हेर्दा योग्यता राम्रो नै देखिन्छ, तर प्रस्तुतिमा अलि कमजोरी हो कि ? कन्फिडेन्स लुज भएको हो कि ? सांसद सुरेन्द्र पाण्डेको प्रश्न भुइँमा खस्न नपाउँदै प्रस्तावित न्यायाधीश सुष्मालता माथेमाले एक शब्दमा जवाफ दिइन्– ‘विनम्रता !’ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका पाँच प्रस्तावित न्यायाधीशका सम्बन्धमा सुनुवाइ गर्न बिहीवार सिंहदरबारमा समितिको बैठक बसेको थियो ।

Sagarmatha Cement
Muktinath Bank

उनले जवाफ दिने समय आउन बाँकी नै थियो, तर शायद उनलाई ‘कन्फिडेन्स लुज’ भएको भन्ने कुराले छोयो र बोलिहालिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही समयपछि जवाफ दिने पालो आयो । सांसद पाण्डेको उक्त प्रश्नमा प्राथमिकताका साथ जवाफ दिएकी माथेमाले भनिन्, ‘न्यायाधीशको काम बोल्ने भन्दा सुन्ने बढी हुँदो रहेछ । जहाँसम्म कन्फिडेन्स लुज कि विनम्रता भन्ने प्रश्न छ, कन्फिडेन्स लुज त हुँदै होइन, नत्र यत्रो कार्यकाल सफलतापूर्वक सम्पन्न हुने नै थिएन ।’


Advertisment
Nabil box
Kumari

माथेमालाई सांसद योगेश भट्टराईले सोधे– एनसेलसम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठ आउँदा दायित्वभन्दा २८ अर्ब रुपैयाँ कम रकम तिर्नुपर्ने गरी फैसला आएको आशयका समाचार आएका छन्, अदालतमा यस्तो किन हुन्छ ?
जवाफमा उनले सर्वोच्च अदालतले फैसला सुनाइसकेको विषयमा आफूले ‘कमेन्ट’ नगर्ने बताइन् ।

Vianet communication
Laxmi Bank

माथेमापछि सुनुवाइका लागि उपस्थित प्रस्तावित न्यायाधीश कुमार रेग्मीलाई सांसद पाण्डेले नै प्रश्न सोधे– अहिले आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’बाट चल्ने गाडी आइसक्यो । मान्छेजस्तै कम्प्युटरले चलाउने गाडी । यस्ता गाडीले बाटोमा एउटा बच्चा र बूढालाई देख्यो र तीमध्ये एक जनालाई मात्र बचाउन सकिने अवस्था आयो भने कसलाई बचाउने, बूढालाई कि बच्चालाई ? यो विषयको निरूपण नभएसम्म यस्ता गाडी चल्न नदिने भनिएको छ । अब

तपाईंको इजलासमा पनि यस्ता मुद्दा आउन सक्छन्, हिजोको आखाँबाट हेर्ने कि मोडर्न युगको नयाँ आँखाबाट ? यस्ता सवारी साधनबाट हुने दुर्घटनामा कसलाई दण्डित गर्ने ? प्रविधि बनाउनेलाई कि, कसलाई ? 

रेग्मीले एआईसम्बन्धी प्रश्नको स्पष्ट जवाफ दिएनन् । तर पाण्डेकै अर्को प्रश्नको जवाफ दिए, जुन भ्रष्टाचारका सम्बन्धमा थियो– ‘न्यायाधीशले भ्रष्टाचार गर्नुभन्दा ठूलो पाप केही होइन । भ्रष्टाचार गर्ने न्यायाधीशलाई एक मिनेट पनि अदालतमा बस्न नदिनुस् । मैले भ्रष्टाचार गरेँ भने एक मिनेट पनि बस्न दिनु पर्दैन,’ रेग्मीले भने ।

प्रस्तावित न्यायाधीश हरि फुयाँललाई कांग्रेसका भीमसेन दास प्रधानले भागबण्डाका आधारमा न्यायाधीश नियुक्त हुने गरेको भन्दै कसरी निष्पक्षता कायम गर्ने भन्ने प्रश्न गरे । जवाफमा फुयाँलले पदीय मर्यादा कायम राख्ने र कसैप्रति अनुग्रहित नहुने बताए ।

प्रस्तावित न्यायाधीश प्रकाश ढुंगानालाई सांसद सुमनराज प्याकुरेलले अदालतमा बेन्च फिक्सिङबारे प्रश्न सोधे । पाटन उच्च अदालतको मुख्य न्यायाधीश रहिसकेका ढुंगानाले आफूले त्यस्तो अनुभव नगरेको बताउँदै हार्नेहरूले त्यस्तो आरोप लगाउने गरेको बताए ।

सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूले संविधानको सर्वोच्चता डग्न नदिने, न्यायालयमा निष्पक्षता कायम राख्ने लगायतका प्रतिबद्धता जनाएका थिए ।

प्रक्रिया पूरा गर्न हतारहतार !

एकैदिन पाँचजना प्रस्तावित न्यायाधीशको सुनुवाइको कार्यतालिका रहेकाले सुनुवाइ सक्न भ्याइनभ्याइ भएको थियो ।

प्रस्तावित न्यायाधीश कुमार रेग्मीको सुनुवाइ सकिएपछि समिति सभापति लक्ष्मणलाल कर्णले अनौपचारिक प्रस्ताव राखे– ‘१० मिनेट ब्रेक लिने कि !’ 

अझै दुईजनाको सुनुवाइ बाँकी रहेकाले हलबाट आवाज आयो – ‘खाजा खाइहालियो, कन्टिन्यु गरौं ।’ त्यसअघि सुनुवाइ चलिरहँदा नै सांसदहरूले त्यहीँ खाजा खाएका थिए ।

बैठक जारी रह्यो । लामो समयसम्म बैठक चलिरहँदा सांसद तथा उपस्थित सञ्चारकर्मीहरू ‘हाई’ काढिरहेका देखिन्थे । 

समितिको बैठकमा क्रमश: प्रस्तावित न्यायाधीशहरू प्रकाश ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र डा. मनोजकुमार शर्माका सम्बन्धमा सुनुवाइ भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x