×

NMB BANK
NIC ASIA

श्रीलंका आक्रमणमा संलग्न आतंकवादी थिए दयालु !

बैशाख १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – श्रीलंकामा आइतवार गरिएको शृंखलाबद्ध बम विस्फोटबाट स्थानीयहरू स्तब्ध बनेका छन् । 

Muktinath Bank

कोलम्बोको काँठमा बस्ने फातिमा फजला आफ्नो छिमेकी प्रमुख आत्मघाती आक्रमणकारी भएको विश्वास नै गर्न सकिरहेकी छैनन् । माहेवेला गार्डेन्समा बस्ने दाजुभाइले शांग्रिला होटल तथा अन्य एक होटलमा आत्मघाती विस्फोट गराएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त परिवारसँग जोडिएको एक सूत्रले बताएअनुसार, इन्साफ इब्राहिमले शांग्रिला होटलमा आत्मघाती आक्रमण गरेका हुन् । ती ३३ वर्षीय व्यक्ति कपूर कारखानाका मालिक थिए । 


Advertisment
Nabil box
Kumari

नाम नबताउने शर्तमा एक नातेदारले बताए, आक्रमणको दिन प्रहरीले उनको घरमा छापा मार्दा उनका भाइ इल्हाम इब्राहिमले एक बममार्फत आफू, आफ्नी पत्नी र तीन सन्तानको ज्यान लिए । 

Vianet communication
Laxmi Bank

इब्राहिम परिवारको घरनजिकै बस्ने फजलाले भनिन्, ‘हामीहरू त उनीहरू राम्रो मान्छे होलान् भनी सोच्थ्यौं ।’

त्यसो त बम आक्रमण गर्ने दाजुभाइको नाम श्रीलंका प्रशासनले जारी गरेको छैन र प्रहरीले पनि नाम पुष्टि गरेको छैन । तर स्थानीय सञ्चारमाध्यममा आएका रिपोर्टमा उनीहरूको नाम उल्लिखित छ । 

यी दाजुभाइका पिता मोहम्मद इब्राहिमलाई प्रहरीले पक्राउ गरेको छ । इब्राहिम कोलम्बोका धनी व्यापारी हुन् र उनका ६ छोरा र तीन छोरी छन् । इब्राहिमका नातेदार, कर्मचारी र साथीहरूलाई उनको परिवार आक्रमणमा संलग्न रहेको पत्याउनै गाह्रो परिरहेको छ । 

दुई छोरीकी आमा फजला भन्छिन्, ‘यो परिवारले यस्तो काम गरेकोमा मलाई विश्वासै लागिरहेको छैन । यस क्षेत्रमा यो परिवारको ठूलो प्रतिष्ठा थियो किनकि उनीहरू अप्ठ्यारो परेको बेलामा मानिसहरूलाई खानकुरा र पैसा उपलब्ध गराउँथे ।’

आगामी दिनमा गाह्रो स्थिति आउने विषयमा चिन्तित फजलाले घटनापछि सबै मुसलमानलाई शंकाको नजरले हेर्न थालिएको बताएकी छन् । 

परिवारसँग जोडिएको एक सूत्रले भन्यो, ‘३१ वर्षीय इल्हाम एकदमै कट्टरपन्थी सोच पाल्थ्यो र स्थानीय इस्लामिक समूहहरूमा आबद्ध थियो । ऊ खुलमखुला तौहीद जमातको बैठकमा भाग लिएको बताउँथ्यो । पहिला पनि यो संगठनले बम विस्फोट गराएको आरोप छ ।’

तर नातेदारहरूका अनुसार, दाइ इन्साफ नरम मन भएको मानिस थियो र दुःखीहरूलाई सहायता गरिरहन्थ्यो । उसले गहना तथा अन्य व्यापारबाट टन्नै पैसा कमाएको थियो र उसलाई दान गर्न पनि हिचकिचाहट थिएन ।
इब्राहिम परिवारका छिमेकी संजीवा जयसिंघेले आफू अझै पनि स्तब्ध अवस्थामा रहेको बताए । 

श्रीलंकामा इब्राहिम परिवारविरुद्ध ठूलो आक्रोश छ तर केही मानिस उनीहरूको राम्रो कामको याद गरिरहेका छन् । 

इन्साफको कपूर कारखानामा काम गर्ने एक मजदूर भन्छन्, ‘उनी राम्रो मालिक थिए र सधैं अरूको सहायता गर्थे । उनी जस्तो मालिक पाउन मुश्किल छ । म उनीसँग काम गर्न पाउँदा खुशी थिएँ ।’

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x