कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
भारतको लोकसभा निर्वाचन भनेको लोकतन्त्रको महाकुम्भ हो । चर्चामा छ बिहारको बेगुसराई । अहिले गूगल सर्च होस् या युट्युब सर्च – बेगुसराई टाइप गर्दा कन्हैया कुमारको बारेमा टन्नै सामग्री पढ्न र हेर्न सकिन्छ ।
बेगुसराईको आफ्नै किसिमको इतिहास छ । रामधारी सिंह दिनकर जस्ता राष्ट्रकवि मात्रै नभई बेगुसराईले संघीय गणतन्त्र भारतको बिहार राज्यको प्रथम मुख्यमन्त्री कृष्ण सिन्हा समेत दिएको स्वर्णिम इतिहास छ । अहिले कन्हैया कुमार नामक एक विद्यार्थी नेताको चुनावी लडाईंका कारण बेगुसराईको चर्चा शिखरमा छ ।
राजद्रोहको आरोप लागेर जेल गएपछि कन्हैया कुमार भारतीय राजनीतिमा चर्चाको विषय बन्न पुगे । जेलबाट रिहाइको तीन सालमा कन्हैया कुमारको व्यक्तित्व एक प्रखर वक्ताको रूपमा स्थापित भयो ।
चौथो चरण अर्थात् अप्रिल २९ मा बिहारको बेगुसराईमा लोकसभाको चुनाव छ । कन्हैया कुमार भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का बेगुसराई उम्मेदवार हुन् । बेगुसराईमा भारतीय जनता पार्टीबाट गिरिराज सिंह मैदानमा छन् भने राष्ट्रिय जनता दलबाट तनबिर हसन उठेका छन् ।
लोकतन्त्रमा चुनाव भनेको एउटा आयाम मात्र हो, सबैथोक होइन । बेगुसराई कसले जित्ला निकट भविष्यमा घोषणा हुने नै छ । तर कन्हैया कुमारसँग सम्बन्धित केही कुराको चर्चा आवश्यक रहेको छ । यसैक्रममा नेपालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केहीथान नेताहरू कन्हैया कुमारलाई समर्थन गर्न बेगुसराई पुगेको खबर सामाजिक सञ्जालका माध्यमबाट पढ्न पाइयो । एकछिन सोचें, यिनीहरू नरेन्द्र मेदीको विरोधमा गएका हुन् कि वामपन्थी कन्हैयालाई सहयोग गर्न ? मनभित्रैबाट उत्तर पाएँ । पक्कै पनि मोदीको विरोधमा गएका होलान् किनभने यी कम्युनिस्टहरूको क्रियाकलाप कन्हैया कुमारसँग मेल नै खाँदैन । नेपालमा वामपन्थको खास्टो ओेढेर नश्लवाद नामक घिउ पिउने यिनीहरू कम्युनिस्ट हुनै सक्दैनन् ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको काण्डको तीन वर्ष बितेपश्चात् चुनावको मुखमा आएर उनीविरुद्ध चार्जशीट दायर गरिएको छ । यसभन्दा पहिला कुनै पनि कार्यक्रममा कन्हैयालाई एउटा प्रश्न सोधिन्छ नै, ‘आप पे देशद्रोही का आरोप लगा है ?’ कन्हैयाको सजिलो जवाफ हुन्छ, त्यसो भए चार्जशीट दायर गर्न किन यत्रो समय लाग्यो ? म देशद्रोही हो भने चुनाव कसरी लड्न पाउँदैछु ? अहिले विपक्षीहरूले पनि कन्हैयाको विरोध गर्दा उनी देशद्रोही भएको आरोप मात्र लगाउने गरेका छन् । उनको क्षमतामाथि प्रश्न गरिएको बिरलै सुन्न पाइन्छ ।
भारतमा कम्युनिस्टको तापक्रम सेलाएको बेला उनी खुलेर लालसलामको नारा लगाउँछन् । चुनावी सभाहरूमा जात र धर्मको कित्ताकाट गरी उनले अभिव्यक्ति दिएको भेटाइएको छैन । कन्हैया भूमिहार जातिमा जन्मेका हुन् । बेगुसराईमा झण्डै साढे चार लाख भूमिहार छन् । बेगुसराईलाई भूमिहारको अघोषित राजधानी पनि भन्ने गरिएको छ । तर कन्हैया भने आफ्नो जातको चर्चा गर्छन्, न त जातिकेन्द्रित राजनीति नै गर्छन् ।
नेपालका कम्युनिस्टको भन्दा बिल्कुलै फरक क्रियाकलाप देख्न सकिन्छ कन्हैयामा । नेपालका कम्युनिस्टहरू जातिवादको नारा नलगाइकन चुनाव जित्नै सक्दैनन् । चुनावको मात्र के कुरा गर्नु ! यहाँका कम्युनिस्ट भनाउँदाहरूले त नेपालको संविधानमा समावेशी समानुपातिक सम्बन्धी गरिएको व्यवस्थाको खिल्ली उडाउँदै एकल जातीय नियुक्तिहरू गर्न लाज मान्दैनन् ।
कन्हैया कुमारले चुनाव लड्नका लागि लाग्ने सत्तरी लाख रकम ‘क्राउड फन्डिङ’ बाट जम्मा गरेका हुन् अर्थात् भीडले चन्दा जुटाएको हो । अनि ७० लाख भारु जम्मा भइसकेपश्चात् एक रुपैयाँ पनि बढी लिन चाहेनन् । नेपालका कम्युनिस्टहरू सत्तरी लाख भारुबराबरको त मिनरल वाटर मात्रै पिउने गर्छन् । नेपालमा धनी कम्युनिस्टहरूको संख्या बढी छ, त्यही भएर पनि यत्ति ठूलो खर्च भएको हुनसक्छ ।
पत्रकारहरूले कन्हैयाका समर्थकलाई प्रश्न गर्छन्, कन्हैया जित्योे भने बेगुसराईमा विकास कसरी सम्भव होला ? केन्द्रको मन्त्रिपरिषद्मा सीपीआईको उपस्थिति नै हुँदैन नि ! उनका समर्थकहरूले जवाफ फर्काउँछन्, विकास पनि हुन्छ र सदनमा बेगुसराईको स्वर पनि गुञ्जिन्छ । वास्तवमा भन्ने हो भने लोकसभा चुनाव भनेको सदनमा निमुखा जनताको आवाजको प्रतिनिधित्व हुने अवसर हो । प्रतिपक्षी नेता भए पनि नेतामा सामाजिक न्यायको सिद्धान्तबारे ज्ञान हुन्छ र सदनमा त्यस्तो नेताले तार्किक आवाज उठाउने हिम्मत गर्छ अनि सत्तापक्षले पनि उसको क्षेत्रको विकासको लागि योजना छनोट गर्न बाध्य हुन्छ ।
कन्हैया कुमारको चुनावी नारा छ – ‘हमें संविधान को बचाना है’ । भारतको संविधान खतरामा छ त ? बडो गम्भीर प्रश्न हो यो । कन्हैयाको आरोप छ, सत्तापक्षका जिम्मेवार नेताहरूले अन्धराष्ट्रवाद भारतमा लाद्न खोजिरहेका छन् । उनीहरूकै सिको गरेर नेपालमा कम्युनिस्टहरू अन्धराष्ट्रवादको घोडा चढेर आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउँछ । संविधानको मर्ममाथि दिनरात तुषाारापात गर्नु नेपालका कम्युनिस्टहरूको धर्म हो जस्तो स्वाभाविक प्रतीत हुन्छ ।
कन्हैया कुमारको राजनीतिक रूपमा विश्वव्यापी चर्चा भइरहेको छ र उनी युवा पिँढीको निमित्त प्रेरणाको स्रोत समेत बन्दै गइरहेका छन् । आर्थिक हिसाबले अहिलेको महंगो लोकतान्त्रिक चुनावहरूमा आफूसँग पैसा नभए पनि दक्षता छ भने चुनाव लड्न लाग्ने न्यूनतम रकम सहयोग गर्ने दानवीरहरूको कमी छैन । नेपालका ‘कमाउनिस्टहरू’ले कन्हैयाबाट आदर्शका केही पाठ सिक्नुपर्छ ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...