×

NMB BANK
NIC ASIA

श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा आईएसको हात रहेको संकेत

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – श्रीलंकामा आइतवार भएको शृंखलाबद्ध बम विस्फोटमा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) को हात रहेको संकेत प्राप्त भएको छ ।

Muktinath Bank

आईएस समर्थक केही टीभी च्यानलले सोमवार आत्मघाती आक्रमणकारी भनिएका तीनजनाको तस्वीर जारी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रिस्चियनहरूको पर्व ईस्टरका दिन राजधानी कोलम्बा समेत तीन शहरका चर्च र होटलमा भएका आक्रमणमा लगभग ३०० मानिस मारिएका थिए । 


Advertisment
Nabil box
Kumari

आत्मघाती आक्रमणकारी भनिएका व्यक्तिको नाम अबुल बर्रा, अबुल मुख्तार र अबु उबैदा बताइएको छ । आईएसको मुखपत्र अमाकले यस आक्रमणको जिम्मेवारी लिएमा त्यो आधिकारिक हुने भनी जासूसी संस्थाहरू प्रतीक्षा गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

तर एक सूत्रले बताएअनुसार, यी तस्वीर केही हदसम्म विश्वसनीय छन् किनकि तीनमध्ये एकको वास्तविक नाम जाहरान हाशिन हो र उनी नेसनल तौहीद जमात (एनटीजे)का कार्यकर्ता हुन् । च्यानलहरूले उनलाई अबु उबैदाका रूपमा चिनाएका छन् । 

तीन आत्मघाती आक्रमणकारीमा उबैदा मात्रले नकाब नलगाइकन फोटो खिचेको थियो । एजेन्सीहरूले अहिले अन्य दुईलाई चिन्ने कोशिश गरिरहेका छन् । 

एक जासूसी अधिकारीले सोमवार बताए, ‘यी आत्मघाती आक्रमणकारीको जुन नाम दिइएको छ त्यो आईएसले आफ्ना लडाकूलाई दिने गरेको छ । उबैदाको पनि यही पृष्ठभूमि हो । एनटीजेको प्रत्यक्ष सम्बन्ध आईएससँग जोडिएको यसबाट संकेत पाइन्छ । यसबाहेक तीनै तस्वीरमा लडाकूले एउटा औंला उठाएका छन् र यो आईएस आतंकवादीहरूको लोकप्रिय संकेत हो ।’

आईएसका प्रवक्ता अबु हसन अल–मुजाहिरले एक महिनाअघि एक श्रव्य सामग्री प्रकाशित गरेर मुसलमानहरूलाई न्युजील्यान्डमा भएका मस्जिदमाथिको आक्रमणको बदला लिन आह्वान गरेका थिए । उनको भाषण ४४ मिनेटको थियो र उनले न्युजील्यान्ड नरसंहारबाट जाग्नुपर्ने र धर्मविरुद्धको आक्रमणको बदला लिनुपर्ने बताएका थिए । 

मुजाहिरको अडियोपछि अनेकौं एजेन्सीहरूले अन्लाइन सन्देश इन्टरसेप्ट गरेका थिए । विभिन्न देशका उपासना स्थलमा सुरक्षा बढाउन अलर्ट जारी गरिएको थियो । 

श्रीलंकामा गरिएको ठूलो आक्रमणले पनि स्थानीय आतंकवादी संगठन मात्र यसमा सहभागी हुन नसक्ने देखाएको छ । उसले कुनै अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सहायता पक्कै पनि पाएको हुनुपर्छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x