×

NMB BANK
NIC ASIA

सांसदलाई मुख्यमन्त्रीको रुलिङ : सत्तापक्षीय कोणबाट बोल्नुस्

६ महिनापछि नेकपा संसदीय दलको बैठक

बैशाख ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- झण्डै ६ महिनापछि बिहीवार सुदूरपश्चिम प्रदेश सरकारको सत्तारुढ दल नेकपा संसदीय दलको बैठक बसेको छ ।

Sagarmatha Cement
Muktinath Bank

संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा १० घण्टा १० मिनेट बैठक चलेको हो । सरकारको गतिविधिबारे समीक्षा, बजेट कार्यान्वयनमा देखिएको ढिलासुस्ती तथा आगामी रणनीतिवारे छलफल गर्न बैठक बसेको थियो । यसैबीच बैठकमा सांसदबीच घम्साघम्सी समेत भएको खुलेको छ । स्रोतका अनुसार बैठकमा सरकारको पनि कडा आलोचना भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर मुख्यमन्त्री भट्टले सांसदहरुलाई संसद तथा सार्वजनिक कार्यक्रममा सरकारबारे गम्भीरता देखाउन रुलिङ गरेका छन् । नेकपा संसदीय दलका सचेतक अक्कल रावलका अनुसार सांसदहरुलाई बोल्दाखेरि प्रतिपक्षीय दृष्टिकोणबाट नभई सत्तापक्षीय दृष्टिकोणबाट प्रस्तुत हुन सचेत गराइएको छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय सरकारको काम कारवाहीवारे प्रतिपक्षी दलका सांसद मात्रै होइनन् सत्तापक्षीय सांसदले समेत तीव्र असन्तुष्टि जनाउँदै आएका थिए । सोही कुरालाई इंगित गर्दै मुख्यमन्त्री भट्टले सांसदहरुलाई सत्तापक्षीय दृष्टिकोणबाट हेर्न सुझाएको एक सांसदले बताए ।

Vianet communication
Laxmi Bank

हिउँदे सदन लगत्तै सत्तारुढ दल जनता माझ जाने भएको छ । नेकपाका प्रमुख सचेत तारा लामा तामाङले भने, ‘आज धेरै दिनपछि लामो छलफल भएको छ । खास गरी सरकारको गतिविधिबारे छलफल भयो । अब हिउँदे सदन सकिएपछि जनता माझ जाने, बजेट कार्यान्वयन गर्ने, गराउने र अगामी बजेटको लागि सम्बन्धित सरोकारवालासँग समन्वय गर्नेबारे घनिभूत छलफल भयो ।’

प्रमुख सचेत लामाले कर्मचारी समायोजनका कारणले पनि अपेक्षा गरिए अनुसार सरकारले काम गर्न नसकेको स्पष्ट पारे । ‘संघीयता ल्याउने बेला कर्मचारी व्यवस्थापनबारे कम ध्यान दिएका रहेछौं,' उनले भने, 'अहिले समायोजन गर्दा काममा बाधा आउँदै छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x