×

NMB BANK
NIC ASIA

मुख्य समाचार

नेताको निधनले काँग्रेसको जागरण अभियान सर्यो, हवाई इन्धनको मूल्य घट्यो

बैशाख ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–नेपाली काङ्ग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ । 
    
निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ वर्षीय नेता ताम्राकारको मंगलबार दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको काङ्ग्रेसले जनाएको छ । 
    
 पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए । भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आएका थिए। 
यसैबीच     नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । 

Muktinath Bank

    
काङ्ग्रेस जागरण अभियान वैशाख २५ गतेदेखि  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली काङ्ग्रेसको हिमाल, पहाड, तराई–मधेश ( हिपतम) अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ । 


Advertisment
Nabil box
Kumari

काङ्ग्रेसले वैशाख बुधबार ११ देखि शुरु गर्ने भनेको जागरण अभियान पार्टीका पूर्वकोषाध्यक्ष ताम्राकारको निधन भएले वैशाख २५ गतेदेखि शुरु गर्न लागेको हो । 

Vianet communication
Laxmi Bank


पुनःनिर्माणमा ४२९ अर्ब आवश्यक
भूकम्पपछिको पुनःनिर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सात लाख ६२ हजार ३०७ परिवारले अनुदान सम्झौता गरेकामा छ लाख १२ हजार ९३५ ले पुनःनिर्माण शुरु गरेको  जनाएको छ । भूकम्पको चार वर्ष पूरा भए पनि प्राधिकरण स्थापना भएर काम शुरु भएको ४० महीनामात्र भएको छ ।
    
     
    भूकम्पले सात हजार ५५३ विद्यालयमा क्षति पुगेकामा चार हजार ४७६ पुनःनिर्माण भएको छ भने एक हजार ७७२ बनिरहेका छन् । विद्यालय पुनःनिर्माणमा ८३ प्रतिशत उपलब्धि हासिल भएको प्राधिकरणले जनाएको छ । 
     
    हालसम्म ६४३ स्वास्थ्य संस्था पुनःनिर्माण भएका छन् । एक सय ४५ पुनःनिर्माणका क्रममा छ । स्वास्थ्य क्षेत्रको उपलब्धि प्रतिशत ६६ प्रतिशत छ । भूकम्प अतिप्रभावित १४ जिल्लाका पुरातात्विक सम्पदा पुनःनिर्माणको उपलब्धि ५९ प्रतिशत छ । सात सय ५३ सम्पदामा क्षति पुगेकामा २२४ को काम सम्पन्न भएको छ । दुई सय २१ हाल पुनःनिर्माण भइरहेको छ । कमप्रभावित १८ जिल्लाका सम्पदा पुनःनिर्माणको काम भने शुरु हुन सकेको छैन । गुम्बा पुनःनिर्माण कार्यविधि तय गरी डिजाइन भइरहेको छ ।
  
    सुरक्षा निकायका १४५ भवन निर्माण भएको छ । हाल तीनै सुरक्षा निकायका गरी ७१ भवन निर्माणको काम भइरहेको छ । सरकारी भवन पुनःनिर्माणमा भने ९८ प्रतिशत उपलब्धि हासिल भएको छ । त्रिसठ्ठी प्रतिशत सरकारी भवनको पुनःनिर्माण र ३५ प्रतिशत पुनःनिर्माणका क्रममा छन् । भूकम्पबाट क्षति भएका सडक, खानेपानीलगायत संरचनाको पुनःनिर्माण पनि भइरहेको जनाइएको छ ।
 
    पुनःनिर्माण गर्न ठूलो चुनौतीका रुपमा वित्तीय व्यवस्थापन रहेको बताइएको छ ।  पुनःनिर्माण र पुनःस्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनःनिर्माणका लागि कूल रु ९३८ अर्ब आँकलन गरिएको थियो । सोमध्ये आर्थिक वर्ष २०७४÷०७५ सम्म रु १८६ अर्ब खर्च भएको थियो । चालू आर्थिक वर्षमा रु १२३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य छ ।
    
    सरकारको नियमित कार्यक्रम तथा निजी र गैरसरकारी क्षेत्रबाट करीब रु २०० अर्ब परिचालन हुने प्राधिकरणको अपेक्षा छ । पुनःनिर्माण गर्न थप करीब रु ४२९ अर्ब आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । पुनःनिर्माणको प्रगति वित्तीय व्यवस्थापनमा निर्भर हुने भएकाले अर्थ मन्त्रालय र दातृ निकायसँग सघन छलफल भइरहेको छ । 
 
    सरकार– राप्रपा वार्ता
    
    सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको औपचारिक वार्तामा राप्रपाले राखेका मागका विषयमा प्रारम्भिक छलफल भएको छ । सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्तामा सरकारले संविधानअनुसारका माग पूरा गर्न सकिने स्पष्ट गरेको छ ।
    
मंगलबारकोवार्तामा सरकारका तर्फबाट वार्ताका संयोजक कानूनमन्त्री  ढकाल तथा राप्रपाका तर्फबाट राप्रपाका नेतात्रय दीपक बोहरा, निरञ्जन थापा र भुवन पाठक सहभागी दिए । 
    
    राप्रपाले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग राख्दै आन्दोलन गर्दै आएको छ । 

ओली पुर्पक्षका लागि थुनामा 
ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वको समूहका नेता हेमन्तप्रकाश ओली लगायतका ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

न्यायाधीश अवनी मैनाली भट्टराईको इजालसले अनुसन्धान गर्नुपर्ने आवश्यकता भएको हुँदा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको ललितपुर जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए । 

गत फागुन १० मा नख्खु बम विस्फोटमा एकजनाको ज्यान गएको घटनामा प्रहरीले ओली लगायतलाई कर्तव्यज्यान मुद्दा दर्ता गरेको थियो । चन्द समूहका नेता ओली, वीरबहादुर कठायत, डेकेन्द्र राइसमेत ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

सुन बरामद

उत्तरी नाका रसुवागढीबाट लुकाई छिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन टिमुरेमा प्रहरीले बरामद गरेको छ । 

सशस्त्र प्रहरी भन्सार राजश्व गुल्म टिमुरेका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार केरुङबाट ना६ख ९०६८ नंको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध सात केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्तीले बरामद गरेको हो ।

अनुगमन
    
सरकारले मंगलबारदेखि वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको अनुगमन शुरु गरेको छ । 

    गत कात्तिक १२ गते नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयु) अनुसार कामदारको स्वास्थ्य परीक्षण गर्न निवेदन दिएका स्वास्थ्य संस्थाको अनुगमन शुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 


    हवाई इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । 

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र उक्त घटाइएको दर गएराति १२ बजेपछि लागू भएको जनाइएको छ ।

मूल्य घटाएपछि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ । यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो । 


प्रहरी निरीक्षकलाई दज्र्यानी चिह्न  
 
    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नयाँ नियुक्त प्रहरी निरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । उनले विभागीयतर्फ ९३ र खुलातर्फ १५ गरी १०८ प्रहरी निरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । 

    नयाँ नियुक्त भएकामा आठ महिला छन् ।  नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको २०७६ वैशाख आठ गतेको निर्णयले वैशाख ५ गतेदेखि लागू हुने गरी उनीहरुलाई प्रहरी निरीक्षक पदमा नियुक्त गरिएको हो । उनीहरुलाई मंगलबार नै जिम्मेवारी प्रदान गरिएको छ । 
यसैबीच प्रहरीका ५४ जना सई इन्सपेक्टरमा बढुवा सिफारिस भएका छन् ।

कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै

    कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो ।

चालू आवको नौ महीनाको अवधिमा यस मन्त्रालयले ५.३५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले सडक, सिँचाइ, पुल, खानेपानीका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको थियो । मन्त्रालयले कर्मचारी र भौतिक संरचनाको कमीले गर्दा विनियोजित बजेट कार्यान्वयन गर्न नसकेको स्वीकार गरेको छ ।

अश्रुग्यास प्रहार

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।
 
आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । 
२५ प्रतिशत मुद्दा फछ्र्यौट 

सर्वाेच्च अदालतले चालू आर्थिक वर्षमा २५ दशमलव ४६ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ । सर्वाेच्चले मङ्गलबारसम्म दर्ता भएका ३० हजार ६५५ मुद्दामध्ये सात हजार १९२ मुद्दा फछ्र्याैट गरेको हो । 

    सर्वाेच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जिल्ला र उच्च अदालतको तुलनामा सर्वाेच्चमा कम मुद्दा फछ्र्याैट भएको बताए ।  सर्वाेच्च अदालतमा न्यायाधीशको कमीलगायतका कारणले गर्दा लक्ष्यभन्दा कम मुद्दा फछ्र्याैट भएको र देशभरमा नयाँ मुद्दा दर्ता हुने क्रम यो वर्ष तुलनात्मक रुपमा बढेको जानकारी दिए । 

मुख्य रजिष्ट्रर निरौलाका अनुसार जिल्ला र उच्च अदालतमा अहिलेसम्म एक लाख ५८ हजार ७६४ नयाँ मुद्दा दर्ता भएकामा ४३ प्रतिशत मुद्दा फछ्र्याैट भएको छ । 

बाइबल र पैसा बोकेर धर्म प्रचार गर्ने पक्राउ

    बाइबल र पैसा बोकेर गाउँशहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा प्रहरीले दाङको घोराहीबाट दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । 

घोराही बजारस्थित होटेल डोकोबाट अमेरिकी नागरिक  सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, सङ्खुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेका हुन् । 

उनीहरुका साथबाट बा१३प ३१९६ स्कार्पियो गाडी, बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा बाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विक्रम शाहले जानकारी दिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x