×

NMB BANK
NIC ASIA

अब एकता प्रक्रिया लम्बाउनु हुँदैन - घनश्याम भुसाल

बैशाख ६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

परासी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको एकता प्रक्रिया अब नलम्बिने बताएका छन् । एकतामा ढिलाइ हुँदा तल्लो तहसम्मकै पार्टी सदस्य उकुसमुकुसमा रहेको भन्दै उनले एकतालाई छिटो टुङ्ग्याउनुपर्ने दबाब सिर्जना भएको उल्लेख गरे ।

Muktinath Bank

कम्युनिस्ट आन्दोलनका योद्धा तथा गायक प्रचण्डबहादुर बुढाथोकीको छैठौं दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीले बर्दघाट–२ चिसापानीमा शुक्रबार आयोजना गरेको श्रद्धाञ्जलि सभामा उनले  भने, 'अब एकता प्रक्रिया लम्बाउनु हुँदैन, हाम्रो पार्टी यति बलियो र सुसंस्कृत रहेछ, करीब एक वर्षसम्म पार्टीका सबै कमिटी लथालिङ्ग र जिम्मेवारी विहीन हुँदा पनि दायाँबायाँ भएका छैनन्, यो हाम्रो ठूलो उपलब्धि हो । तर अब यो अवस्था लामो समय रहन दिनुहुन्न ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकता साँघुरिँदै गएको भन्दै नेता भुसालले अहिले अफ्ठ्यारो परिस्थितिमा नआत्तिन कार्यकर्तालाई आग्रह गरे । उनले ढिलो भए पनि आफूहरुले एकता पूरा गरेरै छाड्ने बताए । कार्यकर्ताबाट छिटो एकता टुङ्ग्याउनुपर्ने दबाब रहेको भन्दै नेता भुसालले तयारीको हिसाबले वैशाख नौ गतेभित्रै मूर्तरूप पाउनेमा भन्ने आफू विश्वश्त नरहेको प्रतिक्रिया दिए । 


Advertisment
Nabil box
Kumari

सांसदसमेत रहेका नेता भुसालले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहप्रति पार्टीको आधिकारिक धारण तय भइनसकेको भन्दै उनले विप्लवको नीति अनुसारको व्यवहार भने नरहेको बताए ।

Vianet communication
Laxmi Bank

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रचण्डबहादुर बुढाथोकी जस्तै योद्धाको योगदानलाई स्मरण गरेर सरकार सञ्चालकले काम गर्ने हो भने मुलुकले सही दिशा लिने भन्दै आफूले पनि सोही अनुसार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वमन्त्री शान्ता मानवीले स्व सर्जक बुढाथोकीसँग आफू सानै उमेरदेखि सामिप्यमा रहेर काम गरेको स्मरण गर्दै उनले देखाएका सकरात्मक सन्देशको अनुकरण गर्नुपर्नेमा जोड दिइन् ।

सांसद तिलक महत, केन्द्रीय सदस्य डा विजय पौडेल, जनसांस्कृतिक महासङ्घका संस्थापक केन्द्रीय सदस्य देवेन्द्र घिमिरे, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल लगायतले स्वर्गीय बुढाथोकीको निधनले सिङ्गो पार्टीमात्र नभई नेपाली गीतसङ्गीत र साहित्य क्षेत्रमासमेत अपूरणीय क्षति पुगेको बताएका थिए ।

वरिष्ठ सर्जक तथा गायक प्रचण्ड बुढाथोकीको यही वैशाख एक गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x