×

NMB BANK
NIC ASIA

श्रीलंका आक्रमणमा नेसनल तौहीद जमातको संलग्नता रहेको आरोप, नाम मिल्ने संगठनलाई अप्ठ्यारो

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – श्रीलंकामा ईस्टर पर्वको छेको पारेर गरिएका शृंखलाबद्ध विस्फोटपछि तौहीद नामक जोडिएका समूहहरूलाई श्रीलंका र भारतमा निगरानी बढाइएको छ । 

Muktinath Bank

अतिवादी मुसलमानी समूह नेसनल तौहीद जमात (एनटीजे) ले शृंखलाबद्ध आक्रमण गरेको भनी श्रीलंका सरकारले बताएपछि यस्तै नाम भएका अन्य संगठन पनि निगरानीमा परेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर त्यस्ता संगठनले आइतवार भएका आक्रमणको निन्दा मात्र नगरेको भई कठोर आलोचना नै गरेका छन् । 


Advertisment
Nabil box
Kumari

श्रीलंका तौहीद जमात (एसएलटीजे) ले दोषीहरूलाई सबभन्दा कठोर सजाय दिनुपर्ने जनाएको छ । उसको फेसबूक पेजमा संगठनले विस्फोटमा घाइते भएका मानिसलाई रक्तदान गर्ने अभियान नै चलाएको थियो । मुसलमान पर्सनल लमा संशोधन गर्ने एक पहललाई उक्त संगठनले घोर विरोध गरेको थियो र यसका केही सदस्यलाई विगतमा घृणा जन्माउने बयान दिएको भन्दै पक्राउ समेत गरिएको थियो । 

Vianet communication
Laxmi Bank

एसएलटीजेका पूर्व सहायक महासचिव रस्मिनले उनीलगायत बहुमत सदस्यले पार्टी फुटाएर सीलोन तौहीद जमात गठन गरे । ‘एसएलटीजेले तमिलनाडु तौहीद जमातसँग काम गरिरहेको थियो । हामीहरूलाई त्यो कुरा सहज लागेन र छुट्टिने निर्णय लियौं । इस्लाम धर्म मान्ने सम्बन्धमा पनि हामीहरूबीच केही मतभिन्नता थियो,’ उनले द हिन्दु पत्रिकालाई बताए । 

एनटीजेको एसएलटीजे वा नवगठित सीटीजेसँग कुनै सम्बन्ध नरहेको उनले बताए । तर एनटीजे प्रमुख जाहरानका विषयमा उनीहरू जानकार रहेको उनको भनाइ छ । 

‘जाहरान बाट्टिकालोआको कट्टनकुडीमा बस्थे र एउटा फेसबूक पेज चलाएर स्पष्ट रूपमा आईएसको विचारधाराको प्रचार गर्थे । हामीले श्रीलंकाली जासूसी संस्थालाई यो मान्छेको बारेमा सतर्क पनि गरेका हौं, उनीहरू खतरनाक समूह हुन्,’ रस्मिनले भने । 

तमिलनाडु तौहीद जमात (टीएनटीजे) को सम्बन्ध नेसनल तौहीद जमातसँग हुनसक्ने अनुमान चल्दा टीएनटीजेका प्रवक्ता अब्दुल रहमानले कुनै सम्पर्क रहेको कुरा अस्वीकार गरे । ‘दुई संगठनको नाममा तौहीद भयो भन्दैमा उनीहरू सम्बन्धित छन् भन्न मिल्दैन,’ उनले बताए । 

कुख्यात समूह एनटीजेले सन् २०१८ को डिसेम्बर महिनामा श्रीलंकाको मध्यभागमा रहेको मावानेलामा बौद्ध मन्दिरहरूमा आक्रमण गरेको बताइएको छ । बुद्धका मूर्तिको अनुहार भत्काउने काम यस समूहले गरेको आरोप थियो । 

द हिन्दुबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x