माघ २४, २०८०
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
बैशाख २३, २०७६
बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका थुप्रै वाचा र प्रतिवद्धता सुनाउँछन् । सुशासन स्थापित गर्नु सरकारको मुख्य जिम्मेवारी पनि हो ।
शान्ति सुरक्षा र फौजदारी अपराध नियन्त्रणको जिम्मेवारी लिएको संघीय सरकारको राजधानी काठमाडौंबाट टाढा कपिलवस्तुको एउटा गाउँमा ओली सरकारकै संरक्षणमा ‘नामुद अपराधी’को रजगज चलिरहेको छ ।
ओली सरकारका मन्त्रीदेखि प्रशासनसम्मले उनलाई जोगाइरहेका छन् भने सर्वसाधारण जनता त्रसित छन् । कपिलवस्तुमा अपराधको आतंक मच्चाउने नसिम अहम्मद मुसलवानको संरक्षणले ओली सरकारको नाकमाथि कालोधब्बा लागेको छ । शुरूमा हेरौं अपराधका अनेक शृंखला –
– २०७४ फागुन ३ गते कपिलवस्तुको मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फत्ते महोम्मद मुसलवानका ५ वर्षीया छोरा आयमान मुसलसमानको स्कूल जाँदै गर्दा अपहरण गरी २ दिनपछि हत्या ।
– २०६७ वैशाख १३ गते कविलवस्तुकै साविक पकडी गाविस ६ सिमरौटी बस्ने राजेन्द्र तिवारीको हत्या ।
– २०६५ असोज ९ गते कविलस्तुकै साविक पिपरा गाविस सचिव राम मिलनप्रसाद गुप्ताको गोली हानी हत्या ।
– २०६१ सालमा माओवादीविरुद्ध प्रतिकार समितिको अगुवाइ गरी ६ जनाको हत्याको मुख्य योजनाकार ।
यी केही प्रतिनिधि घटना मात्र हुन् । कपिलवस्तुमा अपराधको आतंक मच्चाउने नसिम अहम्मद मुसलवानमाथि दजनौं हत्या, चोरी डाँका अपराधमा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा किटानी जाहेर छ ।
नसिम मायादेवी गाउँपालिकामा रहेको बताइएपनि उनी हाल भारतको चाकरचौडा बजारमा बस्दै आएका छन् । यति धेरै हत्या लगायतका घटनामा संलग्न भएको किटानी जाहेरी दिँदा पनि खुलेआम हिँडिरहेका नसिमलाई प्रहरी र प्रशासनले पक्राउ गर्दैन ।
कपिलवस्तुमा अपराधको आतंक मच्चाउने बादशाह भनिने नसिम अहम्मद मुसलवानलाई प्रहरीले खुलेआम हिडडुल गर्दा समेत पक्राउ गर्न नसक्दा मायादेवीबासी लगायत कपिलवस्तुका जनता आतंकित छन् । उनलाई सरकारले नै सरक्षण गर्दा प्रशासनले पक्राउ गर्न नचाहेको स्थानीय आरोप लगाउँछन् ।
वडाध्यक्ष फत्तेले गएको १ महिना अगाडि बादशाह जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरेर बसेको बताए । तर प्रहरी प्रशासनले उनलाई पक्राउ गरेन । तत्कालीन एमाले र हाल नेकपाको संरक्षणमा बादशाह रहेको बताइएको छ ।
राजनीति वार्ताका समयमा उनी कौटिल्य समूहबाट काठमाडौं पुगेर सोमप्रसाद पाण्डे नेतृत्वको टीमसँग पनि वार्तामा बस्न पुगेको थिए । केही समय अगाडि कृषिमन्त्री चक्रपाणि खनालसँग एक कार्यक्रममै उनी सहभागी थिए । तर प्रहरीले उनलाई देखे नदेखेको गरी पक्राउ गरेन ।
को हुन् नसिम
तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएलगत्तै कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपरा बस्ने नसिम (बादशाह) र उनका केही युवा तराई मुक्ति मोर्चाको नाममा भूमिगत भएको बताइन्छ । सशस्त्र समूह गठन गरेका पूर्वमाओवादी कार्यकर्ताको समूह पटक–पटक विभाजित भयो ।
१ वर्षपछि कौटिल्य शर्माको संयोजकत्वमा अर्को सशस्त्र समूह बन्यो । खाँ संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाको पश्चिम सैन्य कमान्डर बनेका थिए । उनीसँगै माओवादी द्वन्द्वमा लागेका श्रवण नाउ उनका विशेष कार्यकर्ता भई सशस्त्र गतिविधिमा लागे । भारतीय भूमि प्रयोग गरी नेपालमा आपराधिक गतिविधि गर्दा उनले चन्दा आतंक, हतियार बेचबिखन, अपहरण, हत्या गर्नेसम्मका काम थाले ।
झण्डै अपहरणलगत्तै प्रहरीले सर्च अभियान तथा अन्य गतिविधि गरेपनि बालक हत्यापश्चात् प्रहरीले घटनामा कुनै चासो देखाएको छैन । किटानी जाहेरीपश्चात् आरोपी सबै भारत पसेका छन् भने थप अनुसन्धानमा पनि प्रहरीको फितलो उपस्थिति पाइन्छ ।
परिवारका अनुसार जाहेरी फिर्ता लिन नसिम खाँसहितको आपराधिक समूहले पटक–पटक धम्क्याइरहेको छ । मृतक बालकका बाबु फत्ते मुद्दा फिर्ता नलिए आफ्नो परिवारलाई धम्की आएको बताउँछन् ।
पत्नीका २ नागरिकता, प्रदेशसभा सांसद
‘मोस्ट वान्टेड’ सूचीमा रहेका नसिमकी पत्नी प्रदेशसभा सदस्य हुन् । तत्कालीन नेकपा एमालेको तर्फबाट प्रदेश नम्बर ५ की समानुपातिक सांसद हुन् फौजिया नसिम । उनले प्रशासनमा झुटो विवरण पेश गरेर २ वटा नागरिकता लिएको बताइएको छ । उनका नागरिकतामाथि छानबिन गरेको बताउँदै आएपनि जिल्ला प्रशासन कार्यालयले आधिकारिक निर्णय गर्न सकेको छैन ।
नसिमलाई नेकपाकै संरक्षण
नसिम नेकपाको संरक्षणमा रहेको कपिलवस्तुका स्थानीयहरूले आरोप लगाउँछन् । मायादेवी गाउँपालिका–४ पिपराकै मोहम्मद दाउन मुसलवानले नेकपाका नेताहरूले प्रशासनलाई दबाब दिएर उनलाई पक्राउ गर्न प्रशासनले नचाहेको बताए । मोहम्मदले भने, ‘पहिले नसिमको घर जग्गा पनि यहीँ पिपरामा थियो । अहिले उसले सबै जग्गा जमिन बेचेर यहाँबाट झण्डै एक–डेढ किलोमिटर टाढा चाकरचौडा बजारमा घर लिएर बसेको छ । हामी कहिलेकाहीँ बजार जाँदा देख्छौं । हामीलाई त्यहाँबाट पनि धम्काउँछ ।’ तर नसिमविरूद्ध मायादेवीका कोही स्थानीय पनि खुलेर बोल्न सक्दैनन् ।
अर्का स्थानीय नजबुल हसन मुसलवानले नेकपाले आफ्नो आधार कमजोर देखेपछि उनलाई नेकपा बनाएर गाउँमा आफ्नो पकड बढाउन नसिमलाई प्रयोग गरेको बताए ।
नसिममाथि लागेका मुद्दा फिर्ता हुनुपर्छ : नेकपा कपिलवस्तु
नेकपा कपिलवस्तुले उनीमाथि लागेको आरोपहरूको खण्डन गरेको छ । नेकपाले नसिमलाई खुला राजनीतिमा आउने वातावरण आवश्यक भएको दाबी गरेको छ । कपिलवस्तु नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखरेलले नसिममाथि लागेको सबै मुद्दा राज्यले फिर्ता गर्नुपर्ने बताए । ‘उहाँसँग जोडिएका आरोपहरू द्वन्द्वको बेलाका हुन् । ती सबै फिर्ता गरेर खुला राजनीतिमा आउने वातावरण हुुनुपर्छ । उहाँलाई न्याय दिनुपर्छ ।’ तर पोखरेलले नसिम नेकपा सदस्य रहेकोबारे मुख खोल्न चाहेनन् ।
हाम्रो खोजी सूचीमा छ : एसपी पुडाशैली
कपिलवस्तुका प्रहरी प्रमुख अच्युत पुडाशैनीको खोजीमा आफूहरू रहेको बताए । ‘नसिम भारतमा बस्छ । उ नेपाल आएको हामीलाई अहिले जानकारी छैन । उविरूद्ध धेरै हत्या, अपहरण चोरी लगायतमा जाहेरी परेको छ । हाम्रो पनि खोजीमा छ,’ उनले भने, ‘नसिमको खोजी सीआईबीले गरिरहेको छ । तर उसलाई भेटाउनेवित्तिकै हामी पक्राउ गर्छाैं । चाकरचौडा बजारमा बस्छ भन्ने सुनिन्छ । तर हामी त्यहाँ गएर पक्राउ गर्न पाइँदैन । नेपाल आए नेपाल आएको थाहा पाए तुरुन्त पक्राउ गर्छाैं ।’
पक्राउ नगर्न कसैको दबाब छैन : प्रजिअ, तर पक्राउ गर्दैन
प्रशासनलाई पक्राउ नगर्न सरकारको दबाब आएको भन्ने स्थानीयको भनाइमा कुनै सत्यता नभएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल बताउँछन । १ महिनाअघि तपाईकै कार्यकक्षमा नसिमले हात मिलाएर बसेका थिए रे नि ! भन्ने प्रश्नमा पोखरेलले भने, ‘सोमप्रसाद पाण्डे नेतृत्वको कौटिल्यको वार्ता समितिका नसिम रहेको भन्ने गृह मन्त्रालयबाट पत्र आएपछि मैले काठमाडौं पठाएको हो । केन्द्रले वार्ताका लागि पत्र काटेपछि उसलाई काठमाडौं पठाएको हो । प्रशासनको खोजीमा नसिम छ । वार्तापछि कहाँ गयो हामीलाई जानकारी छैन ।’
उनकी पत्नी प्रदेशसभा सदस्य फौजिया नसिमले झूटो विवरण दिएर २ वटा नागरिकता लिएकोबारे अनुसन्धान भइरहेको प्रजिअ पोखरेलले बताए ।
अपराधीलाई संरक्षण गर्नु हुुँदैन : पाण्डे
राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले आफूहरूसँग वार्तामा आएपनि अहिले उनीहरूसँग सम्पर्क नभएको बताए । ‘हामीसँग वार्ता गर्दा वार्ता अवधिभर वारेन्ट भएपनि गिरफ्तार नगर्ने प्रावधान थियो । हाम्रो समितिसँग २०७५ भदौ ८ गतेदेखि माघ १० गतेसम्मको समय थियो । अहिले उनीहरूसँग जेजस्ता मुद्दा थिए । सोही अनुसार पक्राउ गर्न सक्छ ।’
पाण्डेले थपे, ‘नसिम पनि कौटिल्य समूहमा रहेछन् । अहिले कौटिल्य समूह नेकपामा प्रवेश गरेको रहेछ । तर नसिम के गरेका छन् मलाई थाहा छैन । उनकी पत्नी नेकपाकी प्रदेश सांसद छिन् । अपराधीलाई संरक्षण गर्न हुँदैन । पहिले के मुद्दा लागेका थिए । प्रहरीले सोही अनुुसार पक्राउ गर्न सक्छ ।’
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...