पुस १६, २०८०
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
काठमाडौं- चर्चित संगीतकार बिजु बज्रको निधन भएको छ । परिवारसहित काठमाडौंमा बस्दै आएका बज्रको उपचारका क्रममा आइतवार दिउँसो सिभिल हस्पिटलमा निधन भएको पारिवारिक स्रोतलाई उद््धृत गर्दै गुल्मेली कलाकार संघका कोषाध्यक्ष सन्तोष केसीले जानकारी दिए ।
बिजु वि.स. २०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मिएका हुन् ।
उनि २०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि व्यवसायिक रुपमा संगीत क्षेत्रमा लागेका थिए ।
लामो समयदेखि मुटु रोगी उनी आइतवार बिहान घरबाट बाहिर निस्कने क्रममा अचानक ढलेका थिए । परिवारका सदस्यले बिजुलाई हस्पिटल पुर्याएका थिए । उनको निधनमा गुल्मेली कलाकारहरुले एउटा अभिभावक गुमाएको गायक रामचन्द्र चन्द बताउँछन् ।
बिजुले संगीत भरेका धेरै गीत लोकप्रिय छन् । सुगम पोखरेलको स्वरमा रहेको ‘तिमी म भन्दा कोसौँ टाढा छौ’, कर्णदासको स्वरमा रहेको ‘बिस्तारै छायो आँखामा अँध्यारो’ आगन्तुक खरेलको स्वरमा रहेको ‘कुन रङको कमी थियो र सानु’, रेष्मा सुनुवारको स्वरमा रहेको ‘मै ठुली भइछु रे’, फत्तेमान राजभण्डारीको स्वरमा रहेको ‘झरी परिरह्यो मनमा थामिदैन आँसु’ लगायतका गीतहरु उनका बहुचर्चित गीत मानिन्छन् । स्वर्गीय बज्रका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...