मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

बैशाख ३०, २०७६

तौलिहवा – तौलिहवा जितपुर सडक खण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

आइतवार राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु९प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।


ADVERTISEMENT

मोटरसाइकललाई कुनै ठूलो सवारीसाधनले ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ । 

बैशाख ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस