×

NMB BANK
NIC ASIA

पथरीकी रिना मृत्यु बारेमा प्रहरीको धम्कीपूर्ण विज्ञप्ति, पत्रकार महासंघको ध्यानाकर्षण

बैशाख १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- मोरङको पथरी शनिश्चरे नगरपालिका १ बस्ने रिना बस्नेतको मृत्युको विषयलाई लिएर केही अनलाईन मिडियाहरूमा अतिरन्जित हेडलाईन दिएर समाचार प्रकाशन भएको भन्दै प्रहरीले धम्कीपूर्ण विज्ञप्ति जारी गरेको छ ।

Muktinath Bank

अतिरन्जित हेडलाईन दिएर प्रकाशन भएका समाचारप्रति जिल्ला प्रहरी कार्यालय मोरङको गम्भीर ध्यानआकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएपी घनश्याम श्रेष्ठको नाममा आएको विज्ञप्तिमा घटनाको सुक्ष्म अनुसन्धान भईरहेको अवस्थामा भ्रमपूर्ण समाचार आएको बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मृतकको लाश उक्त घटनास्थलमा ठेलामा राखी फालेको सीसीटीभीमा देखियो’ जस्ता शीर्षक राखी तथ्यहीन, कपोकल्पित र मनगणन्ते तवरबाट समाचार प्रकाशन गर्दा यसले आम जनमानसको सत्य तथ्य समाचार प्राप्त गर्न पाउनुपर्ने सूचना सम्बन्धि मौलिक हकको समेत हनन् भएको उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

'एकजना महिलाको मृत्यू भएको संवेदनशील विषयमा अनर्गल रूपमा सामाजिक सद्भाव भड्काउने उदेश्यले दुष्प्रचार गरी असंवेदनशीलताको सीमा पार गर्ने सम्बद्ध गैरजिम्मेवार मिडियामाथि समेत निगरानी बढाईएको छ,' विज्ञप्तीमा भनिएको छ ।

Vianet communication
Laxmi Bank

घटनास्थल क्षेत्रको सो समयको सीसीटीभी फुटेज प्रहरीले अनुसन्धान गरीरहेको र उक्त रात त्यस्तो ठेला लिई कोही कसैले मृतकको लास नफालेको अनुसन्धानबाट देखिएको प्रहरीले विज्ञप्तिमा स्पष्ट पारेको छ । सीसीटीभी फुटेजमा देखिएका मानिसहरू उक्त क्षेत्रमा तरकारी ओसारपसार गर्ने ज्यालादारी मजदुरहरू रहेको, निजहरू आफ्नो दैनिक रोजिरोटीको क्रममा तरकारी लैजाने ल्याउने कामको सिलसिलामा बिहान करिब ५ बजेको समयमा उक्त स्थानमा गएको हालसम्मको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ ।

यो घटनापछि प्रहरीले मिडियाको नाम उल्लेख नगरेपनि अनलाईन मिडियालाई लक्षित गरी निगरानी गरिएको धम्कीपुर्ण विज्ञप्तिपछि नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारीले धम्कीपुर्ण अभिव्यक्तिका बारेमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीसँग कुरा भइसकेकोले भोलि बसेर के कुरा हो टुंग्याइने उपाध्यक्ष अधिकारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x