असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
अहिले २ ठूला कम्युनिस्ट पार्टी एकता भएर विशाल पार्टी बनेको करीब १ वर्ष हुँदैछ । सांगठनिक रूपमा पार्टी तल्लो तहसम्म पूर्ण एकता भइसकेको छैन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता आधार एमाले वा माओवादी दुवै विचार, संगठन र राजनीतिक मान्यतामा विलय होइन, विचारको विकासमा नयाँ उचाइ प्राप्त गरेको बुझ्नुपर्छ ।
एकताको अर्थ समानता हो । एकता भनेको पार्टी प्रवेश होइन । राजनीतिमा एकता, संघर्ष र रूपान्तरण स्वाभाविक हुन्छ । विगतमा एकआपसमा धेरै संघर्ष गरेका नेकपा नेताहरू एकतासँगै नयाँ पार्टी निर्माणसहित रूपान्तरणको केन्द्रमा आइपुगेका छन् ।
विगतका संघर्षका क्षेत्र फरक–फरकको परिणाम हुनसक्छ । जनयुद्ध र जनआन्दोलनको उपलब्धिबाट आएको गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक स्वीकार गरेका नेकपाका नेताले एकतापछि पनि मञ्चपिच्छे भिन्दाभिन्दै शैलीका विचार व्यक्त गरिरहेका छन् । नेपाली राजनीतिक इतिहासमा जनयुद्धको महत्त्वपूर्ण योगदान छ । यसर्थ जनयुद्धलाई द्वन्द्वको रूपमा मात्र बुझ्नु अधुरो बुझाइ हो ।
गरीब, श्रमजीवी र किसान वर्गलाई समृद्ध बनाउन गर्नुपर्ने कार्यबारे नेकपा नेता कार्यकर्ताले सघन बहस गर्न आवश्यक छ । नेकपालाई गफ गर्ने चौतारी बनाउनुभन्दा गरिखाने पार्टी बनाउन कार्यकर्तामा आलोचनात्मक चेतनाको आवश्यकता छ । नेकपा नेताहरू सिंहदरबार वरिपरि घुम्नुभन्दा जनताका घरआँगनमा पुग्नु आवश्यक छ ।
यतिबेला दुईतिहाइ मत सहितको सरकारको नेतृत्व नेकपा अध्यक्ष ओलीले गर्नुभएको छ । झ्वाट्ट हेर्दा बाहिरी जगत नेकपामयजस्तो देखिन्छ । नेतादेखि कार्यकर्ता उत्साहित छन् । यसर्थ अहिले नेकपालाई आफ्ना नीति तथा कार्यक्रम लागू गर्ने ठूलो अवसर प्राप्त भएको छ । तसर्थ वर्तमान सरकारको जिम्मेवारी धेरै छ । सस्तो प्रचारमा रम्नु बुर्जुवा संस्कार हो । वर्तमान सरकार ५ वर्षे स्थायी हो । यसर्थ सरकारका मन्त्रीज्यूले काम गरे स्वतः प्रचार हुन्छ । आजको आवश्यकता पारदर्शिता र इमान्दारिता हो ।
कम्युनिस्ट पार्टीमा जनवर्गीय संगठनको भूमिका महत्त्वपूर्ण हुन्छ । सरकारले गरेका कामको सकारात्मक प्रवाहबारे जनवर्गीय संगठनलाई तदारूकता साथ अवगत गराउनुपर्छ साथै खबरदारी पनि गर्नुपर्छ । पछिल्लो समय पार्टीका वैकल्पिक नेताहरूको उत्पादन पनि जनवर्गीय संगठनबाट हुने गरेको छ ।
विवादरहित जनवर्गीय संगठन एकता, युवा, विद्यार्थी, मजुदर, महिला र किसानमा ऊर्जा थपिने छ । पार्टी एकतामा कसको नेतृत्व भन्ने विषयलाई जीत र हारसँग परिभाषित गरे त्यसको पहिलो असर जनवर्गीय संगठनमा देखिने छ ।
आम जनतामा नेकपाको वैचारिक धार प्रष्ट बनाउन जरूरी छ । मार्क्सवाद, लेनिनवाद र माओवादको नेपाली प्रयोगबारे, वर्तमान क्रान्ति अवस्थाबारे जनतामा प्रष्ट बुझ्ने गरीभन्दा पार्टीको महत्त्व बढ्ने छ । नेकपाले क्रान्ति र मालेमावादका आधारभूत विषयलाई छाड्दै, कम्युनिस्ट पार्टीका नेताहरू सामन्तजस्तै पद र सम्मानका लागि मरिहत्ते गर्ने हो भन्ने दक्षिणपन्थी पार्टीमा रूपान्तरण छिट्टै हुनेछ । तसर्थ नेताहरूले पदलाई साधन मान्दै क्रान्तिलाई साध्यका रूपमा बुझेको खण्डमा मात्र सशक्त र वैचारिक नेपाल कम्युनिस्ट पार्टी निर्माण हुनेछ ।
नेपालका कम्युनिस्ट पार्टीका अगाडि साम्राज्यवाद, विस्तारवाद र पुँजीवादी व्यवस्थासँग संघर्ष गर्नुपर्ने प्रमुख चुनौती छ । यद्यपि अहिले पनि नेपालका कम्युनिस्ट नेताहरू यदुवंशी तवरले लडाइ लडिरहेका छन् । कतिपय घटनाक्रमको सुक्ष्म अध्ययन गर्दा नेपालका कम्युनिस्टले आफ्नो प्रमुख दुश्मन कम्युनिस्टलाई नै बनाएको आभास हुन्छ । अर्काेतर्फ कम्युनिस्टहरूलाई एकअर्काविरूद्ध उत्तेजनामा ल्याएर प्रतिगमनकारीहरूले लडाइरहेका छन् । यसको प्रत्यक्ष लाभ यथास्थितिवादी र प्रतिगामीलाई भइरहेको छ । वर्तमान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड र ओलीले गम्भीरताका साथ सबै घटकका कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने आवश्यक छ ।
अब स्वाभाविक प्रश्न उठ्ने छ – नेकपा युवामैत्री पार्टी हुने वा नहुने ? नेकपा केन्द्रीय समितिमा युवाहरूलाई नेतृत्व दिने सवालमा आगामी महाधिवेशनमा कस्तो मापदण्ड बनाउने ? यो सबैभन्दा गम्भीर विषयले नेकपाको आगामी भविष्य निर्धारण गर्नेछ । निरन्तर क्रान्तिको अभ्यासको लागि पार्टीभित्र युवाको सशक्त उपस्थिति हुन जरूरी छ ।
क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने पनि युवाहरूको जिम्मेवारी हो । तसर्थ युवा नेता अध्ययन गर्ने, नयाँ–नयाँ विचारबारे वहस गर्ने र स्पातिलो पार्टी बनाउन नेतृत्वदायी भूमिकामा आउन आवश्यक छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...