×

NMB BANK
NIC ASIA

रूपन्देहीका स्थानीय भन्छन्– विष्णु पौडेलमाथि सुनियोजित आक्रमण भयो

बैशाख १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देही – प्रधानमन्त्री निवास रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सारिएको प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेलमाथि सुनियोजित आक्रमण बढाइएको भन्दै उनको चुनावी क्षेत्रका वासिन्दा आक्रोशित वनेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

कुनै सार्वजनिक पदमा नभएको वेला खरिद गरेको जग्गालाई भु–माफियासँग जोडेर पौडेलमाथि खेदो खन्ने काम भएको उनको चुनावी क्षेत्रका स्थानीयहरुको आरोप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पौडेलले बालुवाटारको जग्गा वद्नियतपूर्वक छोराको नाममा खरिद गराएको भए आफू सांसद र मन्त्रि हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उक्त जग्गा उल्लेख गर्ने थिएनन्, लुकाउँथे,” रुपन्देहीका स्थानीय वासिन्दा विष्णु पन्थीले लोकान्तरसँग भने, ‘गल्ती नगरेको भएरै त उहाँले सम्पत्ति विवरणमा बालुवाटारको जग्गा खुलाउनु भएको होला ।” 


Advertisment
Nabil box
Kumari

विष्णु पौडेलले आफ्नो चुनावी क्षेत्रमा विकास निर्माणको उत्कृष्ट काम गरेर व्यापक लोकप्रियता कमाएका कारण सानो विषयलाई उछालेर उहाँको चरित्र हत्या गर्ने प्रयास भैरहेको कतिपयको टिप्पणी छ । 

Vianet communication
Laxmi Bank

'विष्णु पौडेल हाम्रा लागि विकासका पर्याय जस्तै हुन् । पछिल्ला वर्षमा वुटवलको मुहार हेर्नुस् । बुटवल काठमाडौंछि देशकै दोस्रो ठूलो समृद्ध शहरका रुपमा विकसित हुँदैछ, धेरै फड्को मारेको छ । त्यसमा पौडेलकै देन छ,' रुपन्देहीका स्थानीय वासिन्दा वसन्त ज्ञवालीले लोकान्तरसँग भने, 'बरु प्राण त्याग्न तयार छौं, हजार मूल्य चुकाउन तयार छौं तर विष्णु पौडेलमाथि अन्याय हुन दिन्नौं । विष्णु पौडेललाई गुमाउन चाहँदैनौं ।'

बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा सारिएको विषय वाहिर आएरपछि केहीले पौडेलको तिव्र आलोचना गरिरहे पनि पौडेलले स्वयंले भने त्यस वारेमा स्पष्ट पारिसकेका छन् । उनको चुनावी क्षेत्रका वासिन्दाले पौडेलको राजनीतिक उचाइदेखि आत्तिएकाहरुले यो प्रकरणलाई मसला वनाएको टिप्पणी गरे । 

सरकारी सम्पत्ति व्यक्तिको नाममा सारिएको विषयमा पौडेलले दुइ पटक स्पष्टीकरण दिइसके । तर आलोचना रोकिएको छैन । पौडेलमाथि सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति उनको निर्वाचन क्षेत्रका मतदाता र स्थानीय नेता कार्यकर्ता आक्रोशित बनेका हुन् । 

'सरकारले शुरु गरेको छानविनप्रति समर्थन गरेर दुइ– दुइ पटक विज्ञप्ति प्रकाशित गरिसकेपछि पनि निरन्तर प्रहार हुनु सुुनियोजित षड्यन्त्र हो । यो उहाँमाथिको एकोहोरो प्रहार हो,' रुपन्देहीकै अर्का वासिन्दा निर्मल सापकोटाले भने ।  
बालुवाटार प्रकरण वाहिर आए लगत्तै सरकारले निजी वनाइएका सरकारी सम्पत्ति फिर्ता गर्ने निर्णय लिएको थियो ।

‘नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले सरकारी तथा सार्वजनिक सम्पत्तिको खोजी गर्ने, प्राप्त गर्ने, संरक्षण गर्ने र राष्ट्रको हितमा सदुपयोग गर्ने कार्यलाई तीब्र गतिमा अघि बढाइरहेको छ । यसका लागि राज्यका सम्बन्धित संयन्त्रहरू परिचालित भएका छन् । खोजी तथा छानविनका कार्यहरू भइरहेका छन्’ वैशाख ६ गते प्रकाशित विज्ञप्तिमा पौडेलले भनेका छन, ‘गैरकानुनी रुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैरकानुनी रुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारवाही गर्न र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने प्रणालीलाई सुदृढ बनाउन वर्तमान सरकारले सञ्चालन गरिरहेको अभियानलाई सहयोग पु¥याउनु मैले मेरो कर्तव्य ठानेको छु । बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई पनि म हार्दिक स्वागत तथा समर्थन गर्दछु ।’

पौडेलले त्यसअघि २०७५ चैत्र २७ गते विज्ञप्ति प्रकाशित गरेर प्रचलित कानून बमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद विक्री गर्न मिल्ने यकिन गरी रजिष्टे«शन लिखित पारित गरी प्रचलित कानून बमोजिम लाग्ने राजश्व दिई रजिष्ट्रेसन पारित गरि खरिद गरिलिएको उल्लेख गरेका थिए ।

प्रतिष्पर्धीले गरे मलजल

अन्य बेला समेत धेरै नबोल्ने शालिन स्वभावका पौडेलले बालुवाटारको सरकारी जग्गा प्रकरणवारे संविधानसभा सदस्य र मन्त्री रहेको समयमा सम्पत्ति विवरण सार्वजनिक गर्दा नै आफूले उल्लेख गरेको स्मरण गराइ सकेका छन् । 

२०६१ पुस २९ मा किनिएको र आजभन्दा १० वर्ष पहिला नै सम्पत्ति विवरणमा उल्लेख गरेको कुरा अहिले आएर उचालिएको विषयलाई आफूहरुले आश्चर्य मानेको रुपन्देहीका स्थानीय वासिन्दाको भनाइ छ ।  
‘जसले चुनावमा वामपन्थी तालमेल र दुई पार्टीको एकीकरण सम्भव तुल्याए, उविरुद्ध निरन्तर प्रहारको उद्देश्य शंकास्पद छ’ पौडेललाई नजिकबाट चिन्ने दाबी गर्ने रुपन्देहीका अर्का स्थानीय वासिन्दा प्रल्हाद शर्माले लोकान्तरसँग भने –‘विष्णु कमरेड महासचिव बन्दा आफ्नो राजनीति ओझेलमा परेको ठानेकाहरुले तिललाई पहाड बनाउन मलजल गरेका हुुन् ।’ 
कम्युनिष्ट पार्टी र नेकपाको सरकारलाई वदनाम गर्नपनि पौडेलमाथि एकतर्फी आक्रमण भइरहेको स्थानीयको वुझाइ छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने काम २०४७ सालबाटै शुरु भएको देखिन्छ । २०६१ सालमा मालपोत कार्यालयबाट पास भएको जग्गाको विबाद १५ वर्षपछि सतहमा आएको हो । १ सय १३ रोपनी जग्गाको कारोवार भएकोमा पौडेललाई मात्र तारो बनाइनु रहस्यमय भएको नेकपाका नेता खिमलाल भट्टराइको टिप्पणी छ । 

'उहाँले पाँचौ व्यक्तिबाट जग्गा खरिद गर्नु भएको हो । राज्यले शुरु गरेको अनुसन्धानलाई सघाउँछु भनेर विज्ञप्ति निकाली सक्नुभएको छ,' राष्ट्रिय सभामा नेकपाका सचेतक समेत रहेका नेता भट्टराइले लोकान्तर डट्कमसँग भने, 'मैले उहाँलाई तीस वर्षदेखि जान्दछु । सरकारी सम्पत्ति व्यक्तिको नाममा दर्ता गर्ने र आफूले लिने काम उहाँबाट हुनै सक्दैन ।'
जनताको बीचमा स्थापीत र लोकप्रिय वन्दै गएको देखेर उहाँलाई बद्नाम गर्ने प्रयास भएको नेता भट्टराइको भनाइ छ । 

'उहाँमाथि गरिएको एकतर्फि आक्रमण पूर्वाग्रहपूर्ण छ । यसले कसैको हीत गर्दैन । पार्टीको पनि हित गर्दैन,' उनले थपे । ‘कसैलाई बिना प्रमाण बिचौलियाको बिल्ला लगाउन मिल्छ ?’ भट्टराइ प्रश्न गर्छन् ।
'शक्तिमा नरहेको समयमा पौडेलले जग्गा किनेको देखिन्छ । मालपोत कार्यालयमा रोक्का नरहेको जग्गा पौडेलले किनेका थिए । तर अहिले पौडेललाई ‘बिचौलियासँग साठगाँठ’ गरेर जग्गा लिएको आरोप लगाइएको छ, यसमा हाम्रो चित्त दुःखाइ छ' रुपन्देहीका वासिन्दा परशु घिमिरेले भने ।  

विकासप्रेमी नेतालाई वदनाम गर्न खोजियो : कांग्रेस नेता ढकाल​

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय उपसभापति परशुराम ढकालले राष्ट्रले नेतृत्वमा पु¥याएको व्यक्ति विष्णु पौडेल सरकारी जग्गाको दुरुपयोग गर्न संलग्न भएको कुरा आफूले सोच्न पनि नसक्ने बताए । 
उनले भने, ‘उहाँ (विष्णु पौडेल) जत्तिका उच्च स्तरको नेता यस्तो काममा लागेजस्तो मलाई लाग्दैन । यस अगाडि पनि उहाँको बारेमा कहिल्यै नराम्रो सुनिएन । उहाँ अर्थमन्त्री हुँदा होस् वा अन्य समयमा, रुपन्देहीमा विकास गर्नुभएको छ । वास्तविकता नबुझी कसैलाई पनि आरोप लगाउन हुँदैन ।’ 

होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष माधव नेपालले रूपन्देहीमा विकासको मूल फुटाउने नेता यस्तो घटनामा संलग्न हुनै नसक्ने बताए । 

नेपालले भने, ‘उहाँ विकासप्रेमी नेता हो । उहाँले गरेको विकासको लहरबाट अतालिएर केही समूहहरूले यस्तो बाहिर ल्याएको जस्तो मलाई लाग्छ । उहाँले बुटवल– भैरहवा ६ लेन सडक, अन्तर्राष्ट्रिय सभाहल, विमानस्थल देखि ठूला आयोजनाहरु रूपन्देहीमा ल्याउनुभएको छ । मलाई लाग्दैन उहाँ यस्तो घटनामा संलग्न हुनुहुन्छ ।’

विष्णु पौडेलको निर्वाचन रुपन्देही क्षेत्र नम्बर २ हो । बुटवल शहर यही क्षेत्रमा पर्छ । उनी रुपन्देहीबाट लगातार तीन पटक निर्वाचित भइसकेका छन् । उनले २०७० सालमा बाबुराम भट्टराईलाई समेत यहीँ क्षेत्रबाट भारी मतले पराजित गरेका थिए । 

राजनीतिमा सधैं पुलको काम 

राष्ट्रिय राजनीतिमा पौडेल सहमति कायम गर्ने र मिलाउने काममा लागे । अर्थात पौडेलले राजनीतिमा सधै पुलको भूमिका निभाए । २०७० सालको निर्वाचनपछि दोस्रो संविधानसभा गठन भयो । त्यस अन्र्तगतको संविधान अभिलेख, अध्ययन तथा निक्र्याैल समितिको सभापति बनेका थिए उनि । अन्य समिति अलमलमा रहेको समयमा सबैभन्दा पहिला प्रतिवेदन बुझाउने काम पौडेलले नै गरेका थिए ।

२०६४ सालको चैतमा पहिलो संविधानसभा निर्वाचनपछि गठित संविधानसभा व्यवस्थापिका संसदमा सहमतीय कि बहुमतीय प्रणालीको सरकार भन्नेमा लामो बहस भयो । तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सत्ता हस्तान्तरणमा आनाकानी गरे । राष्ट्रपति निर्वाचनमा माओवादीले खेलेको कच्चा खेलका कारण ऊ एक्लिएको थियो । माओवादीले एमालेलाई पटक–पटक झुक्याएको थियो । 

तैपनि एमालेको समर्थनमा माओवादी नेतृत्वको सरकार बनेरै छाड्यो । जानकारहरूका अनुसार त्यसको खास योजनाकार थिए– विष्णु पौडेल । प्रचण्ड सरकारमा पौडेलले जलस्रोतमन्त्री बनेर काम गरे । त्यही समयदेखि प्रचण्ड र पौडेलबीच शुरु भएको घनिष्ठताले दुई पार्टीलाई एक बनाउने तहमा ल्याइपुर्याएको विश्लेषण गर्ने धेरै छन् ।  

पार्टी एकताका सूत्रधार
२०७४ मंसिर २१ गते केन्द्र र प्रदेशका चुनाव सम्पन्न भए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई चुनावी गठबन्धनको तहसम्म ल्याइर्पुयाउन पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको कतिपयको वुझाइ छ । 
चुनावपछि एमाले र माओवादीबीच पार्टी एकीकरणमा प्रश्न उठिरहेको थियो ।

पार्टी एकताका लागि एमालेबाट वामदेव गौतम र पौडेल तथा माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा सक्रिय थिए । 
त्यसमा पनि मुख्यतः पौडेलले निर्णायक भूमिका निर्वाह गरेको दुवै पार्टीका शीर्ष नेताहरूले बताउने गरेका छन् । नयाँ पार्टीका महासचिव पौडेल साबिकको एमालेमा उपमहासचिव थिए । त्यस अघि आठौं महाधिवेशनबाट सचिव निर्वाचित भएका थिए ।

रूपन्देहीका स्थापित नेता
रूपन्देहीलाई प्रदेश नम्बर पाँचको राजधानी बनाउन पौडेलले ठूलो भूमिका खेले । रूपन्देही तथा यस आसपासका क्षेत्रको विकासमा पौडेलको महत्वपूर्ण योगदान रहेको उनको निर्वाचन क्षेत्रका आम मानिसको वुझाइ छ । 
२०५१ सालमा पाल्पाबाट निर्वाचन जितेपछि उनी युवा तथा खेलकुद मन्त्री भएका थिए । २०६४, २०७० र २०७४ को निर्वाचनमा लगातार जितेर ह्याट्रिक गर्ने तत्कालीन एमालेका नेतामध्ये पौडेल पनि एक हुन । केपी शर्मा ओली पहिलो पटक प्रधामनन्त्री बनेको समयमा अर्थमन्त्रीको जिम्मेवारी पाएका पौडेलले सराहनीय काम गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x