×

NMB BANK
NIC ASIA

जनकपुरधाम- नेकपाले मनोनयन गरेका सचिवहरू मध्ये प्रदेश नम्बर दुई अन्तर्गत चार जिल्लाका सचिवले पद लिन अस्वीकार गरेका छन् ।

Muktinath Bank

पर्साको सचिव विजय प्रसाद महतो, रौतहटको सचिव युवराज भट्टराई, सर्लाहीको सचिव डाचाराज वाग्ले र धनुषाको सचिव श्रवण यादवले सचिव पद लिनबाट अस्वीकार गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्सा, रौतहट र सर्लाहीका सचिवहरुले लिखित रूपमै पदको जिम्मेवारी बहन गर्न नसकिने भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई लिखित रूपमा अस्वीकृति पत्र बुझाएका छन् । सर्लाही र रौतहटका सचिव त काठमाडौं नै पुगेर उक्त लिखित अस्वीकृति पत्र पार्टी अध्यक्ष प्रचण्डको हातमा बुझाएर आएका छन् भने पर्साका सचिवले लिखित पत्र पठाउनुका साथै सामाजिक सञ्जालमा पत्र सार्वजनिक गरेको लोकान्तरलाई जानकारी दिएका छन् । त्यसै गरी धनुषाका सचिव श्रवण यादवले प्रदेश नम्बर दुईको प्रदेश कमिटीका अध्यक्ष प्रभु साहलाई फोन मार्फत सचिव पद अस्वीकार रहेकाले राजीनामा दिएको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

सर्लाहीका सचिव डाचाराज वाग्लेले भने,‘राजीनामा नै त होइन, अस्वीकृति पत्र अध्यक्ष प्रचण्डलाई लिखित रूपमै बुझाएर आएको छु ।’ उनी साबिक माओवादीको जिल्ला संयोजक रहे पनि पार्टी एकता भएपछि हाल नेकपामा केन्द्रीय सदस्य पनि छन् । ‘पार्टी अध्यक्ष प्रचण्ड कामरेडले पनि त्यसलाई सहज रूपमै लिनुभयो,’वाग्लेले भने, ‘केही ठाउँमा केन्द्रीय सदस्य पनि जिल्ला सचिवमा पर्न गएकाले त्यसलाई मिलाउनुपर्छ भनेर उनले जवाफ समेत दिनुभयो ।' अब केन्द्रले पनि सोच्ला, त्यसलाई हल गर्न नयाँ नाउँ राख्लान् भन्दै उनले भने, ‘मैले असन्तुष्टि वा पार्टीलाई घुर्क्याउन भन्दा पनि योग्य साथीलाई दिन भन्दै सचिव पद अस्वीकार गरेको हो ।’

Vianet communication
Laxmi Bank

त्यसैगरी रौतहटका सचिव युबराज भट्टराईले पनि लिखित रूपमै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अस्वीकृति पत्र लेखेको बताउँछन् । उनी आफैं काठमाडौं पुगेर मनोनयन भएको भोलिपल्ट वैशाख ११ गते नै पार्टी अध्यक्ष प्रचण्डलाई लिखित अस्वीकृति पत्र बुझाएका थिए । ‘प्रदेश कमिटीमा रहेका व्यक्ति अध्यक्ष र केन्द्रीय कमिटीमा रहेका मानिस सचिव सुहाउने कुरा भएन,’ भट्टराईले भने, ‘मनोनयन पार्टीको विधान र मर्यादा विपरीत रहेकाले सचिव पद अस्वीकार गरेको हुँ ।’ भट्टराई पनि साबिक माओवादीका नेता हुन् । पार्टी एकता भएपछि हाल उनी पनि केन्द्रीय सदस्य हुन् ।

पर्सा जिल्लाका सचिव विजय प्रसाद महतोले पनि लिखित रूपमै पत्र पठाएर सचिव पद अस्वीकार गरेका छन् । उनी विगतमा एमालेमा सचिव कार्यकारी हुँदा एमालेको दुई कार्यकाल जिल्ला सचिव र अध्यक्ष हुँदा एक कार्यकाल अध्यक्ष भएका थिए । पछि माओवादीमा प्रवेश गरेका महतो पार्टी एकीकरण पश्चात प्रदेश कमिटीमा परेका थिए । हाल अध्यक्ष मनोनयन भएका साबिकका एमालेका अध्यक्ष पनि प्रदेश कमिटीमा नै छन् । तर उनले विगतमा आफ्नो सहायक भएर काम गरेका मानिसको मातहत काम गर्न नसकिने भन्दै सचिव पद लिन अस्वीकार गरेका छन् । ‘हिजो एमालेमा मैले नेतृत्व गर्दा जो सहयोगी भएर काम गरेका थिए, उनको मातहत अहिले सचिव भएर काम गर्ने कुरा हुँदैन,’ महतोले भने,’त्यसैले अस्वीकार गरेको हो । मैले सचिव वा अध्यक्ष कुनै पनि पद मागेकै होइन । सचिव पदको सपथ नलिएका कारण राजीनामा गर्ने कुरा आएन, मैले त्यो पदको जिम्मेवारी निर्वाह गर्न अस्वीकार गरेको भन्दै पार्टीलाई पत्र पठाइसकेको छु ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x