×

NMB BANK
NIC ASIA

शेन वाटसनले प्रशंसकहरूलाई दिए धन्यवाद, गरे अर्को वर्ष राम्रो प्रदर्शन गर्ने वाचा

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चेन्नई सुपर किंग्सका ओपनर शेन वाटसनले मुम्बई इन्डियन्सविरुद्धको फाइनल खेलमा घुँडाबाट रगत बग्दा पनि खेलेको खबर सार्वजनिक भएको थियो । 

Muktinath Bank

उनै वाटसनले अस्ट्रेलिया पुगेपछि आफ्ना प्रशंसक र शुभचिन्तकहरूलाई समर्थनका लागि धन्यवाद दिए । वाटसनले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेर भने, ‘म अहिले घर आइपुगेको छु र विगत दुई दिनमा सबैजनालाई माया, समर्थन तथा शुभेच्छा प्रकट गरेकोमा धन्यवाद दिन्छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाटसनले आईपीएल २०१९ मा खासै राम्रो प्रदर्शन गर्न सकेनन् तर चेन्नईले उनलाई प्रतियोगिताभरिका लागि पत्यायो । अनि उनले प्रतियोगिताका अन्तिम दुई खेलमा अर्धशतक बनाएर टीमको विश्वासलाई सही साबित गरे । 


Advertisment
Nabil box
Kumari

अघिल्लो सीजनको आईपीएलमा सीएसकेलाई जिताउन वाटसन नायक बनेका थिए । यस सीजनमा उनले मुम्बईविरुद्धको फाइनलमा शानदार ८० रन पनि बनाएका हुन् र टीमलाई जीतको संघारसम्म पु–याउन योगदान गरेका हुन् । 

Vianet communication
Laxmi Bank

अन्तिम बलसम्म पुगेका म्याचमा चेन्नई मुम्बईविरुद्ध जम्मा एक रनले हार्न पुग्यो । 

आईपीएल २०१९ को सुखद अन्त्य गर्न नसकेपनि वाटसनले अर्को सीजनमा झनै बलियो भएर आउने अनि उपाधि जित्नका लागि थप एक कदम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x