×

NMB BANK
NIC ASIA

ज्येष्ठ नागरिकलाई यातायातमा सुविधा, व्यवसायी भन्छन्: 'कार्यान्वयन हुन सक्दैन'

बैशाख ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरूका लागि यातायात क्षेत्रमा तोकिएको सहुलियत कर्णालीका बस व्यवसायीलाई निल्नु न ओकल्नु भएको छ । सामाजिक विकास मन्त्रालयले सोमवार ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको सेवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यातायात व्यवसायी डिल्ली पौडेलले आफूहरूलाई यस्तो सहुलियत निल्नु न ओकल्नु भएको बताएका हुन ।

Sagarmatha Cement
Muktinath Bank

‘हामीसँग साना गाडीहरु छन्,' उनले भने, 'सबैलाई (विद्यार्थीलाई ४५ प्रतिशत), अपांग तथा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट गरे व्यवसाय नै बन्द गर्नुपर्ने बाध्यता आएको छ । सुर्खेत, जुम्ला खण्डमा हामीले त्यस्तो सुविधा कार्यान्वयन गर्न खोजेपनि सम्भव नै छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले ऐन बनाइदिने तर कार्यान्वयन गर्ने समझदारी नगर्ने भएका कारण यस्तो समस्या आएको उनको भनाइ  छ । ‘हामी सुविधा दिन तयार छौं,' उनले भने, 'तर कसलाई कसरी र व्यवसायलाई मार नपर्ने गरी कुन तरिकाले समस्याको समाधान निकाल्न सकिन्छ त्यसमा स्पष्ट नीति सरकारले ल्याउनुपर्छ । हामी सहयोग गर्न तयार छौं ।’


Advertisment
Nabil box
Kumari

अहिले कम्पनी अनुसार यातायात व्यवसाय दर्ता गर्न लगाउने तर व्यवसायीलाई नोक्सान हुने नीति बनाउन नहुनेमा उनले जोड दिए । ‘सरकारले सुविधा दिन व्यवसायीलाई आग्रह गर्ने हो भने राज्यले व्यवसायीलाई के दिन्छ ?’ उनले प्रश्न गरे, ‘त्यसको ग्यारेण्टी राज्यले लिए ऐन सहजै कार्यान्वयन गर्न सकिन्छ ।’ उनले  यातायात क्षेत्रको समस्या समाधानका लागि यातायात प्राधिकरण गठन गर्न सरकारसँग माग गरे ।

Vianet communication
Laxmi Bank

दृष्टिविहीन सुरेश कुमार खड्काले अहिलेसम्म आफूहरुले सार्वजनिक यातायातमा सुविधा नपाएको बताए । ‘मैले अहिलेसम्म कहींकतै सुविधा पाएको याद छैन । सानो गाडीवालाले ठूलो गाडी तथा ठूलो गाडीवालाले सानो गाडीमा छुट हुन्छ भनेर भन्छन्,’ उनले गुनासो पोखे, ‘व्यवसायी दिन तयार छन् । सरकार सेवा दिइएको भन्छ तर उपभोक्ताले पाउँदैनन् । किन तालमेल भएन ?’

कसैले पत्र लगेको खण्डमा शत प्रतिशत पास भनेर टिकट दिइने गरिएको भने आफुलाई थाहा भएको उनको भनाई छ ।

प्रशान्ति वृद्धाश्रमका सञ्चालक बालकृष्ण श्रेष्ठले प्रदेश सरकारले प्रदेश अस्पतालमा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने गरिएको सुन्नमा आएपनि व्यवहारमा भने त्यो नदेखिएको बताए । उनले काठमाडौंमा यातायातमा सुविधा दिने चलन लागू भएपनि कर्णालीमा त्यो लागू हुन नसकेको बताए ।

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले जबसम्म इ-टिकेटिङ प्रणाली लागु हुँदैन तबसम्म व्यवसायीले भाडा कम पाउने वा आरक्षण नपाउने समस्या दीर्घकालीन रूपमा समाधान नहुने बताए । मात्रै अन्तरक्रिया गरेर परिवर्तन नहुने बताउँदै अध्यक्ष भारतीले आगामी तीन वर्षमा  प्रविधिको प्रयोग गर्न सके सबैका समस्या सहज रूपमा समाधान हुने बताए ।

सामाजिक विकास मन्त्री दल रावलले ज्येष्ठ नागरिकलाई सुविधा दिलाउने बारेमा सरकार समन्वय गर्न तयार रहेको बताए । ‘हामी यहाँहरुका अमूल्य सुझावलाई ग्रहण गर्दछौं,’ मन्त्री रावलले भने, ‘कानूनलाई कार्यान्वयन गर्न सबै पक्षको सकारात्मक भूमिकाको सरकार अपेक्षा गर्दछ ।’

मन्त्री रावलले ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई अहिले प्रदेश अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गरिएको बताउँदै आगामी वर्ष दशै जिल्ला अस्पतालमा पनि यो सेवा आरम्भ गरिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x