×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

बैशाख ११, २०७६

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

पटना- २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ ।

पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मंगलवार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन संघको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो ।

अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन अफ इन्डियाको सहयोगमा आयोजित च्याम्पियनसिपमा नेपाल प्रथम, भारत द्वितीय र बंगलादेश तृतीय भएको अलइन्डिया सितोरयो कराँते डो एकेडेमीका अध्यक्ष राजु थापाले जानकारी दिए ।

च्याम्पियनसिपमा नेपाली खेलाडी रुपा रानाले काता र कुमितेतर्फ दुई स्वर्ण पदक प्राप्त गरिन् । रानाले १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ ५० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

सुर्खेत गुरुबाकोट नगरपालिकाकी रानाले यसअघि भारतको पुनामा भएको प्रतियोगितामा समेत स्वर्ण पदक प्राप्त गरेकी थिइन् । रानासँगै सिनियरतर्फ सन्तु थारू ५५, छिरीङ गुरुङ ६५, दिलबहादुर बुढाथोकीले ७० केजी तौल समूहको स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाए । १९ वर्षमुनिको जुनियरतर्फको स्पर्धामा सञ्जय चौधरीले ७० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरे ।

१७ वर्षमुनिको (सव जुनियर) उमेर समूहमा शिवानी बस्नेत ५०, डिबिन गुरुङ ५०, रोशन राना ६० र सुनिल रावलले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे । १४ वर्षमुनिको (केडर) उमेर समूहमा प्रियङ्का थापा ५५, इशा सारु ४०, शाहील गुरुङ ३५, जप्वन पुन ४०, मिलन श्रीस ४५, सरोज क्षेत्रीले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे ।

यसैगरी १० वर्षमुनिको (सवकेडर) उमेर समूहमा अमीषा पोखरेल ३०, आदित्य क्षेत्री २०, विवेक सेन ठकुरी २५ र गौरव पौडेलले ३० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक हात पारको मिसन सङ्घका केन्द्रीय सचिव गिरी पुनले जानकारी दिए । 

त्यस्तै प्रतियोगितामा सिनियरतर्फ कुमिते र किक बक्सिङमा नेपालकी दिलमाया कोइराला, बिपीन राना र सञ्जयकुमार चौधरीले रजत पदक प्राप्त गरे । केडरतर्फ आकृति राना र प्रसुन शाहीले रजत पदक प्राप्त गरे भने नेपालका यमन सोती मगरले कास्य पदक हात पारे । भारत, बंगलादेश, भुटान, श्रीलंकालगायतका देशका २२१ खेलाडीले भाग लिएको च्याम्पियनसिपमा नेपालका २६ खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको कराँते महासंघ प्रदेश नं ५ का अध्यक्ष भरतबहादुर केसीले बताए ।

विदेशी भूमिमा जित हासिल गरेर खेलाडीले देशको नाम राखेकामा आफूलाई गर्व लागेको जापान गोजुरीयो कराँते डो मिसन संघका संस्थापक तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक केबी रानाले बताए । यसअघि भारतको पुनामा सम्पन्न च्याम्पियनसिपमा १४ स्वर्ण पदक तथा २०१७ मा दिल्लीमा सम्पन्न भएको साउथ एशियन च्याम्पियनसिपमा १७ स्वर्ण पदकसहित विजेता बनेको नेपालले फेरि इतिहास रचेकामा गौरव महसूस भएको मिसन संघका रुपन्देही अध्यक्ष उमेश थापाले बताए । -निरा गौतम/रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x