कात्तिक १९, २०८०
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
काठमाडौं–यसवर्षकै प्रतिक्षित चलचित्र हो– दाल भात तरकारी ।
मह सञ्चार अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चलचित्र भएकाले पनि फिल्म प्रतिक्षित बनेको हो ।
किरण केसी ‘राता मकै’ चलचित्रका निर्माता हुन् । महजोडी र किरणको टीमप्रति दर्शकको ठूलो विश्वास छ । यो टीमले निर्माण गरेको ‘शत्रु गते’ गतवर्षको सुपरहिट चलचित्र हो ।
टीम बाहेक मल्टिस्टारर कलाकारको अभिनय, सार्वजनिक ट्रेलर र गीतसंगीतका कारण पनि चलचित्र प्रतिक्षित छ । तर अब त्यो प्रतिक्षा क्रमश: सकिँदै छ । सिनेमाघरमा भोलि शुक्रवारबाट चलचित्र ‘दाल भात तरकारी’ लाग्दैछ ।
चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा निर्माता किरण केसी (रातामकै)सँग लोकान्तरले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।
चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा छौं । कस्तो लागिरहेको छ ?
अन्य समयभन्दा चलचित्र प्रदर्शनको समयमा धेरै तनाव हुँदो रहेछ । आजसम्म एकदमै दौडधुपमा थिएँ । प्राविधिक काम, प्रचारप्रसारको कामले फुर्सद मिलेको थिएन । त्यो काम अब सकिएको छ । आजसम्म हाम्रो चलचित्र भोलिबाट दर्शकसामु पुग्दैछ । तर दर्शकलाई निराश नबनाउने चलचित्र बनाएका छौं । त्यसैले चलचित्रलाई लिएर म आशावादी र उत्साहित छु ।
‘दात भात तरकारी’ कस्तो खालको चलचित्र हो ?
यो पूर्ण पारिवारिक चलचित्र हो । त्यसभित्र चलचित्रमा हुनुपर्ने हरेक मसलाहरू समेटिएको छ । चलचित्रका गीतसंगीत दर्शकले रुचाउनुभएको छ । त्यस्तै चलचित्रभित्र हाँसोको फोहोरा छ । त्यस्तै कथावस्तु उत्तिकै राम्रो छ । म चलचित्रलाई नेपालीको घरघरको कथा, व्यथा भन्छु ।
दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? के भन्नुहुन्छ दर्शकहरू ?
सबैतिरबाट एकदमै राम्रो प्रतिक्रिया पाएका छौं । दर्शकहरू चलचित्र हेर्न निकै आतुर देखिनुहुन्छ ।
मह जोडीको चलचित्रमा दर्शकको अपेक्षा र विश्वास हुन्छ । ‘दात भात तरकारी’लाई दर्शकले माया गर्नुहुने विश्वास लिएको छु ।
‘भिजिट भिषामा’बोलको गीत आइसकेपछि चलचित्रलाई लिएर केही नकारात्मक टिप्पणीहरू भएका थिए, चलचित्रले विदेश मोह दर्सायो भन्ने खालको । जुनपछि सार्वजनिक ट्रेलरमा पनि झल्किएको छ । यस विषयमा के भन्नुहुन्छ ?
गीतलाई लिएर आँकलन गर्न मिल्दैन । चलचित्रभित्र हाम्रो कथा विल्कुलै फरक छ । म भन्छु, नकारात्मक टिप्पणी गर्नेले चलचित्रबाटै जवाफ पाउनुहुनेछ । चलचित्र हेरिसकेपछि प्रष्ट हुनुहुनेछ ।
अर्को कुरा, वैदेशिक रोजगारी र विदेश अझ भनौं अमेरिका मोहको कथा यसअघि अन्य चलचित्रले पनि उठाएका थिए । यो कथा अलि पुरानो भएन र ?
तपाईलाई सोध्छु, माया कहिल्यै पुरानो हुन्छ ? नेपाल कहिल्यै पुरानो हुन्छ ?
देशको जल्दोबल्दो समस्या नै वैदेशिक रोजगारी, विदेश मोह हो ।
जसरी माया पुरानो हुँदैन, देश नेपाल पुरानो हुँदैन । यो समस्याका कथा पनि कहिल्यै पुरानो हुँदैन । मात्र प्रस्तुतीकरण फरक हुनुपर्छ । कथालाई हामीले भिन्न र रोचक ढंगले प्रस्तुत गरेका छौं ।
चलचित्रले कस्तो सन्देश दिन्छ ?
निःसन्देह मह सञ्चारले बनाएको चलचित्रले पोजेटिभ सन्देश दिन्छ ।
देशमै रोजगारी सिर्जना गरौं । मानिसले जहाँ गएपनि दात भात तरकारी खानका लागि संघर्ष गर्ने हो । विदेशमा गएर त्यो संघर्ष गर्नुभन्दा स्वदेशमै, स्वदेशको माटोमै बसौं भन्ने खालको सन्देश दिन्छ ।
नेपालको सन्दर्भमा विदेश मोह कम हुन नसक्नुको कारण के होला ?
मुख्य कारण नै सरकारले रोजगारीको सिर्जना गर्न नसक्नु हो ।
अर्को विदेश जाने चलिआएको परम्परा जस्तो भयो । आफन्त, साथीभाई विदेश गएपछि जोकोही विदेशप्रति आकर्षित बनिरहेको हुन्छ ।
तपाईंलाई चाहिँ कहिल्यै विदेश मोह जागेन ?
म ८ पटक अमेरिका गएँ । मोह भएको भए उत्तै बस्थेँ होला । विश्वका ४२ वटा देश घुम्दा कहिल्यै त्यहाँ बस्न मन जागेन । बाहिर हुँदा जहिले पनि आफ्नै देशलाई सम्झिरहेको हुन्थेँ । मलाई आजसम्म कहिल्यै विदेश जाउँ, उतै बसुँ भन्ने लागेको छैन ।
अन्त्यमा यस चलचित्रबाट तपाईंको छोरा सुदन केसीले निर्देशनमा डेब्यू गर्नुभएको छ । एउटा बाबु भएर भन्दा पनि एउटा निर्माता भएर भन्दा उहाँको काम कस्तो रह्यो ?
मह सञ्चारले छोरा सुदनलाई डेब्यू गराउनुभयो । त्यस्तो गरिमा संस्थाले निर्देशकको जिम्मेवारी दिनु भनेको क्षमता र दक्षता देखेरै हो । छोरामा स्क्रिप्टको राम्रो ज्ञान छ । त्यस्तै टेक्निकलका कुरामा पनि राम्रो दक्षता राख्छ । पहिलो चलचित्रमा उसले धेरै राम्रो काम गरेको छ । म मात्र होइन हामी सबै उसको कामबाट एकदमै खुशी छौं । दर्शकहरु पनि उसको कामबाट खुशी हुनुहुनेछ ।
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...