पुस १०, २०८०
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
काठमाडौं- मह संचारको प्रस्तुतीमा तयार भएको चलचित्र ‘दाल भात तरकारी’ भोली शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्र वर्षकै प्रतिक्षित चलचित्र हो । चलचित्रप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधबारबाटै चलचित्रको बुकिङ खुल्ला गरिएको छ ।
देशभरका अधिकांश सिंगल पर्दामा रिलिज हुने ‘दाल भात तरकारी’ले काठमाडौंका मल्टिप्लेक्समा उच्च शो पाएको छ ।
काठमाडौंमा सबैभन्दा बढी चेन भएको ‘क्यूएफएक्स’ले प्रदर्शनको पहिलो दिन चलचित्रलाई २० शो दिएको छ । चलचित्रले ‘क्यूएफएक्स’ अन्तर्गत जय नेपाल हलमा ५ शो, कुमारीमा ५ शो, छायाँ सेन्टरमा ४ शो, लबिम मलमा ३ शो र सिभिल मलमा ३ शो पाएको छ । चलचित्रले शो मात्र उच्च पाएको छैन, बुकिङ पनि आक्रामक देखिएको छ ।
बुकिङ खुल्ला भएसँगै मल्टिप्लेक्समा चलचित्रको टिकट धमाधम बुकिङ भईरहेको छ । रिलिज अगावै नै मल्टिप्लेक्सका केही शो ‘सोल्डआउड’ भईसकेका छन् । कुमारी हलका २ शो सोल्डआउट भईसकेका छन् ।
अन्य हलमा पनि अग्रिम टिकट बुकिङ गर्ने दर्शक अत्याधिक देखिएका छन् ।
मल्टिस्टार कलाकार, गीतसंगीत र ट्रेलरको निर्माण गरेको हाइप र प्रचारप्रसारका कारण चलचित्र हेर्न दर्शकको बाक्लो उपस्थिती हुने अनुमान गरिएको छ ।
सुदन केसीको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, विल्सनविक्रम राई, वर्षा राउत, शिवहरी पौडेल, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा छ । चलचित्रलाई सामाजिक र कमेडी कथाबस्तुमा प्रस्तुत गरिएको छ ।
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...