×

NMB BANK
NIC ASIA

बुटवल- प्रदेशसभा शुरू भएको झण्डै १५ महिनापछि पहिलो पटक बल्ल सांसद चिन्तावती कुर्मी वर्मा संसदमा बोलेकी छन् । संसदमा चुइक्क नबोल्ने सांसद भन्ने शीर्षकको समाचार लोकान्तर डटकममा प्रकाशित भएपछि उनी संसदको मंगलवारको संसद बैठकको शून्य समयमा बोलेकी हुन् । 

Muktinath Bank

कुर्मीले दाउराबाट खाना पकाउदा बाँकेका महिलाहरू आएको भन्दै त्यसको विकल्पमा सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘बाँकेमा महिलाहरूलाई समस्या समाधानतर्फ ध्यान जाओस् ।’  एक मिनेटको शून्य समयमा उनी ४० सेकेन्ड मात्र बोलिन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभामा उनी बाहेक अन्य सबै सांसदहरू बोलिसकेका छन् । संसदमा बोल्न नसक्ने सांसद भनेपछि उनलाई बोल्न दबाब परेको थियो । उनी संसदको तेस्रो अधिवेशनको ३० औं बैठकमा आएर बल्ल पहिलो पटक बोलिन् । 


Advertisment
Nabil box
Kumari

त्यस्तै संसदमा बाँके जिल्लाको डडुवा गाउँपालिका–२ की कुर्मी तत्कालीन एमालेबाट समानुपातिक उम्मेदवार हुन् । त्यस्तै संसदको शून्य समयमा बोल्दै सांसद अष्टभुजा पाठकले लुम्बिनी धुलोले अस्तव्यस्त भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भने, 'भैरहवादेखि लुम्बिनीसम्मको बाटो निर्माणाधीन छ । पर्यटकीय क्षेत्र धुलोले ढाकेको छ । दुर्घटना बढेका छन् । ठेकेदार कहाँ के गर्दै छ ? त्यसतर्फ सरकारले ध्यान दिन आवश्यक छ । धुलो नियन्त्रण हुनुपर्‍यो ।'

Vianet communication
Laxmi Bank

त्यस्तै सांसद इन्द्रप्रसाद खरेलले जनता आवास कार्यक्रमको कार्यविधि अध्यावधिक गरिनुपर्ने बताए । उनले भने, ‘अहिलेको कार्यविधिले लक्षित वर्गले नपाउने समस्यामा नपरेकाले पाउने अवस्था देखियो । त्यसकारण अहिलेको कार्यविधि अध्यावधिक गरिनुपर्छ ।’

त्यस्तै संसदको विशेष समयमा बोल्दै सांसद भगवतीदेवी भण्डारीले लुम्बिनी भ्रमण वर्ष मनाउँदै गर्दा लुम्बिनीसँग सम्बन्धित रामग्राम र तिलौराकोट पछाडि परेका भन्दै दुवै क्षेत्रको पनि प्रवर्द्धन आवश्यक भएको बताइन् । 
 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x