×

NMB BANK
NIC ASIA

शिवजीको तेस्रो नेत्र र ब्ल्याक होलबीचको सम्बन्ध

बैशाख १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अन्तरिक्षको एक रहस्यका रूपमा रहेको ब्ल्याक होलको तस्वीर पहिलोपटक सार्वजनिक भएपछि विश्व नै रोमाञ्चित भएको छ । विज्ञानले जसलाई ब्ल्याक होल मानेको छ, हिन्दू धर्ममा त्यो भगवान् शिवको तेस्रो नेत्रसँग मिल्ने देखिएको छ । 

Muktinath Bank

भगवान् शिवलाई महाकाल पनि भनिन्छ । कालको अर्थ समय हुन्छ । महाकाल समयका पनि मालिक हुनुहुन्छ । उहाँको दिव्यताले समयलाई समेत प्रभावमा राख्छ र समय पनि उहाँका अगाडि नतमस्तक रहन्छ । त्यसैले शिवजीलाई अजन्मा तथा अविनाशी भनिन्छ अर्थात् कालले उहाँलाई छुन सक्दैन । उहाँ समयभन्दा माथि हुनुहुन्छ र समयले उहाँको मापन गर्न सकिँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस लोकको जीवन हेरियो भने चाहिँ हामी सबै समयको प्रवाहमा बगिरहेका देखिन्छौं । यसरी बग्ने क्रममा हामीहरू क्रमशः शक्ति गुमाउँदै जान्छौं र भवसागरमा डुब्छौं । शक्ति पूर्णतया क्षीण भएपछि हामीलाई कालले बोलाउँछ र हामी भौतिक शरीर त्याग्छौं । तर हामीभित्रको अमर आत्माले अर्को शरीर फेला पार्छ र त्यही शरीर समयको धारामा पौडी खेलिरहन्छ । कालरूपी प्रवाह अन्त्यमा महाकालमा गएर टुंगिन्छ । अर्थात् समय महाकाल शिवमा पुगेर अन्त्य हुन्छ ।


Advertisment
Nabil box
Kumari

ब्ल्याक होलमा पनि समय रोकिन्छ भन्छन् वैज्ञानिकहरू । कुनै तत्त्वमा जति बढी पिण्ड (मास) हुन्छ, त्यहाँ समय त्यति नै सुस्त हुन्छ भन्ने त सापेक्षताको सिद्धान्तले नै मान्छ । ब्ल्याक होलमा अनन्त पिण्ड हुन्छ त्यसैले समय त्यहाँ पूरै रोकिन्छ । वैज्ञानिक स्टिफन हकिङले ब्ल्याक होलमा समय लगभग शून्यमा पुग्ने बताएका छन् । अर्थात् ब्ल्याकहोलमा गुरुत्वाकर्षण अनन्त छ । त्यसैले यसले सबै भौतिक वस्तुलाई आफूतिर तानिदिन्छ । 

Vianet communication
Laxmi Bank

प्रकाशको किरण पनि ब्ल्याक होलमा प्रवेश गरेपछि निस्कने नसक्ने हुनाले त्यसलाई कालो गर्त भनिएको हो । ब्ल्याक होलको गुरुत्वाकर्षण अनन्त हुनाले समय त्यहाँ शून्यमा पुग्छ । अर्थात् त्यहाँ समयको अस्तित्व हुँदैन । समयभन्दा पर छ त्यो स्थान ।

त्यसैगरी भगवान् शिव पनि समयभन्दा पर हुनुहुन्छ । उहाँ जन्म र मरणको कालचक्रभन्दा माथि हुनुहुन्छ । 

हिन्दू धर्मग्रन्थहरूले प्रलयकालमा भगवान् शिवको तेस्रो नेत्र खुलेपछि सम्पूर्ण विश्व ब्रह्माण्ड नष्ट हुने अर्थात् शिवनेत्रभित्र समाहित हुने उल्लेख गरेका छन् । यो तेस्रो नेत्र ब्ल्याक होलको अवधारणासँग मिल्न आउँछ । 

ब्ल्याक होलमा प्रवेश गर्ने भौतिक वस्तु समयभन्दा परको बहुआयामिक विश्वमा पुग्न सक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् । कुनै पनि वस्तु पूर्णतया नष्ट नहुने तर त्यसको स्वरूप मात्र परिवर्तन हुने विषयमा वैज्ञानिकहरू पनि सहमत छन् । यसलाई प्रिन्सिपल अफ मास कन्जर्भेसन भनिन्छ । त्यसैले भौतिक वस्तु ब्ल्याक होलमा प्रवेश गरेपछि अर्कै ब्रह्माण्डमा पुग्न सक्छ त्यसैले त्यो प्रवेशद्वार हुन सक्ने अनुमान पनि आधारहीन छैन । 

त्यसैगरी शिवजीको तेस्रो नेत्र आध्यात्मिक संसारको प्रवेशद्वार हो । आत्मा सबै भौतिक बन्धनबाट  मुक्त भएर आफ्नो शुद्धतम स्वरूप प्राप्त गरेपछि शिवनेत्रमार्फत आध्यात्मिक संसारमा प्रवेश गर्छ । शिवनेत्रमा समाहित हुनका लागि भवबन्धनको दुष्चक्रबाट मुक्त भएको शुद्ध आत्मा आवश्यक हुन्छ र शुद्ध आत्मा भौतिक संसारको विषयभन्दा माथि छ । 

ब्ल्याक होलले उसनजिक पुग्ने सबै भौतिक वस्तुलाई नष्ट गरेर आफूभित्र समाहित गरेझैं भगवान् शिवले व्यक्तिको भौतिकतालाई विनष्ट गरेर उसको शुद्ध रूपलाई आफूमा समाहित गर्नुहुन्छ । ब्ल्याक होल पराभौतिक विश्वको प्रवेशद्वार भए झैं भगवान् शिव पनि भौतिक मूल्यमान्यताको विनाश गरेर आध्यात्मिक संसारमा प्रवेश गराउने माध्यम हुनुहुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x