मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडौं – याप डाउनलोड गरेर साना रमाइला भिडियो बनाउने टिकटकले भारतमा यापबाट ६० लाख आपत्तिजनक भिडियो हटाएको छ ।
टिकटक कम्पनीका अनुसार, अघिल्लो वर्षको जुलाई महिनादेखि अहिलेसम्म उसले कम्युनिटी रुल्सको उल्लंघन गर्ने भिडियोहरू हटाएको हो । विवाद उठेका कारण टिकटकलाई गूगल प्ले स्टोर र एप्पलको आईस्टोरबाट हटाइएको छ ।
भारतमा मद्रास उच्च अदालतले केन्द्र सरकारलाई टिकटक याप डाउनलोड रोक्नका लागि निर्देशन दिएपछि यसमा सरकारले प्रतिबन्ध लगाएको थियो । उच्च अदालतको आदेशलाई चुनौती दिँदै टिकटकले सर्वोच्च अदालतमा मुद्दा हालेको भए पनि सर्वोच्चले उच्च अदालतको आदेश सदर गरिदियो ।
सार्वजनिक सरोकारको मुद्दामा सुनुवाइ गर्दै मद्रास उच्च अदालतले टिकटकमा अश्लील सामग्रीलाई प्रोत्साहन गरिएको र हिंस्रक भिडियो पोस्ट गरिएकाले यसमा प्रतिबन्ध लगाइनुपर्ने आदेश दिएको हो ।
टिकटकले एक बयान जारी गरेर जनायो, ‘६० लाख आपत्तिजनक भिडियो हामीले हटाइसकेको छौं । टिकटकले आफ्ना प्रयोगकर्तालाई सुरक्षित र यो सहज अनुभव गराउन गरेका प्रयासको एक अंग हो ।’
टिकटक यापको उपयोग १३ वर्षभन्दा माथिकाले मात्र गर्न पाउँछन् । कम उमेर भएका प्रयोगकर्ताले यो याप प्रयोग गर्न नपाऊन् भनी अतिरिक्त सुरक्षाको यो मानक हो भन्ने टिकटकको भनाइ छ ।
बजार विश्लेषण गर्ने कम्पनी सेन्सर टावरले बताएअनुसार, सन् २०१९ को पहिलो त्रैमासिकमा याप स्टोर र गूगल प्लेस्टोरबाट तेस्रो सर्वाधिक डाउनलोड हुने याप टिकटक हो । टिकटकले यही त्रैमासिकभित्र नै १८.८ करोड नयाँ प्रयोगकर्ता जोड्यो ।
एजेन्सी
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...