मंसिर १८, २०८०
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
बैशाख २४, २०७६
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तीनवटा गाडी प्रयोग गर्ने गरेको पाइएको छ ।
मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरण अनुसार मन्त्री यादवले आफ्नै नाममा तीनवटा गाडी लिएका छन् ।
बा२झ १०७३ नम्बरको सोनाटा कार, बा२झ २३४६ नम्बरको टाटा स्ट्रोम जीप र बा२ज ३०९१ नम्बरको टोयोटा रेफो मन्त्री यादवले प्रयोग गर्ने गरेको विवरणले देखाउँछ ।
यसका अलावा मन्त्री यादवका सल्लाहकारको नाममा पनि एउटा गाडी छुट्ट्याइएको छ । सल्लाहकार विश्वप्रकाश सुवेदीले बीएए ३९७३ नम्बरको गाडी चढ्छन् ।
मन्त्रीलाई ३ वटा गाडी किन ? मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका सह-सचिव पुष्पराज शाहीले आवश्यकताकै कारण मन्त्रीले तीनवटा गाडी प्रयोग गरेको बताए ।
'तीनवटा मन्त्रालय एउटा भएको हो । कार्यभारको हिसाबले पनि भूमिका ठूलो छ । उहाँ एक्लैले गरेर हुँदैन । छिटो छरितो गर्न हेल्पिङह्याण्ड चाहिन्छ । ठाउँ-ठाउँमा कुदाउनुपर्छ,' सहसचिव शाहीले भने- 'उहाँको कामलाई इफेक्टिभ ढंगले सम्पन्न गराउनका लागि हो । गाडी दुरुपयोग भएजस्तो मलाई लाग्दैन ।'
यस्तै सचिव केदारबहादुर अधिकारीले बा१झ ८६१२ नम्बरको पिकान्टो कार र सचिव यामकुमारी खतिवडाले बा२झ २१२५ नम्बरको टाटा स्ट्रोम जीप चढ्छन् ।
शाखा अधिकृतलाई पनि गाडी !
खासमा चारपांग्रे सवारी सुविधा सचिव र सहसचिवले मात्र पाउने हो, तर यस मन्त्रालयमा उपसचिव मात्र होइन, शाखा अधिकृतले पनि चारपांग्रे सवारी सुविधा लिने गरेको देखिन्छ ।
वाणिज्य सचिव केदारबहादुर अधिकारीको सचिवालयमा रहेका शाखा अधिकृत दिनेश त्रिपाठीले बीएए ३९८३ नम्बरको पिकान्टो कार चढ्छन् ।
अधिकांश उपसचिवले पनि गाडी सुविधा लिएका छन् । उपसचिव तथा शाखा अधिकृतहरू समेतलाई कुन ऐन, कार्यविधि वा नियमका आधारमा सवारी सुविधा दिनुभएको हो भन्ने प्रश्नमा सह-सचिव शाहीले भने- 'म आएको दुई महिना मात्र भयो, पहिलेदेखि उहाँहरूले प्रयोग गर्दै आउनुभएको रहेछ । पहिलाको तीनवटा मन्त्रालयका गाडी छन् । दातृ निकायबाट आएका गाडी पनि छन् । त्यत्तिकै राख्दा पनि खिया लाग्ने, दिउँ न त भनेर दिए होलान् ।'
हेर्नुहोस्, चारपांग्रे सवारी र प्रयोगकर्ताको विवरण:
उपसचिवदेखि कार्यालय सहयोगीसम्मलाई मोटरसाइकल
मन्त्रालयका तीन उपसचिवले भने मोटरसाइकल/स्कूटर चढ्ने गरेको देखिन्छ । उपसचिवद्वय तर्कराज भट्ट र ऋतु पन्थले मोटरसाइकल तथा उर्मिला केसीले स्कूटर चढ्ने गरेका छन् ।
हेर्नुहोस्, दुईपांग्रे सवारी प्रयोगकर्ताको विवरण :
सचिवलाई १००, सहसचिवलाई ७० र अन्यलाई ५० लिटर इन्धन
चारपांग्रे सवारी सुविधा पाएकामध्ये सचिवले मासिक सय, सहसचिवले सत्तरी र अन्यले पचास लिटर इन्धन मासिक पाउने गरेको देखिन्छ । दुईपांग्रे सवारी साधनका प्रयोगकर्ताले मासिक ८ लिटर इन्धन पाउने गरेका छन् ।
हेर्नुहोस्, यसअघिका १८ भाग :
भाग- १८ : योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन
भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !
भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !
भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग
भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !
भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !
भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !
भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ
भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा
भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !
भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !
भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...