×

NMB BANK
NIC ASIA

नागरिकता लिन प्रशासन कार्यालयमा भारतीय गाडीको लाम !

बैशाख ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च अदालतको आदेशसँगै जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित आएका सेवाग्राहीको लाम लागेको छ ।

Sagarmatha Cement
Muktinath Bank

मोरङका जिल्ला प्रशासन कार्यालय मोरङ, ईलाका प्रशासन कार्यालय रंगेली र ईलाका प्रशासन कार्यालय उर्लावारी लगायतका ठाउँमा नागरिकता लिन आउनेको भीड छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगरमा दैनिक १ सय ५० देखि २ सय जनाले नागरिकता लिँदै आएका छन्  ।


Advertisment
Nabil box
Kumari

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन बाटो खुला गरेपछि सिमावर्ती क्षेत्रमा नागरिकता लिनेको बढी भीड छ । यसरी नागरिकता लिन आउने अधिकांश व्यक्ति भारतीय नम्बरका गाडीमा आउने गरेका छन् ।

Vianet communication
Laxmi Bank

ईलाका प्रशासन कार्यालय रंगेलीको मूलगेटमा नागरिकता वितरणको काम शुरू भएसँगै दैनिक १० वटा बढी भारतीय नम्बर प्लेटका मोटरसाईकल देखापर्न थालेका छन् । ईलाका प्रशासन कार्यालय रंगेलीबाट दैनिक ६० देखि ६५ वटा नागरिकता वितरण हुँदै आएकोमा हाल दोब्बर बढीले नागरिकता लिइरहेको ईलाका प्रशासन कार्यालय रंगेलीले जनाएको छ ।

मोरङमा बिहीवारसम्म करीब १ हजार बढीले जन्मसिद्धका छोराछोरीले वंशजको आधारमा नागरिकता प्राप्त गरिसकेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले ईलाका प्रशासन कार्यालय रंगेली, ईलाका प्रशासन कार्यालय उर्लावारी तथा जिल्ला प्रशासन कार्यालय विराटनगरवाट नागरिकता वितरणको काम भइरहेको बताइन् ।

उनले जिल्ला प्रशासन कार्यालयमा मात्र टोकनबाट नागरिकता लिनेमध्ये ३ हजार ५ सय बढीले टोकन लिइसकेका जानकारी दिइन् ।

गृह मन्त्रालयको परिपत्र अनुुसार चैत १९ गतेदेखि  त्यसप्रकारको नागरिकता वितरण शुुरू भएको छ । त्यसपछि सर्वाेच्च अदालतको आदेश अनुसार चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म नागरिकता वितरणको काम रोकिएको थियो । अदालतको निर्णयपछि वैशाख ४ गतेदेखि नागरिकता वितरणको काम फेरि शुरू भएको छ । 

नागरिकता लिनेको संख्या बढेसँगै कर्मचारी थप गरेर सहज रुपमा नागरिकता दिने व्यवस्था मिलाइएको ओलीले बताइन् । जन्मसिद्धका छोराछोरीलाई वंशजका आधारमा नागरिकता वितरणको लागि आमा र बुवाको नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x