मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
श्रीलंकाका विभिन्न स्थानमा आइतवार भएका आठवटा बम विस्फोटका घटनामा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ । सयौं मानिस घाइते भएका छन् । एक दशकअघि टुंगिएको हिंस्रक द्वन्द्वपछिको यो सबभन्दा भयानक घटना हो ।
क्रिस्चियनहरूको पर्व ईस्टर सन्डेको अवसर पारेर आइतवार गरिएका विस्फोटको घटना दशकौं चलेका गृहयुद्ध भन्दा फरक प्रकृतिको थियो । त्यो गृहयुद्ध राष्ट्रिय तथा जातीय आधारमा लडिएको थियो ।
आइतवार चाहिँ हिंसाले धार्मिक रूप ग्रहण गर्यो चर्चहरूलाई तारो बनायो । घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन तर मुस्लिम अतिवादीहरूको हात यसमा रहेको अनुमान गरिएको छ । आत्मघाती आक्रमणहरू भएको एक सरकारी सुरक्षा विश्लेषकले बताएका छन् ।
श्रीलंकामा गृहयुद्धको बीउ साम्राज्यवादी कालमा रोपिएको थियो । बेलायती शासकहरूले अल्पसंख्यक तमिललाई प्रोत्साहन गरेको भनी बहुसंख्यक सिंहालीहरूले चित्त दुखाउने गरेका थिए । सन् १९४८ मा बेलायती शासन अन्त्य भएपछि सिंहाली समुदायले तमिल समुदायका मानिसलाई मतदान अधिकारबाट वञ्चित गरे, सिंहला भाषालाई राष्ट्रभाषा बनाए अनि बौद्ध धर्मलाई देशको प्रमुख धर्म बनाए (बहुसंख्यक सिंहालीहरू बौद्ध धर्मावलम्बी छन् भने बहुसंख्यक तमिलहरू हिन्दू छन्) ।
श्रीलंकाको जनसंख्या २ करोड २० लाख छ । यसमा ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन् । लगभग १३ प्रतिशत जति हिन्दू छन् । लगभग १० प्रतिशत जति मुसलमान छन् अनि ७ प्रतिशत क्रिस्चियन छन् । क्रिस्चियन धर्ममा तमिल र सिंहाली दुवै समुदाय छन् ।
ईस्टरकै अवसर पारेर चर्चहरूमा आक्रमण गरिएकाले देशका १५ लाख क्रिस्चियनलाई तर्साउन खोजिएको स्पष्ट छ । रोयटर्स समाचार संस्थाले श्रीलंकाको क्रिस्चियन संगठन नेसनल इभान्जेलिकल अलायन्स अफ श्रीलंकालाई उद्धृत गर्दै गत वर्ष क्रिस्चियनहरूका विरुद्ध विभेद, धाकधम्की र हिंसाका ८६ वटा घटना भएको समाचार छापेको छ ।
चर्चबाहेक कोलम्बोमा रहेका विलासी होटलमा समेत मानिसहरूमाथि आइतवार आक्रमण गरिएको छ । तीमध्ये ३० जना विदेशी भएको बताइएको छ ।
राजधानी कोलम्बो बाहेक नेगोम्बो र बाट्टिआकोलामा पनि शृंखलाबद्ध आक्रमण भयो । यसरी एकैपटक अनेकौं स्थानमा आक्रमण हुँदा यसका लागि मिहिन योजना बनाइएको र लगानी पनि दह्रै गरिएको स्पष्ट हुन्छ ।
श्रीलंकाली अधिकारीहरूले २४ जनालाई पक्राउ गरेको भए पनि विस्तृत विवरण खुलाएको छैन तर अत्यधिक मानिस भेला हुने स्थानमा आक्रमण गरेर ठूलो संख्यामा क्षति पुर्याउने काम मुसलमान अतिवादीहरूले अन्य स्थानमा गर्ने गरेका थिए ।
यति ठूलो घटना हुन सक्ने सुरक्षा संयन्त्रले सूचना पाएको भए पनि रोक्नका लागि खासै केही कदम नचालिएको भनी आरोप प्रत्यारोप चलेको छ । एघार दिनअघि श्रीलंकाका एक प्रहरी अधिकारीले चर्चहरूमा आत्मघाती आक्रमण हुन सक्ने भनी चेतावनी जारी गरेका थिए । डीआईजी प्रियलाल दस्सानायाकेले जारी गरेको चेतावनीमा अतिवादी मुस्लिम समूह नेसनल थोवीथ जमातले राष्ट्रव्यापी आक्रमणको योजना बुनिरहेको उल्लिखित थियो ।
प्रधानमन्त्री रनिल विक्रमसिंघेले आक्रमणको सूचना पाइएको भए पनि पर्याप्त सचेतता अपनाउन नसकिएको भनी टिप्पणी गरेर राष्ट्रपति मैत्रीपाला सिरिसेनाको अप्रत्यक्ष आलोचना गरेका छन् । राष्ट्रपति देशका सुरक्षा बलका कमान्डर हुन् । विक्रमसिंघे र सिरिसेनाबीच केही महिनाअघि तीतो शक्तिसंघर्ष भएको थियो ।
तमिल नेता भेल्लुपिल्लई प्रभाकरणलाई श्रीलंकाली सेनाले मारेपछि गृहयुद्धको हिंस्रक अन्त्य भएको भए पनि रक्तरञ्जित इतिहासका डोबहरू अझै विद्यमान छन् । तमिललाई निस्तेज बनाएर अभिमानमा मात्तिएका सिंहालीहरूले गत वर्ष क्यान्डी नामक स्थानमा मस्जिद तथा मुसलमान बस्तीहरूमा आक्रमण गरेर धार्मिक हिंसा चर्काउन खोजेका थिए । त्यतिखेर देशव्यापी संकटकालको घोषणा गरिएको थियो । मुसलमानहरूमाथि आक्रमण हुँदा प्रहरीले तमाशा हेरेर बसेको आरोप मुसलमानहरूले बताएका थिए ।
अल्पसंख्यक मुसलमान समुदायमाथिको अत्याचारका घटनाहरू यदाकदा भइरहँदा आक्रोशित ३२ श्रीलंकालीहरू आतंकवादी संगठन आईसिसको सदस्य बनेको श्रीलंकाली अधिकारीहरूले बताएका थिए ।
सिंहाली समुदायले मुसलमानहरूका साथै अल्पसंख्यक क्रिस्चियनहरूलाई पनि तारो बनाउने गरेका छन् । बौद्ध भिक्षुहरूले क्रिस्चियनहरूलाई पनि यदाकदा आक्रमण गर्ने गरेका छन् । दुई हप्ताअघि मात्र अनुराधापुर नामक शहरमा रहेको मेथोडिस्ट चर्चमा आक्रमण गरिँदा देशभरिका क्रिस्चियन समुदायमा त्रास छाएको थियो ।
सरकारले अल्पसंख्यक समुदायका मानिसलाई संरक्षण गर्नका लागि खासै पहल नचालेका कारण पनि धार्मिक हिंसाहरू हुने गरेको स्पष्ट छ । सम्मानित अनुसन्धान संस्था पीउ रिसर्च सेन्टरले सन् २०१२ मा प्रकाशित गरेको एक प्रतिवेदनमा धार्मिक शत्रुता उच्च भएका मुलुकमा श्रीलंका पनि रहेको किनकि त्यहाँ बौद्ध भिक्षुहरूले मुसलमान र क्रिस्चियनहरूमाथि हिंसा गर्ने गरेको उल्लिखित थियो ।
आइतवार गरिएको आक्रमणलाई आतंकवादी संगठन इस्लामिक स्टेटले राम्रो काम भनी प्रशंसा गर्यो र मुसलमानहरूमाथि गरिएका आक्रमणको प्रतिशोधमा गरिएका घटनाका रूपमा चित्रित गर्यो । तर श्रीलंकामा क्रिस्चियनहरूले मुसलमानमाथि अनि मुसलमानले क्रिस्चियनमाथि आक्रमणका घटना हुने गरेका छैनन् । त्यसैले यो घटना न्युजील्यान्डमा मुसलमानहरूमाथि गरिएको आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो कि भनी समेत अनुमानहरू भएका छन् ।
श्रीलंकामा धार्मिक तथा सामुदायिक हिंसा रोक्नका लागि यथोचित कदम नचालिएका कारण हिंसालाई झनै चर्काउन चाहने केही अतिवादी समूहले यो घटना गराएका हुन सक्छन् । यति भयानक घटना हुनुमा सरकारको उदासीन नीति नै प्रमुख कारक हो भन्ने स्पष्ट छ । श्रीलंकाली सरकारले समावेशी नीति बनाएर कुनै पनि धार्मिक तथा जातीय समुदायलाई विभेद नगर्ने उपायहरू नअपाएसम्म धार्मिक तनाव कायम रहिरहनेछन् र आइतवारको जस्तो त्रासद घटना दोहोरिरहनेछ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...