×

NMB BANK
NIC ASIA

हिमालय एयरलाइन्सले तिरेन २१ करोड कर, ताकेता गर्दा पनि अटेरी

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवासुविधा प्रयोग गरेवापत हिमालय एयरलाइन्सले सरकारलाई २१ करोड रुपैयाँ तिर्नु बाँकी रहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

निजी क्षेत्रबाट हवाई सेवा सञ्चालन गरिरहेको हिमालय एयरलान्सले विमानस्थलको सेवासुविधा प्रयोग गरेवापत २१ करोड ४२ लाख १३ हजार रुपैयाँ तिर्न बाँकी रहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमालय एयरलायन्सले सरकारलाई तिर्नुपर्ने रकम गत फागुन मसान्तसम्मको भएको नागरिक उड्ड्यन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सको विमानतर्फको कुल बक्यौता १४ करोड ५२ लाख ९५ हजार २ सय १० रुपैयाँ र हवाई हेलिकप्टरतर्फको ६ करोड ८९ लाख १८ हजार २ सय ८१ रुपैयाँ बक्यौता रहेको छ ।


Advertisment
Nabil box
Kumari

प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सलाई रकम भुक्तानीका लागि पटक–पटक पत्राचार गरिएपनि हिमालय एयरलाइन्सले भुक्तानी गरेको छैन । प्राधिकरणले पटक–पटक पत्राचार गर्दा पनि एयरलाइन्सले कुनै प्रतिक्रिया नदिने गरेको प्राधिकरणका एक अधिकारीले बताए ।

Vianet communication
Laxmi Bank

‘विभिन्न समयमा पत्राचार भइरहेको छ,’ प्राधिकरणका ती अधिकारीले लोकान्तरसँग भने, ‘हवाई सेवा प्रदायकले बेलाबेलामा भुक्तानी पनि गरिरहन्छन् । विमानस्थल सेवा शुल्क नियमावलीमा नै तिर्नुपर्ने रकमको निश्चित प्रतिशत रकम जरिवाना तोकिएको छ ।’

विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार प्राधिकरणले रकम भुक्तानीका लागि बिलजारी गरेको मितिले ३० भित्र भुक्तानी गरिसक्नुपर्छ । ३० दिनसम्म रकम झुक्तानी नगरेमा ४५ दिनसम्म भुक्तानी गर्नुपर्ने रकमको ५ प्रतिशत जरिवाना लाग्ने व्यवस्था नियमावलीमा गरिएको छ । बिलजारी गरेको १ हप्ताभित्र बक्यौता रकम तिरेमा कुल रकमको ३ प्रतिशतसम्म छुट दिइने व्यवस्था समेत नियमावलीमा गरिएको छ ।

४५ दिनदेखि ५९ दिनसम्म बक्यौता रकम भुक्तानी गरेमा १५ प्रतिशत जरिवाना र ६० दिनदेखि माथि ३० प्रतिशत जरिवाना लाग्ने व्यवस्था गरिएको छ ।

हवाई सेवा तथा विमानस्थल परिसरभित्र विभिन्न कारोबार गरिरहेका संस्थाबाट नागरिक उड्ड्यन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार शुल्क लिँदै आएको छ ।

प्राधिकरणको विमानस्थल कार्यालयले विकास शुल्क, ल्यान्डिङ तथा पार्किङ शुल्क लिँदै आएको छ । हवाई परिवहन, सुरक्षा शुल्क, काउन्टर तथा कार्यालय सञ्चालन खर्च, होडिङ बोर्ड लगायतका शुल्क लिँदै आएको छ ।

विमानस्थलभित्र सञ्चालनमा रहेका पसलबाट समेत सरकारले विभिन्न शीर्षकमा शुल्क लिँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x