×

NMB BANK
NIC ASIA

लिभरपूललाई पन्छाउँदै जित्ला त म्यानचेस्टर सिटीले प्रेमियर लीग ?

बैशाख १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

म्यानचेस्टर सिटीले सन् २०१९ मा २७ खेल खेलेकोमा २५ वटामा जीत हासिल गरेको छ । जनवरी महिनाको अन्त्यदेखि उनीहरू प्रेमियर लीगको कुनै पनि खेलमा पछि परेका छैनन् र उनीहरू ९८ अंकका साथ सीजनको अन्त्य गर्ने बाटोमा हिँडिरहेका छन् । 

Muktinath Bank

तर उपाधिको होडमा लिभरपूलको अदमनीय आत्मविश्वासले यस सीजनमा सर्वाधिक चर्चा पायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो सीजनमा सिटीले १०० अंक ल्याएर उत्कृष्टताको निकै ठूलो मापदण्ड तय गरेको थियो । तर लिभरपूलले सन् १९९० पछि पहिलोपटक लीग जित्ने छाँट देखाउने क्रममा गरेको नाटकीय प्रदर्शनले सिटीको चर्चा कम भएको जस्तो लाग्दैछ । लिभरपूलले अन्तिम मिनेटमा गोल गर्ने अनि मोहम्मद सलाह र सादियो मानेले शानदार गोल गर्ने प्रदर्शनका साथ विश्वको ध्यान आकर्षित गरेको छ भने सिटीले अघिल्लो सीजनमा झैं प्रभावशाली फूटबल खेलिरहेको छ । 


Advertisment
Nabil box
Kumari

लिभरपूलले जतिसुकै चुनौती दिएको भए पनि म्यानचेस्टर युनाइटेडविरुद्ध बुधवार प्राप्त २–० को जीतले सिटीलाई अंकतालिकाको पहिलो स्थानमा कायम राखेको छ र उपाधि जित्नका लागि ठूलो हौसला प्राप्त भएको छ । बर्नली, लेस्टर र ब्राइटनसँग बाँकीका तीन खेल जितेमा सिटीले उपाधि जित्छ । पेप ग्वार्डिओलाले प्रशिक्षण गरेको टोलीको अविश्वसनीय क्षमतालाई प्रशंसा गर्न चाहिँ उपाधि जीत नै कुरिरहनुपर्ने छैन । 

Vianet communication
Laxmi Bank

सिटी अहिले नै च्याम्पियन भइसक्यो भन्नु हतारो हुन्छ किनकि बाँकी खेलमा दुर्भाग्य आइलाग्न पनि सक्छ । तर अब यो स्थितिमा आएर सिटीले गल्ती गर्ला भनी अपेक्षा गर्नु मूर्खता हुनेछ । लिभरपूल समर्थकहरूले सिटी बाटैमा चिप्लेर ट्रफी एन्फील्ड भित्रिएला भनी सपना देखेको भए पनि त्यो सपना साकार हुन गाह्रै देखिन्छ । 

सिटी र लिभरपूल दुवैलाई समर्थन नगर्नेहरूले यस सीजनमा लिभरपूलको खेल मन पराएको भए पनि ग्वार्डिओलाको टोलीले युर्गेन क्लोपको टोलीलाई कडा टक्कर दिँदै कदममा कदम मिलाएकोमा उनीहरूको प्रशंसा गर्नुपर्छ । 

सन् २०१९ को पहिलो दिन लिभरपूल सिटीभन्दा सात अंक अगाडि थियो । अहिले ओल्ड ट्राफोर्डमा जीतका साथ सिटी लिभरपूलभन्दा १ अंक अगाडि छ । सिटी त कुनै यन्त्र जस्तो निर्बाध रूपमा अघि बढिरहेको छ । लीगमा लगातार ११ जीतका साथ सिटीले लिभरपूललाई अत्याइरहेको छ । उसले यसक्रममा २६ गोल गरेको छ भने जम्मा तीन गोल खाएको छ । 

सिटी ब्याकदेखि फ्रन्टसम्म नै शक्तिशाली छ । 

गोलपोस्टमा एडरसनले डिफेन्डहरूको आत्मविश्वास बढाउने गरी पेनाल्टी एसियामा उडेर आएका प्रायः सबै बल समात्ने गरेका छन् । एमरिक लापोर्तले सेन्टर हाफमा शानदार खेल देखाएका छन् र उनी लिभरपूलका भर्जिल भ्यान डाइक जत्तिकै प्रभावशाली छन् । डेढ वर्षअघि ग्वार्डियोलाले भ्यान डाइकका लागि ७५ मिलियन युरो महंगो रकम भएको भनी लिन नमानेपछि उनलाई लिभरपूलले किनेको थियो । 

सिटीका लागि फर्नान्डिन्हो मिडफील्डमा अत्यन्तै महत्त्वपूर्ण छन् र यी ३३ वर्षीय खेलाडीले देखाएको दृढताका कारण डेभिड सिल्भा, बर्नान्डो सिल्भा, रहीम स्टर्लिङ र केभिन डी ब्रुइनालाई आक्रमणको तानाबाना बुन्न सहज हुने गरेको छ । अनि सर्जिओ अग्वेरोले फ्रन्टमा बसेर लगालग गोल गरिरहेका छन् । महत्त्वपूर्ण खेलहरूमा उनी प्रायः गोल गर्न चुक्दैनन् ।

सिटीका प्रत्येक खेलाडी आफैंमा पूर्ण छन् अनि टीम पनि आफैंमा बलियो छ । 

उनीहरूको विपरीत म्यानचेस्टर युनाइटेड चाहिँ महंगो पैसा तिरेर ल्याइएका खेलाडीले भरिएको अव्यस्थित टोली हो । ओल गुन्नार सोल्सकाएरका कुनै पनि खेलाडी ग्वार्डिओलाको टोलीमा पर्न समेत योग्य छैनन् । पल पोग्बासँग क्षमता त छ तर आफ्नो गोडामा बल नहुँदा नदौडिने उनको बानीलाई ग्वार्डिओलाले मन पराउँदैनन् । मार्कस राशफोर्ड मात्र सिटीको स्तरसम्म पुग्न सक्ने खेलाडी हुन् तर उनले अग्वेरोलाई प्रतिस्थापन गर्ने क्षमता राख्दैनन् । 

‘गुणस्तरमा भिन्नता छ,’ सोल्सकायरलाई दुई टोलीबीचको भिन्नताका बारेमा प्रश्न सोध्दा उनले भने । ‘त्यसैले उनीहरू शीर्ष स्थानमा छन् र हामी तलै छौं । उनीहरूले एउटा मापदण्ड तय गरेका छन् ।’

‘म्यानचेस्टरमा बसेर हामीहरू यो परिस्थितिबाट सन्तुष्ट हुन सक्दैनौं । हामीले उनीहरूसँगको ग्याप पूरा गरेर उनीहरूभन्दा अघि बढ्नुपर्छ ।’

यही कुरा अन्य क्लबको हकमा पनि लागू हुन्छ । लिभरपूलले अहिलेसम्म सिटीसँग कदममा कदम मिलाएको भए पनि उनीहरूले उपाधिको होडमा बसिरहनका लागि निकै नै संघर्ष गरिरहनुपरेको छ । शुक्रवार एनफील्डमा लिभरपूलले रेलिगेसनमा परिसकेको हडर्सफील्डलाई हराएर शीर्ष स्थान कायम गर्न सक्छ तर सिटीले शनिवार बर्नलीमा गएर जीत निकाल्नेबित्तिकै फेरि शीर्ष स्थानमा कब्जा जमाइहाल्छ । 

सिटीले यस वर्ष प्रेमियर लीगमा खेलेको सबै खेलमा प्रभावशाली प्रदर्शन गरेको छ । उसले चेल्सीलाई ६–० ले ध्वस्त पारेको पनि त्यही क्रममा हो । तैपनि सिटीलाई केही कुराले रोकिरहेको हो कि जस्तो देखिने गर्थ्यो ।

युनाइटेडविरुद्ध पनि सिटीले ठूलो अन्तरको जीत निकाल्न सक्थ्यो तर अन्त्यमा बर्नान्डो सिल्भा र लेरोय सानेका गोलले नै म्याचको परिणाम निर्धारण गरिदिए । 

अघिल्लो सीजनमा सिटी अरू क्लबभन्दा कैयौं गुणा राम्रो थियो । निकटतम प्रतिद्वन्द्वीभन्दा सिटी १९ अंकले अघि रहेर उपाधि जित्यो । तर यसपालिको उपाधि दौड अलिक टाइट भएकाले सिटी सुस्त भएको हो कि भन्ने भ्रम केहीलाई परेको छ । तर उनीहरूले बलियो प्रतिद्वन्द्वीलाई पछि पार्न आफ्नो स्तर झनै बढाएको चाहिँ वास्तविकता हो । 

‘हामीले प्रेमियर लीगको अघिल्लो सीजनमा १०० अंक ल्याएर लीगको स्तर नै बढाइदिएका छौं,’ ग्वार्डिओलाले भने । ‘अब सबैले त्यो स्तरमा पुग्ने कोशिश गर्नुपर्छ । लिभरपूलले हामीलाई पछ्याइरहेको छ र उनीहरूले अविश्वसनीय खेल देखाइरहेका छन् । उनीहरूले अब धेरै अंक गुमाउने छैनन् त्यसैले उपाधि जित्ने कुरा हाम्रै हातमा छ ।’

‘मेरा खेलाडीहरूले गरेको प्रदर्शन अविश्वसनीय छ । यस सीजनमा उनीहरूले हासिल गरेको उपलब्धिप्रति म उच्च सम्मान व्यक्त गर्छु । यस्ता खेलाडी पाउनु म्यानचेस्टर सिटीका लागि गर्वको विषय हो ।’

लीग उपाधि अहिले नै सिटीको पोल्टामा परिसकेको भन्न त मिल्दैन तर उनीहरूले ट्रफीमा नीलो रिबन बाँध्ने कुरा सोच्न थाल्दा हुन्छ । सिटीको अहिलेको टीम अत्यन्तै उत्कृष्ट, व्यवस्थित र निर्र्मम छ । अहिले आएर उसले गडबडी गर्ला भनी चिताउनै पर्दैन ।

इएसपीन डट् इनमा प्रकाशित मार्क ओग्डेनको विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x