×

NMB BANK
NIC ASIA

पदीय भागबण्डा

नेकपा जिल्ला नेतृत्व छनोटले प्रदेशभर असन्तुष्टि, पद पाउनेमै खैलाबैला

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – नेकपाले सोमवार पार्टीको ७७ वटै जिल्ला नेतृत्व टुंगो लगाएको छ । नेतृत्व टुंगो लागेसँगै ५ नम्बर प्रदेशमा नेतृत्वप्रति असन्तुष्टि देखिएको छ ।

Muktinath Bank

केहीले घटुवा हुनुपरेको आक्रोश व्यक्त गरेका छन् भने कोही कहीले सधै एउटै व्यक्ति नेतृत्वमा दिइएको भन्दै स्वीकार्य नभएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिफारिस गरेर पठाएका नामभन्दा अरु व्यक्ति नै नेतृत्वमा आएपछि जिल्लाका नेता अचम्ममा समेत परेका छन् । रुपन्देहीका सचिव चयन भएका दधिराम न्यौपानेले आफूलाई सचिव पद स्वीकार्य नभएको बताए । उनी पूर्व माओवादीको पोलिटव्यूरो, केन्द्रीय सदस्य र रुपन्देही इन्चार्ज समेत भइसकेका हुन् । 


Advertisment
Nabil box
Kumari

रुपन्देहीमा अध्यक्षको लागि गोपाल भट्टराई र नारायण जिसीको नाम सिफारिस भएको थियो । रुपन्देहीको अध्यक्षको जिम्मेवारी बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई दिइएको छ । गोपाल भट्टराईले पार्टी नीतिगत निर्णय गलत गरेको बताए । उनले घुमाउरो पारामा असन्तुष्टि जनाए ।

Vianet communication
Laxmi Bank

‘पद नभएकालाई पद छैन । पदमा रहेकालाई थपेर दिइयो । पार्टीले के आधारमा छनौट ग¥यो म त अचम्ममा परे,’ उनले भने । उनी २०२५ सालदेखि पार्टीमा क्रियाशिल व्यक्ति हुन् ।

उनी पूर्व एमालेका रुपन्देही अध्यक्ष पनि थिए । नवलरासी पश्चिममा जिल्ला अध्यक्ष भविश्वर तिवारी र सचिवमा तुलसी पासीलाई दिएको छ । तिवारी पूर्व माओवादी र पासी पूर्व एमाले हुन् । 

नवलपरासीमा पनि असन्तुष्टि देखिएको छ । पूर्व एमाले सचिव र संगठन विभाग प्रमुख भएका थानप्रसाद गैरेले पार्टीले आफूखुशी निर्णय गर्दा पार्टीमा लामो समय योगदान गरेको नेताहरूलाई पछाडि धकेलिएको बताए । पार्टीले सच्चा नेताहरूको कदर नगरेको उनले बताए ।

पश्चिम नवलपरासीमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष घनश्याम यादव सर्वसम्मत अध्यक्ष हुनेमा अधिकांश नेकपाका कार्यकर्ता विश्वस्त थिए । यादवलाई अध्यक्ष र तत्कालीन गैरेको नाम जिल्ला सचिवमा सिफारिस गरिएको थियो । 

पाल्पामा पनि सिफारिस गरेकाभन्दा अन्य व्यक्तिहरू नै अध्यक्ष र सचिवमा आएका छन् । जिल्लाबाट राधाकृष्ण कँडेल र राजेन्द्र विश्वकर्माको नाम सिफारिस गरेर पठाएको थियो । 

तर अध्यक्षमा नारायण आचार्य र सचिवमा गिरबहादुर थापाको नाम सिफारिस भएर आएपछि नेता कार्यकर्ता आश्चर्य व्यक्त गरेका छन् । आचार्य प्रदेशसभा सदस्य पनि हुन् । पूर्व उपाध्यक्ष मोहन थापा उपाध्यक्ष थिए । उनले आफू अध्यक्ष हुन पाउनुपर्ने भन्दै यस अगाडि नै विज्ञप्ति जारी समेत गरेका बताइएको छ । 

गुल्मीमा ३३ वर्षदेखि जनप्रतिनिधि भएका व्यक्ति जिल्ला अध्यक्ष भएका छन् । मधुकृष्ण पन्त उनी २०४३ सालदेखि तत्कालीन एमालेको जनप्रतिनिधि रहँदै आएका थिए । उनी अहिले छात्रकोट गाउँपालिका प्रमुख हुन् ।

उनी भन्छन्, ‘सिफारिस गरेका व्यक्तिलाई भन्दा मलाई अध्यक्षको जिम्मेवारी दिएछ । हामी पार्टी कार्यकताहरू यसमा सन्तुष्ट हुनुपर्छ ।’ गुल्मीबाट अध्यक्षमा बालसिंह काउचा र सचिवमा बुद्धि जिसीलाई सिफारिस गरेर पठाएको थियो ।

अर्घाखाँचीको अध्यक्षमा चेतनारायण आचार्य अध्यक्ष भएका छन् । उनी पनि प्रदेशसभा सदस्य हुन् । सचिवमा सन्धीखर्क नगरपालिकाका उपप्रमुख ठाकुर विक सचिवमा चयन भएका छन् । बाँकेको अध्यक्ष इन्द्रप्रसाद खरेल अध्यक्ष पनि प्रदेशसभा सदस्य हुन् । उनी माओवादी केन्द्रको कोटाबाट अध्यक्ष चयन भएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x