×

NMB BANK
NIC ASIA

महिन्द्रा स्कर्पियो पिकअप : कम मूल्यमा प्रिमियम सुविधा

बैशाख १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सवारीको बनोट र त्यसमा भएको सुविधा अनुसारको उपयोग पनि भिन्दाभिन्दै हुने गरेको छ ।

Muktinath Bank

सबै सेगमेन्टका सवारीको आ–आफ्नै विशेषता हुन्छन् । त्यो मध्येको एउटा सेगमेन्ट हो पिकअप, जसलाई स्मल ट्रक पनि भनिन्छ । पिकअप सेगमेन्टको गाडीलाई लाइट कमर्सियल भेइकलको रुपमा समेत हेरिने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय सवारी उपभोक्ताहरुको रोजाइमा कम्प्याक्ट एसयूभी, एसयूभी बढी पर्न थालेको छ । विगतमा सेडान कार धेरैको रोजाइमा पथ्र्यो । सहरी क्षेत्रमा रहने उपभोक्ताहरुले ह्याचब्याक र सेडान रोज्ने गरे पनि अफ रोडमा जाने उपभोक्ताको रोजाइमा एसयूभी वा पिकअप पर्ने गरेको छ ।


Advertisment
Nabil box
Kumari

नेपालका अधिकांश बाटोहरु ग्रामिण इलाकामा पर्छन् । त्यस्ता बाटोका लागि कि एसयूभी कि पिकअप उपयुक्त मानिन्छ । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ । किनकी पिकअपमा सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ ।

Vianet communication
Laxmi Bank

व्यक्तिगत प्रयोजनदेखि परियोजनासम्मका लागि पिकअप उपयोगी सवारी हो । पिकअप गाडीका सबै चक्कामा बराबर पावर डिष्ट्रिव्युट भएर गुड्ने भएकाले केही सामान सहित धेरै अफरोड यात्रा गर्नेहरु माझ लोकप्रिय भएको हो । नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्येको एक हो “महिन्द्रा स्कर्पियो पिकअप” ।

स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको छ । यो इन्जिनले १ सय ४० एचपी पावर र ३ सय २० एनएम टर्क दिन्छ ।

नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन् । स्कर्पियो पिकअप फूलअप्सन गाडी हो ।

डबल क्यापमा उपलब्ध पिकअप तीन मोडल एस ६ टूह्वील ड्राइभ, एस ६ फोरह्वील ड्राइभ  र एस १० छ । एस १० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोल लगायत विशेषता रहेको अग्नी इनकर्पोरेटेड भेइकल सेल्स डिपार्टमेन्टका एक्जुकेटिभ सिनियर म्यानेजर रोसन श्रेष्ठले बताए ।

नेपाली बजारमा यो पिकअप विभिन्न चार रंगमा उपलब्ध रहेको छ । सुरक्षाका लागि यो पिकअपमा डूअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल सेन्ट्रल लक लगायत विशेषता रहेका छन् ।

नेपाली बजारमा पिकअप सेगमेन्टमा प्रतिस्पर्धा बढ्दै गएको श्रेष्ठको भनाई छ । ‘बजार बढेसँगै प्रतिस्पर्धा पनि उच्च भएको छ पिकअप सेगमेन्टमा,’ उनले भने, “अबको चुनौती भनेको कम मूल्यमा धेरै विशेषता तथा सर्भिस उपलब्ध गराउनु पर्छ ।” पिकअप सेगेन्टको माग पछिल्लो समय बढ्दै गइरहेको छ ।

स्कर्पियो पिकअपको मुख्य प्रतिस्पर्धीको रुपमा टाटा द जेनोन र इसुजु रहेको छ । स्कर्पियो पिकअपको शोरुम तथा सर्भिस सेन्टरहरु देशभर उपलब्ध छन् । काठमाडौंमा मात्र पाँच स्थानमा रहेको छ । स्कर्पियो पिकअप ३५ लाखदेखि ४० लाख ८० हजार रुपैयाँसम्म रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x