×

NMB BANK
NIC ASIA

मापसे गरी जनप्रतिनिधिले आफूमाथि हातपात गरेको प्रधानाध्यापकको आरोप

आरोपित भन्छन्, 'म मेडिकल जाँच गराउन तयार छु'

बैशाख ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरस्थित अमर ज्योति उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापामाथि विद्यालय सञ्चालन भइरहेको बेला वडा नम्बर १२ का वडा सदस्य रामकुमार दर्लामीले हातपात गर्ने प्रयास गरेका छन् ।

Muktinath Bank

दर्लामीले आफूमाथि हातपात गरेको प्रधानाध्यापक थापाले आरोप लगाएका छन् । ‘विद्यालयमा सर्टिफिकेट नभएका विद्यार्थीलाई भर्ना गर्नुपर्ने भनेर दर्लामीले दबाब दिइरहेका थिए,' थापाले भने, ‘त्यसरी सर्टिफिकेट नभएकालाई हामी कसरी भर्ना गर्न सक्छौं र ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानाध्यापक थापाले विद्यालयको क्षमता १२ सय विद्यार्थीको मात्र भएको बताए । ‘जम्मा १२ सय विद्यार्थीलाई हामी भर्ना गर्न सक्छौं । हाम्रो क्षमता त्यहि हो,’ उनले भने, ‘अहिले १८ सय जना विद्यार्थीले फाराम भरेका छन् । इन्ट्रान्स लिएर हामी भर्ना गर्छौं भन्दा पदको दुरुपयोग गरी ममाथि हातपात गर्ने प्रयास गरे ।’


Advertisment
Nabil box
Kumari

उनले मदिरा सेवन गरेर विद्यालय हातामा आइ हातपात प्रयास गरेको प्रधानाध्यापक थापाको आरोप छ । ‘शर्माले मदिरा सेवन गरेका थिए,' उनले भने, ‘अन्य सहकर्मी नभएको भए उनी जेपनि गर्न सक्थे ।’

Vianet communication
Laxmi Bank

दर्लामीको हातपातपश्चात अहिले विद्यालय परिसरमा प्रहरी राखिएको प्रधानाध्यापक थापाको भनाइ छ । तर वडा सदस्य दर्लामीले भने प्रधानाध्यापक थापाले गलत आरोप लगाएको बताए । ‘म माछामासु मदिरा केहि पनि खान्न,' उनले भने, ‘अभिभावकलाई जे पायो त्यहि बोल्ने, जनप्रतिनिधिलाई नटेर्ने बरु उहाँको बानी छ ।’ उनले आफूले मदिरा सेवन गरेको भए मेडिकल जाँच गर्न तयार रहेको बताए । उनले विद्यालयमा उल्टै प्रधानाध्यापकको दादागिरी रहेको आरोप लगाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x