×

NMB BANK
NIC ASIA

बुटवल- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्राथमिकता छुट्टयाउनै नजानेको बताएका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलनमा बोल्दै पौडेलले पानी जहाज र रेलका कुरा गरेर सरकारले देश विकासमा अहिले आवश्यक भएको विकासका प्राथमिकताहरु भन्दा देशलाई आर्थिकभार थोपर्ने खालका प्राथमिकताहरुमा बढी ध्यान दिएको आरोप लगाए ।

Muktinath Bank

नेता पौडेलले अहिलेको अवस्था कम्युनिष्ट सरकारको लागि महत्त्वपूर्ण र सुनौलो समय भएपनि यसको सदुपयोग गर्न नसकेको बताए । यो सरकारले यसभन्दा अगाडिका सरकारले ल्याएका योजनाहरुको उद्घाटन गर्ने मात्र काम गरेको आरोप लगाउँदै पौडेलले नयाँ योजना केही ल्याउन नसकेको दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'प्रधानमन्त्री ओली जहाँ पुगे पनि पानीजहाज ल्याउने कुरा गर्नुहुन्छ,' पौडेलले भने, 'तर हाम्रो देशमा अहिले पानीजहाज भन्दा पनि पानी चाहिएको छ । जनतालाई खाने पानी र खेतमा सिंचाई पुर्याउने कुरामा ध्यान दिनुपर्छ ।'


Advertisment
Nabil box
Kumari

नेकपा सरकार सत्ता र पार्टीका कार्यकर्ताको लागि मात्र प्रयोग भएको दाबी पौडेलको छ । पार्टी बनाउने तर देश नबनाउने मानिसकता अहिलेको सरकारमा देखिएको आरोप उनले लगाए । भ्रष्टाचार, अनियमितता, असुरक्षा बढेको हुनाले सरकार लोकतन्त्रलाई नै असफल गराउने बाटोमा अग्रसर रहेको पौडेलको आरोप छ ।

Vianet communication
Laxmi Bank

प्रश्न गर्न पाउने अधिकार भनेकै प्रजातन्त्र भएको बताउँदै पौडेलले नेपाली कांग्रेस भित्र कार्यकर्ताले प्रश्न गर्न जरूरी रहेको बताए । कार्यकर्ताले प्रश्न गरे पार्टी सुध्रिने बताउँदै पौडेलले पार्टीभित्र विद्यार्थी,  दलित, महिला संघ,  तरुण दल लगायतका भातृ संगठनको विषयमा छलफल गरेर यसको नेतृत्व हस्तान्तरण गरिनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x