×

NMB BANK
NIC ASIA

मुख्य समाचार

आसेपासेलाई करोड मूल्य पर्ने गाडी, नेकपाको जिल्ला नेतृत्वमा कुन पक्षले कति भाग पाए ?

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । 

Muktinath Bank

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको थियो भने सो नामावली सोमबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत घोषणा गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने तयारी गर्नुका साथै सांगठनिक एकताका बाँकी विषयको पछि यथासक्य चाँडो सक्ने जनाएको छ । 


Advertisment
Nabil box
Kumari

सोमबारको नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिएको जिल्ला नेतृत्वको घोषणा समारोहमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए । 

Vianet communication
Laxmi Bank

भागबण्डामा जिल्ला नेतृत्व चयन
सोमबार प्रकाशित नयाँ पत्रिका दैनिकले ७७ जिल्ला अध्यक्ष र सचिव भागण्डामा टुंगिएको उल्लेख गरेको छ । एकता प्रक्रिया मापदण्डमा असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले अध्यक्ष केपी ओलीको हाराहारीमा जिल्ला नेतृत्व पाएको छ ।

भागबण्डाअनुसार केपी ओली पक्षले २५ अध्यक्ष र ८ सचिव पाएको छ भने नेपाल पक्षले १५ अध्यक्ष र २२ सचिव पाएको छ । यस्तै पूर्वमाओवादी पक्षले ३३ अध्यक्ष र ४४ सचिव पाएको छ भने तटस्थ भनिनेहरु ४ जना अध्यक्ष र ३  जना सचिव भएका छन् । 

नेकपा जिल्ला नेतृत्व चयनबारेका थप समाचार

नेकपाका मनोनित जिल्ला सचिवको आक्रोश: 'घटुवामा परेको मलाई केको बधाई ?'

नेकपा धनुषामा दुईतर्फी तनाव- एक जनालाई किन सचिव भएँ, अर्कोलाई किन भइनँ ?

नेकपाले 'टाइपिङ मिस्टेक' गर्दा सिराहामा सचिव को भन्ने अन्योल !

नेकपामा चुनाव हारेका नेता जिल्ला अध्यक्ष, जितेका सांसददेखि मन्त्रीसम्म सचिवमा ‘घटुवा’ !

यी हुन् नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव [नामावलीसहित]

कम्युनिस्ट आन्दोलनका ७० वर्ष : जोडिएको कडी


 कर्मचारीलाई हाजिर गराउन निर्देशन
सरकारले समायोजन भएर गएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा हाजिर गराउन प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन दिएको छ । 

    समायोजन भएर गएका कर्मचारीलाई कतिपय स्थानीय तहले हाजिर गर्न नदिएको विषय सार्वजनिक भएलगत्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात प्रदेश सरकार र ७५३ स्थानीय तहलाई तत्काल कर्मचारीलाई हाजिर गर्न दिई कामकाजको वातावरण सहज बनाउन निर्देशन दिएको हो ।
 मन्त्रालयले समायोजन भएर गएका कर्मचारीलाई हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई तत्काल कारवाही गर्ने चेतावनी दिएको छ । कर्मचारी समोजन ऐन, २०७५ ले सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले ऐनअनुसार प्रदेश तथा स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

करोडका गाडी बाँड्छ सिँचाइ विभाग 
काठमाडौं –जलस्रोत तथा सिँचाइ विभागको ध्यान महङ्गा–महङ्गा गाडी खरिद गरी प्रयोग तथा वितरण गर्नमै केन्द्रित रहेको देखिएको छ । यहाँसम्म कि विभागले मन्त्रालयदेखि मन्त्रीका आसेपासेसम्मलाई गाडी बाँड्न भ्याएको छ ।

विद्युत् प्राधिकरणबाट ३ वटा गाडी लिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तले सचिवालयका लागि भन्दै सिँचाइ विभागबाट थप २ वटा गाडी लिएका छन् । मन्त्रालयले उपलब्ध गराएको एक सहित उनको प्रयोजनमा रहेको गाडीको संख्या ६ पुग्छ ।

प्राधिकरणबाट लिएका ३ मध्ये २ गाडी सचिवालयकै नाममा छ । सिँचाइ विभागबाट लिएका सहित पुनले सचिवालयको नाममा लिएका गाडीको संख्या ४ छ । यसका अलावा प्राधिकरणको बा१३च ५७९३ नम्बरको प्राडो र मन्त्रालयको बा२झ १३७७ नम्बरको टक्सन गाडी मन्त्री पुनको व्यक्तिगत प्रयोगमा रहेको देखिन्छ ।

सिँचाइ विभागको बा१झ ६०१८ नम्बरको पिकअप तथा बीएए ४६४३ नम्बरको फोर्ड कार मन्त्री पुनले सचिवालयका लागि भन्दै सिँचाइ विभागबाट लिएका छन् । यस्तै विद्युत् प्राधिकरणबाट लिएको बा१ञ २४५२ नम्बरको प्राडो र बा२०च ४१५ नम्बरको इलेक्ट्रिक कार मन्त्री पुनको सचिवालयले प्रयोग गर्दै आएको देखिन्छ ।

विभागले गत असारमा एक करोड २० लाख ९१ हजार रुपैयाँमा फोर्ड इन्डिहेभर जीप किनेर मन्त्रालयलाई पठायो । त्यसको एक वर्षअगाडि अर्थात् २०७४ सालमा विभागले सोही ब्राण्डका ५ वटा गाडी एक करोड २० लाख ७५ हजारका दरले किन्यो । त्यसमध्ये एक गाडी दुर्घटनाग्रस्त अवस्थामा रहेको देखिन्छ भने अर्को एक गाडी विभागमै पुलमा र अन्य ३ वटा गाडी उपमहानिर्देशकत्रय शिशिर कोइराला, कृष्ण बेल्बासे र बासुदेव लोहनीले चढ्दै आएका छन् । महानिर्देशक सरिता दवाडीले १ करोड १६ लाख पर्ने टोयटा फर्चुनर जीप चढ्ने गरेकी छन् ।
मन्त्रालयमै पठाइएको बा१झ ४७२५ नम्बरको मित्सुविसी पजेरो र मन्त्रीको सचिवालयलाई दिइएका दुई गाडीको मूल्य हामीलाई विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छैन ।
विभागमा रहेका कुल ५९ मध्ये १५ वटा गाडी प्रयोगविहीन छ ।

आरोहीको ओइरो
यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतवारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको संख्या ९३ पुगेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि ९३ समूहबाट ७७८ जना आरोही गएका छन् ।

सो आरोही समूहबाट हालसम्म ४८ करोड ३० लाख ४४ हजार ८४२ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । यीमध्ये सगरमाथाबाट मात्रै ४३ करोड ५२ लाख ५५ हजार ९१२ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि मात्रै ३३ आरोही समूहका ३६२ आरोही छन् ।

नेपाली स्याटलाइट अन्तरीक्ष केन्द्रमा 
नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाइट १’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने जोडिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो ।

सो नेपाली स्याटेलाइट गत बैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रका लागि पठाइएको थियो । 

अदालत पुग्यो एनसेल
ठूला करदाता कार्यालयले निर्धारण गरेको कर नमिलेको भन्दै एनसेल सर्वोच्च पुगेको छ ।  
गत साता ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको थियो । एक हप्ता भित्र सो कर बुझाउन एनसेललाई पत्राचार गरिएको थियो । हालसम्म एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ७१ रुपैयाँ कर बुझाइसकेको छ । 

राप्रपाद्वारा वार्ता समिति गठन
 कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । 
सोमबार बिहान बसेको राप्रपा शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए । 
 सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिँदै वार्ता कमिटी गठन गरेको हो ।  वार्ता मंगलबार दिउँसो हुने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x