असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
- सुरक्षिता भट्टराई
मातृ देवो भव: ! वैशाख कृष्णपक्ष औँशी तिथिलाई मातातीर्थ औँशी भन्ने गरिन्छ । शास्त्रअनुसार प्रत्येक मानिसले जीवनमा आमालाई खुशी पार्नुपर्छ, सम्मान गर्नुपर्छ ।
जसका लागि मानिसहरूले दिवंगत आमालाई सम्मान स्वरूप श्राद्ध गर्छन् भने सँगै भएकी आमालाई खुशी पार्न/सम्मान गर्न उपहारसहित भेटघाट गर्छन् । काठमाडौं उपत्यकाको पश्चिमतर्फ रहेको मातातीर्थमा दिवंगत आमाको सम्झनामा त्यस पवित्र स्थलमा हजारौंको संख्यामा मानिसहरू श्राद्ध गर्न जाने गर्दछन् ।
किम्बदन्त्यअनुसार प्राचीन कालमा उक्त स्थानमा घना जङ्गल भएकोले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालोको मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ । घर फर्किने बेलामा गोठालोले एक्लै फर्कन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाको आत्माले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख कृष्ण औँशीको दिन यो तीर्थमा आउनु भन्ने वाचाका साथ छोरालाई सम्झाइबुझाइ फर्काइदिइछन् । त्यसै समयदेखि नै यो तीर्थको नाम मातातीर्थ रहन गएको किम्बदन्त्य पाइन्छ ।
आमा ममताकी खानी, ज्ञान, अर्ति र उपदेशकी सागर हुन् ।आमा शब्द आफैंमा महान छ । हामीलाई यस संसार देखाउने र हाम्रा साना आवश्यकताहरूलाई पूरा गर्न उनले दुःख भोग्ने हुनाले हाम्री आमा देवीको रूप हुन् । आमाको माया साँच्चै नै अनमोल छ । आमाको छत्रछाँयामा बस्न पाउनु मानिसका लागि सन्तानका लागि अहोभाग्य हो । हामी कतैबाट घर जाँदा हँसिलो अनुहारले हामीलाई स्वागत गर्ने हाम्री आमा करोडौं पीडा र दुः ख भएता पनि हामीलाई देख्दा अनमोल मुस्कान छर्ने, खाजा खाइस्/खाइनस ? सञ्चो/विसञ्चो के छ ? सोधिहाल्ने, घर छिमेकमा कसैले केही खानेकुरा दिँदा आफूले नखाइ पोका पारेर राख्ने, हाम्रा इच्छाहरूलाई पूरा गर्न विभिन्न समस्याहरूसँग जुध्ने हाम्री आमा साँच्चै महान् छिन् ।
तर समयको बदलाब पनि यसरी भइदियो कि स्मार्ट फोनसँगै हामी पनि स्मार्ट हुन थालेका छौं । अब मातातीर्थ औँशी पनि आफ्ना स्मार्ट फोनमा नै धुमधामका साथ मनाउन थालेका छौं । आमाहरूको लागि होइन, मान्छेहरूलाई देखाउनका लागि सामाजिक सञ्जालमा मातातीर्थ औँशी मनाउन थालेका छौं । जसका लागि मातातीर्थ औँशि मनाउनुपर्ने हो, जसलाई सम्मान गर्नुपर्ने हो त्यो भिन्न रूपमा हुन थालेको छ । आमाको सम्मान वा माया सामाजिक सञ्जालमार्फत व्यक्त गर्न थालिएको छ । कुनै बाध्यताले आफ्ना सन्तानहरू आफूभन्दा टाढा भएकाहरूका लागि मातातीर्थ औँशी एउटा भेटघाटको अवसर पनि हो । आज छोराछोरीहरू ममतामयी आमालाई भेट्न लत्ताकपडा, मीठा खानेकुरासहित जाने प्रचलन रहिआएको थियो । तर अहिले वर्षमा एक दिन पनि भेट्न नजाने छोराछोरी, सञ्चोविसञ्चो सोध्न नभ्याउने छोराछोरी, साना कुराहरूमा मनमुटाव भएर आफ्ना आमाहरूसँग नबोल्ने छोराछोरी, घरमा के कस्तो दुः ख पीडा सहेर बसेकी छन्, वास्ता नगर्ने छोराछोरीका लागि त झन्, सामाजिक सञ्जाल एउटा बोक्रे भलाद्मीको सहारा बनेको छ ।
आफ्ना मान सम्मान र इज्जतका लागि सामाजिक सञ्जालका भित्तामा तस्वीर टाँस्नेहरूले खुब बजार लिएको देखिन्छ । उता घरमा आमा चाहिँ आँशुका ढिका बोकेर बाटातिर आँखा लगाउँदै बस्छिन् । यता छोराछोरी भने फेसबुकको कमेन्ट बक्समा मग्न भएर मातातीर्थ औँशी मनाइरहेका हुन्छन् ।
के मातातीर्थ औँशी यसरी नै मनाउनु पर्ने हो ? के सामाजिक सञ्जालमा आमाहरूको तस्वीर राख्दैमा सम्मान गरेको हुन्छ ? के छोराछोरीको यस्तो व्यहारदेखि हाम्रा आमाहरू खुशी हुन्छन् ? के छोराछोरीको आफ्ना आमाप्रतिको कर्तव्य यही हो ? के आमालाई माया/सम्मान यसरी नै गरिन्छ ?
हामी मानिसहरुको स्वभाव आफूले पाएका अनमोल उपहार हुन् जेलसम्म कदर गर्दैनौं र आफूसँग नभएका स-साना देखावटी खुशीहरूको पछि लागिरहन्छौं । पाउनेलाई कदर छैन, उसले के पाएको छ ? गुमाउनेलाई थाहा छ उसले संसार गुमाएको छ। सबैलाई थाहा नै छ, समय आउँछ, पर्खदैन, बगेको खोला पर्खँदैन । त्यसैले आफूसँग भएको अनमोल उपहार आमालाई सजाएर राख्नुहोस् । समयले डाँडा काटेपछि रुँदा पनि पाइँदैन, पश्चातापले पनि पाइँदैन । आज आमाको माया र अर्थ नबुझेमा भोलि धेरै रुनुपर्नेछ । हामीले फेसबुकमा अपलोड गरेका पोस्ट पनि शब्दविहीन हुनेछन् ।
भोलि घरमा हामीलाई पर्खिने, घरमा हँसिलो मुहारले स्वागत गर्ने आमा नहुँदा मन रुनेछ । अर्ति उपदेशले भरिएका गाली सुन्न नपाउँदा हाम्रा कान बहिरा झैं हुनेछन् । बिरामी पर्दा सोधखोज गर्ने आमा आँखाले खोजिरहने छन् । आशिर्वाद लिनका लागि हामी त हुनेछौँ तर ति दिने हातहरू हुने छैनन् । हाम्रा दुःखमा आँसु झार्ने आँखा हुने छैनन् । हामीलाई मन पर्ने खाना बनाउने हातहरू रहने छैेनन् । घरभरी हाम्रो लागि बाँधिएका पोकाहरू हुने छैनन् ।
त्यतिबेला पश्चातप मात्र हुनेछ । समयले डाँडा काटेको हुनेछ, गुमाएको खुसी पाइने छैनन् । मात्र यादहरूले सताउने छन् अनि आँसु बगिरहनेछन् । आँसु पुछिदिने हातहरू हुने छैनन् । यसर्थ मातातीर्थ औँशी सभ्य तरिकाले मनाउनुपर्छ । यसको अर्थ बुझेर यसलाई सकरात्मक ढंगले मनाउनुपर्छ । यसमा आएका विकृतिलाई हटाएर आउँदा पिँढीहरूलाई सही ढंगको व्यवहार सिकाउनुपर्छ । फेसबुकका भित्तामा मात्र तस्वीर हाल्ने होइन कि हाम्रो हृदयभित्र आमालाई राख्नुपर्छ । देखाउनका लागि होइन, आफ्ना आमाका लागि यो औँशी मनाउँदै आइएको छ र मनाउँदै जानुपर्छ । आमाहरूको दुःख पीडा बुझ्नुपर्छ । मातातीर्थमा मात्र होइन ३६५ दिन नै आमाहरूलाई सम्मान र खुशी दिनुपर्दछ । यही नै एउटा असल सन्तानको परिचय हो । कर्तव्य हो ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...