×

NMB BANK
NIC ASIA

मुख्य समाचार

सरकारसँग वार्ता गर्न विप्लवलाई पार्टीभित्रैबाट दवाव, अब एउटामा नतिरी अर्को सहकारीमा गएर ऋण लिन नपाइने

बैशाख ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं-६ मधेसवादी दल एक भई बनेको राष्ट्रिय जनता पार्टी नेपाल शनिबारदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसर पारेर राजपा नेपालले राजधानीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना ग-यो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा राजपाका कार्यकर्ता उपस्थित थिए । 

Muktinath Bank

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शम्शेर जबरा, महान्यायाधिवक्ता अग्नि खरेललगायत विभिन्न दलका नेताले राजपाका नेतालाई बधाई तथा शुभकामना दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादवको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) बीच २०७४ साल वैशाख ७ गते एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको हो । 


Advertisment
Nabil box
Kumari

पार्टीभित्रैबाट विप्लवमाथि वार्ताको दवाव

Vianet communication
Laxmi Bank

काठमाडौं–नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवमाथि दलभित्रैबाट सरकारसँग वार्ता गर्न दवाव परेको छ । 

आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ–पोलिटब्यूरो सदस्य तथा पूर्वीकमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्यूरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दवाव दिएका हुन् । 

महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । यद्यपि उनी सरकारले नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष–अप्रत्यक्ष सम्पर्कमा छन् । 

नेताहरुले वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनी समेत विप्लवलाई दिएको पार्टीनिकट स्रोतले बतायो । 

भूकम्पपीडितले लिए दुई अर्ब ६८ करोड ऋण 

बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब ६८ करोड बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महीनाको विवरणअनुसार त्यस्तो कर्जा लिने भूकम्पपीडितको सङ्ख्या एक हजार ५७७ रहेको छ । 

भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएको पुनरकर्जाअनुसार पीडितले उक्त परिमाणको रकम ऋण लिएका हुन् । यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने लक्ष्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्ने पुनरकर्जाको उपयोग सो अवधिमा बढेको छ । 

चालू आवको आठ महीनासम्म केन्द्रीय बैंकले रु २४ अर्ब ५४ करोड पुनरकर्जा लगानी गरेको छ । त्यसमा साधारण पुनरकर्जा रु २० अर्ब ३८ करोड रहेको छ भने निर्यात पुनरकर्जा रु एक अर्ब ४८ करोड छ । यस्तै सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पुशपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या १४ हजार ११३ पुगेको छ । सो कार्यक्रममा रु २३ अर्ब ४१ करोड कर्जा बक्यौता रहेको छ भने रु ९८ करोड २२ लाख ब्याज अनुदान दिइएको छ । ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ मा भएको व्यवस्थाअनुसार अन्य क्षेत्रतर्फ रु पाँच करोड १४ लाख कर्जा प्रवाह भएको बैंकले जनाएको छ । 

प्राकृतिक प्रकोपमा परी ४५४ को मृत्यु

गत वर्ष मुलुकका विभिन्न स्थानमा भएका प्राकृतिक प्रकोपमा परी ४५४ नेपालीले ज्यान गुमाएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रकोपमा परी चार हजार १८८ घाइते भएका छन् ।

प्रकोपबाट ११ हजार ५३३ परिवार प्रकोपबाट प्रत्यक्ष प्रभावित भए । चार हजार २८२ वटा प्रकोपको घटनाबाट मुलुकलाई रु चार अर्ब ४० करोड ८९ लाख क्षति पुगेको अनुमान गरिएको छ । प्रकोपबाट ६८९ स्थानीय तह प्रभावित भए भने तीन हजार ४३६ घरमा क्षति र तीन हजार ६५४ घर ध्वस्त भएका छन् । 

कोशकार नेपालको निधन

कोशकार एवं साहित्यकार वसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा शनिबार उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।

विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मिएका साहित्यकार नेपाल दुई महीनादेखि निवासमै अचेत अवस्थामा थिए । पाँच महीनाअघि फोक्सोमा समस्या देखिएको थियो । दुई महीनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छाडेको माहिला छोरा विनयकुमारले बताए । 

उनी मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए ।  

नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उनको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द थिए । विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पु¥याइएको थियो ।

 यसैगरी उनले १३५ वटा उपनिषद् पनि अनुवाद गरेका छन् ।  हालसम्म उनका  ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ । १०० वटा पाण्डुलिपी तयार छन् । उनँका श्रीमती, चार छोरा र तीन छोरी छन् । शर्माको शनिबारै अन्तिम संस्कार गरिएको छ । 

प्रमद्वारा उजीरसिंह थापाको शालिक अनावरण

झण्डै दुई सय वर्षअघि नेपालले अङ्ग्रेजी फौजलाई वीरतापूर्वक हराएको बुटवलको जितगढी किल्लामा शनिबार राष्ट्रिय झण्डा फहराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली वीरताको ऐतिहासिक क्षेत्र जितगढी पुगेर राष्ट्रिय झण्डोेत्तलन गरेका हुन् । 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले अङ्ग्रेज फौजसँग वीरता र कुशलतापूर्वक लडेर विजयी हासिल गर्ने नेपाली सेनाका कमाण्डर कर्णेल उजीरसिंह थापाको पूर्णकदको शालिक अनावरण गरे ।  प्रधानमन्त्री ओलीले देश समृद्धिको दिशातर्फ उन्मुख भएको र सरकार देशमा विकासका गति अघि बढाउन शान्ति, सुव्यवस्था र सुशासन कायम गर्ने कार्यमा केन्द्रित भएको बताए । 

प्रधानमन्त्री ओलीले देशमा सभ्य समाजको नागरिकसँगै विकास र समृद्ध देश सरकारको मुख्य प्राथमिकता रहेको बताउँदै भने, “देशको पहिचान स्थापित गर्नु छ त्यसैले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेका हौँ ।”

कारवाहीको दायरामा 

सहकारी संस्था खोलेर त्यसैको नाममा ठगी गर्ने, बढी ब्याज लिने र बचत रकम लिएर बेपत्ता हुनेलार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई सरकारले कडा कारवाही गर्ने प्रावधानसहितको सहकारी नियमावली सार्वजनिक गरेको छ । 

ओरण्टल को–अपरेटिभजस्ता सहकारीले धेरै निक्षेपकर्ताको रकम गलतरुपमा प्रयोग गरेका कारण लामो समयदेखि पीडित बनेर बस्नु परेको छ । यस्तै अन्य सहकारी संस्थाले समेत तोकिएअनुसार काम नगर्ने र आर्थिक अपचलन गर्ने पाइएपछि सरकारले कडा नीति अख्तियार गरेको हो । 

यस्तै एउटा सहकारी संस्थाबाट ऋण लिने र त्यसमा नतिरी अर्को सहकारीमा गएर ऋण लिन समेत नपाउने भएका छन् । नयाँ सहकारी नियमावलीले संस्था फेर्दै ऋण लिँदै भाग्दै अर्को सहकारीबाट ऋण लिन खोज्नको दिनसमेत जाने भएको छ । 

सहकारी ऐन, २०७४ को दफा १४९ ले दिएको अधिकार प्रयोग गरी सरकारले ‘सहकारी नियमावली, २०७५’ तयार पारेको हो । सहकारी संस्थामा विकृति तथा विसङ्गति मौलाएपछि त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ भूमिव्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी संस्थामा आर्थिक अपचलनको मुद्दा व्यापक बढ्दै गएपछि कडा नीति अख्तियार गरेको हो ।

रातो मछिन्द्रनाथको महास्नान सम्पन्न

रातो मछिन्द्रनाथको जात्राको शुरु दिन  शनिबार महास्नान सम्पन्न भएको छ । 

गत वर्षहरुमा जस्तै शनिबार पनि वैशाख कृष्ण प्रतिपदाका दिनमा महास्नान गरिएको हो । महास्नान भन्नाले मछिन्द्रनाथको मृत्यु संस्कार भएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । 

महास्नानपछि नै पाटनमा जात्राको रौनक शुरु हुने गरेको छ । महास्नानपछि रातो मछिन्द्रनाथको दश कर्म शुरु हुने ज्योतिष दैवज्ञ जोशीले बताए । 

विभिन्न कम्पनीका साधारण शेयर

पछिल्ला दिनमा साधारण शेयर बिक्री गर्नेक्रम एकपछि अर्को गर्दै बढिरहेको छ । शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणलाई साधारण शेयर बिक्री शुरु गरेको छ । 

जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर ती आयोजनाले कूल चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने करीब रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेका हुन् । यस्तै आइतबारदेखि नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले रु एक करोड ६१ लाख ७७ हजार ८०० बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । नेपाल एग्रोले चुक्तापूँजीको ३२.५ प्रतिशतले दरले हुन आउने बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । सो संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत चैत १८ गते साधारण शेयर बिक्रीका लागि स्वीकृति पाएको हो । 

यस्तै गणपति माइक्रोफाइनान्सले सोमबार रु तीन करोड ३५ लाख बराबरको तीन लाख ३५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । गणपतिले चुक्ता पूँजीको ३२.३७ प्रतिशत बराबरले हुन आउने साधारण शेयर बिक्री गर्न लागेको हो । बोर्डबाट सो संस्थाले गत चैत ८ गते शेयर बिक्रीका लागि अनुमति पाएको हो । यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाले रु दुई करोड ५० लाख बराबरको दुई लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो संस्थाले गत चैत २६ गते शेयर बिक्रीका लागि स्वीकृति पाएको हो । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x