×

NMB BANK
NIC ASIA

अख्तियारको पत्रमा सञ्जेलको प्रतिक्रिया: ‘भ्रष्टाचारी ठहर भए काठमाडौको टुँडिखेलमा झुण्ड्याएर मार्नु’

बैशाख ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- काम नगरी तलबभत्ता बुझेको भन्दै अख्तियारले पत्र काटेपछि श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले 'म भ्रष्टाचारी प्रमाणित भए टुँडिखेलमा झुण्ड्याएर मार्नु' भनी अभिव्यक्ति दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएपछि उनको प्रतिक्रिया कस्तो रहला भन्ने सर्वत्र चासोको विषय बनेको थियो ।

Muktinath Bank

निर्वाचन आयोग, क्षेत्रीय कार्यालय विराटनगरमा रहँदा काम नगरी एक महिनाको तलब भत्ता लिएको उजुरी परेपछि अख्तियारले सञ्जेलको नाममा वैशाख ४ गते पत्र काटेर श्रम कार्यालयमा पठाएको थियो । क्षेत्रीय निर्वाचन कार्यालयको प्रमुख रहँदा २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म हाजिरी नै नगरी तलब भत्ता बुझेको भन्दै सञ्जेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन दिनभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन आदेश सहित आएको पत्रको सन्दर्भमा बोल्दै सञ्जेलले शुक्रवार आफू बयान दिन जाने बताएका हुन् । सञ्जेलका विरुद्ध उजुरी परेपछि अख्तियारको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखाले उनलाई तीन दिनभित्र हाजिर हुन भनेको छ ।


Advertisment
Nabil box
Kumari

बुधवार प्राप्त पत्रमा उनलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । पत्र प्राप्त गरेपछि बिहीवार संचारकर्मीसँग कुराकानी गर्दै उनले आफू छाती ठूलो बनाएर अख्तियारमा बयान दिन जाने बताए ।

Vianet communication
Laxmi Bank

‘शुक्रवार अख्तियारमा बयान दिन जाँदैछु,’ संजेलले भने, ‘मैले सर्वोच्च अदालतको आदेश अनुसार सो अवधिको तलब भत्ता बुझेको हुँ ।’

सञ्जेलले आफू भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मारे हुन्छ भन्दै चुनौति दिए ।  कोही कसैले उजुरी हाल्दैमा आफू नडराउने उनको भनाइ थियो ।

आफूले अदालतको आदेश अनुसार नै तलब भत्ता बुझेको उनको जिकिर छ । सञ्जेललाई यस अघि पटक–पटक मौखिक रूपमा उपस्थित हुन भनिएको थियो । तर उनले मौखिक रूपमा आएको आदेश नमान्ने अडान लिएका थिए । 

सञ्जेलले पत्र पाएपछि आफू बल्ल बयान दिन जान तयार रहेको बताएका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x