×

NMB BANK
NIC ASIA

निगरानी सरकारी सम्पत्तिमाथि : भाग - १५

सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग

बैशाख ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गत वर्ष जारी गरेको श्वेतपत्र अनुसार देशमा कुल १७ लाख ६६ हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये १४ लाख ३३ हजार २८७ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सिँचाइ पुगेका मध्ये एकतिहाइ जमिनमा मात्र वर्षैभरि सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । तर जलस्रोत तथा सिँचाइ विभागको ध्यान भने महङ्गा–महङ्गा गाडी खरिद गरी प्रयोग तथा वितरण गर्नमै केन्द्रित रहेको देखिएको छ । यहाँसम्म कि विभागले मन्त्रालयदेखि मन्त्रीका आसेपासेसम्मलाई गाडी बाँड्न भ्याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्युत् प्राधिकरणबाट ३ वटा गाडी लिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तले सचिवालयका लागि भन्दै सिँचाइ विभागबाट थप २ वटा गाडी लिएका छन् । मन्त्रालयले उपलब्ध गराएको एक सहित उनको प्रयोजनमा रहेको गाडीको संख्या ६ पुग्छ ।


Advertisment
Nabil box
Kumari

प्राधिकरणबाट लिएका ३ मध्ये २ गाडी सचिवालयकै नाममा छ । सिँचाइ विभागबाट लिएका सहित पुनले सचिवालयको नाममा लिएका गाडीको संख्या ४ छ । यसका अलावा प्राधिकरणको बा१३च ५७९३ नम्बरको प्राडो र मन्त्रालयको बा२झ १३७७ नम्बरको टक्सन गाडी मन्त्री पुनको व्यक्तिगत प्रयोगमा रहेको देखिन्छ ।

Vianet communication
Laxmi Bank

सिँचाइ विभागको बा१झ ६०१८ नम्बरको पिकअप तथा बीएए ४६४३ नम्बरको फोर्ड कार मन्त्री पुनले सचिवालयका लागि भन्दै सिँचाइ विभागबाट लिएका छन् । यस्तै विद्युत् प्राधिकरणबाट लिएको बा१ञ २४५२ नम्बरको प्राडो र बा२०च ४१५ नम्बरको इलेक्ट्रिक कार मन्त्री पुनको सचिवालयले प्रयोग गर्दै आएको देखिन्छ ।

करोडका गाडी किन्दै, बाँड्दै !

विभागले गत असारमा एक करोड २० लाख ९१ हजार रुपैयाँमा फोर्ड इन्डिहेभर जीप किनेर मन्त्रालयलाई पठायो । त्यसको एक वर्षअगाडि अर्थात् २०७४ सालमा विभागले सोही ब्राण्डका ५ वटा गाडी एक करोड २० लाख ७५ हजारका दरले किन्यो । त्यसमध्ये एक गाडी दुर्घटनाग्रस्त अवस्थामा रहेको देखिन्छ भने अर्को एक गाडी विभागमै पुलमा र अन्य ३ वटा गाडी उपमहानिर्देशकत्रय शिशिर कोइराला, कृष्ण बेल्बासे र बासुदेव लोहनीले चढ्दै आएका छन् । महानिर्देशक सरिता दवाडीले १ करोड १६ लाख पर्ने टोयटा फर्चुनर जीप चढ्ने गरेकी छन् ।

मन्त्रालयमै पठाइएको बा१झ ४७२५ नम्बरको मित्सुविसी पजेरो र मन्त्रीको सचिवालयलाई दिइएका दुई गाडीको मूल्य हामीलाई विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छैन ।

५९ मा १५ गाडी प्रयोगविहीन

विभागमा रहेका कुल ५९ मध्ये १५ वटा गाडी प्रयोगविहीन छ । झण्डै सवा करोडमा किनिएको बा२झ ३१४० नम्बरको फोर्ड इण्डिहेभर जीप दुर्घटनाग्रस्त अवस्थामा छ । यस्तै अन्य ८ वटा गाडी मर्मत गर्नुपर्ने अवस्थामा र ६ वटा गाडी कामै नलाग्ने अवस्थामा रहेकाले लिलाम गर्नुपर्ने विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

हेर्नुहोस्, चारपांग्रे सवारीको विवरणः

६७ वटा दुईपांग्रे, क–कसले चढ्छन् ?

विभागको स्वामित्वमा मोटरसाइकल र स्कूटर गरी ६७ वटा दुईपांग्रे सवारी साधन रहेको देखिन्छ । त्यसमध्ये २ वटा मर्मत गर्नुपर्ने र एउटा लिलाम गर्नुपर्ने अवस्थामा रहेको विभागले जनाएको छ ।

हेर्नुहोस्, दुईपांग्रे सवारीको विवरण:

कसले कति लिन्छन् इन्धन ?

विभागले अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम सञ्चालन निर्देशिका २०७० र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आन्तरिक कार्यप्रणली निर्देशिका २०७१ बमोजिम इन्धन उपलब्ध गराइँदै आएको जनाएको छ ।

सचिव तहका लागि मासिक १०० लिटर, सह–सचिव तहका प्रयोगकर्ताका लागि ७२ लिटर, शाखाको प्रयोजनमा रहने गाडीलाई मासिक ५० लिटर र दुई पांग्रे सवारीका लागि १० लिटर इन्धन उपलब्ध गराउँदै आएको विभागले जनाएको छ ।

थप आवश्यक परेमा स्वीकृत माग फारमका आधारमा इन्धन उपलब्ध गराउँदै आएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

हेर्नुहोस् शृंखलाका १४ भाग :-

भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !

भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !

भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !

भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ

भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा

भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !

भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !​

भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी

भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?

भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x