×

NMB BANK
NIC ASIA

मुख्य समाचार

न्यायाधीशको चलाखी–कारबाहीबाट बच्न राजीनामा दिए, अनिल झालाई राजपाको नेतृत्व

जेठ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– आफ्नो गलत फैसलाका कारण पटकपटक विवादमा तानिएका जिल्ला न्यायाधीश ओमकार उपाध्यायले कारवाहीबाट बच्न राजीनामा दिएका छन् । न्यायपरिषदको छानबिनमा दोषी देखिएपछि कारवाही हुने डरले उपाध्यायले राजीनामा दिएको स्रोतले जानकारी दियो । 
‘हत्यारा’ छुटाउन एकै दिन दुई आदेश, न्यायाधीश उपाध्याय विवादमा शीर्षकमा लोकान्तरले २०७३ सालको चैतमा विशेष खोज रिपोर्ट प्रकाशित गरेको थियो । लोकान्तरको खोज रिपोर्ट प्रकाशित भएपछि उपाध्याय विरुद्ध न्यायपरिषद्मा उजुरी परेको थियो । उजुरीसँगै उनीमाथि छानबिन भएको थियो । जिल्ला अदालत तनहुँको न्यायाधीश पदमा कार्यरत रहँदा २ महिनाअघि उपाध्याय निलम्बनमा परेका थिए ।
सोबारे पर्दाफास भएपछि उनले लोकान्तरका प्रदेश २ संवाददाता अजय अनुरागी र सम्पादक विमल गौतमलाई फोनमार्फत कारवाही गर्ने धम्की दिएका थिए । लोकान्तरले समाचारको प्रतिरक्षा गर्दै निरन्तर उपाध्यायका गलत क्रियाकलापका बारेमा समाचार प्रकाशित गरेको थियो ।
समाचार विस्तृतमा हेर्नुहोस्

Sagarmatha Cement
Muktinath Bank

लोकान्तर खोज प्रभाव : न्यायाधीश उपाध्यायद्वारा राजीनामा [खोज रिपोर्टसहित]

आन्दोलनरत नर्स र अस्पतालबीच सहमति


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच गएराति १० बुँदे सहमति भएको छ ।


Advertisment
Nabil box
Kumari

    सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण अनशनमा बसेकी नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत् नर्स जिता बरालले अनशन तोडेका छन् । 

Vianet communication
Laxmi Bank

    प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत् नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेको नेतृत्वमा नेपाल नर्सिङ सङ्घकी अध्यक्ष तारा पोखरेल र नेपाल शेर्पा महिला सङ्घकी अध्यक्ष ङिमी शेर्पाको रोहवरमा सहमति भएको हो ।

    सहमतिमा केन्द्रमा करारमा रहेको स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट नियमावलीको आधारमा शुरुमा प्राविधिक तर्फका पदको विज्ञापन गरि परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन एवं परीक्षा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने सहमति भएको छ ।

    त्यस्तै यस केन्द्रका लागि आईसियू तथा यूरोलोजी विभाग लोकसेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने, त्यसपछि कार्डियोलोजी, हेपाटोलोजी विभागको स्थापना गर्ने, परीक्षा सञ्चालन गर्दा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको उमेर वा अरु कुनै कारणले नियुक्ति नपाएमा खाइपाइ आएको करार नियुक्तिलाई निरन्तरता दिने सहमति भएको छ ।

    नेपाल सरकारको स्वास्थ्य ऐन तथा श्रम ऐनसँग बाझिएका यस केन्द्रका नियमावलीलाई परिमार्जन एवं संशोधन गर्न स्वास्थ्यकर्मी तथा कर्मचारी सहभागी कार्यदल गठन गरि संशोधनका लागि केन्द्रको बोर्ड बैठकमा पेश गर्ने सहमति भएको छ ।

    लोकसेवाको मौखिक अन्तवार्ताको निष्पक्षताका लागि लोकसेवा आयोगबाटै अन्तवार्ताका लागि आह्वान गर्ने, परीक्षा आगामी कात्तिक महीनाको तिहारपछि सञ्चालन गर्न केन्द्रसमेतले सम्बन्धित निकायलाई अपिल गर्ने, केन्द्रमा तत्काल नर्सिङ डाइरेक्टर करारमा नियुक्ति गरी स्थायी प्रक्रिया अगाडि बढाउने, केन्द्रको भौतिक विकास तथा सेवा सुविधा साथै स्तर उन्नतिका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ । 

    अनशन र आन्दोलनका क्रममा घाइते तथा बिरामी स्वास्थ्यकर्मी तथा कर्मचारीको निःशुल्क उपचार गर्ने र गिरफ्तार भएकाको तत्काल रिहाइ गरी मुद्दा फिर्ता लिने सहमति भएको छ ।

राजपा अध्यक्षमण्डलको संयोजकमा अनिल झा

    राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि अनिलकुमार झाले सम्हाल्ने भएका छन् । 
 राजपाको अध्यक्ष मण्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    
    पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणालीअनुसार परिवर्तन हुने प्रावधानका सम्बन्धमा झाले जिम्मेवारी पाएका हुन् । 
संयोजक भण्डारीको अवधि आइतबारदेखि सकिएको छ । 
 यसैबीच राजपाले पार्टीको विधान २०७४ को धारा २७ बमोजिम धारा उपधारामा संशोधन गरेको जनाएको छ । विधानमा २ वर्षभित्र महाधिवेशन गर्ने उल्लेख भएकामा त्यस अवधिभित्र महाधिवेशन गर्न नसकेपछि विधान संशोधन गरी ३ वर्षभित्र गर्न सकिने बनाइएको हो ।

    पार्टी विधानअनुसार निर्वाचन आयोगले विसं २०७६ वैशाखभित्र महाधिवेशन गर्न म्याद दिएको थियो तर उक्त मितिमा महाधिवेशन गर्न नसकेपछि राजपाले असारसम्मको समय मागेको थियो । असारसम्म पनि महाधिवेशन नहुने भएपछि विधानको ३१ (१०) मा रहेको २ वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्थालाई संशोधन गरेर ३ वर्ष बनाइएको छ ।

    राजपाको महाधिवेशनको पछिल्लो मिति कात्तिक २८, २९ र ३० गतेका लागि तोकिएको छ । विधान संशोधन नगर्दा राजपालाई विसं २०७६ असार मसान्तभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता हुन्छ । 

निर्देशन कार्यान्वयन नभएको गुनासो 

    संसदीय समितिको निर्देशन, निर्णयको सरोकारवाला मन्त्रालय र सम्बन्धित निकायले कार्यान्वयन नगरेकामा सांसदहरूले गम्भीर ध्यानाकर्षण गराएका छन् । 

    शिक्षा तथा स्वास्थ्य समितिको सिंहदरबारमा भएको बैठकमा समितिको ‘वार्षिक प्रतिवेदन–२०७५’ को मस्यौदामाथि छलफलका क्रममा सांसदहरूले समितिको निर्देशन कार्यान्वयनका अवस्थाबारे प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए । 

    संसद्को भूमिकालाई प्रभावकारी बनाउने समितिको महत्वपूर्ण निर्देशन सम्बन्धित मन्त्रालयले कार्यान्वयमा बेवास्ता गरेको भन्दै उनीहरूले आगामी दिनमा समितिको काम कारवाहीलाई थप प्रभावकारी बनाइनुपर्ने खाँचो औल्याए । 

    सांसद योगेश भट्टराईले समितिको महत्व र गरिमालाई ख्याल गर्दै समितिबाट हुने निर्देशन कार्यान्वयनमा मन्त्रालय गम्भीर हुनुपर्ने धारणा राखे । 

    हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प

    नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन बन्द भएको छ । उद्योगको मुख्य यन्त्रको मोटर जलेर बिग्रिएपछि क्लिङ्करलगायत कच्चापदार्थको उत्पादन बन्द भएको हो । 

    उद्योग प्रशासनका अनुसार उत्पादन गर्ने मुख्य सञ्चालकको मोटरमा आगो लागेपछि उत्पादनमा समस्या आएर क्लिङ्कर उत्पादन बन्द भएपछि सिमेण्ट उत्पादनमा पनि ह्रास आएको बताइएको छ । करीब तीन हप्ताअगाडि देखि दुई हजार ३०० किलोवाटको कच्चापदार्थ उत्पादन गर्ने मेशिन बिग्रिएका कारण उत्पादन ठप्प भएको हो । 

    उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहका अनुसार उद्योगमा हाल क्लिङ्कर र अन्य कच्चापदार्थको मौज्दात रहेकाले त्यसबाट सिमेण्ट उत्पादन भइरहेको छ तर मेशिन बिग्रेका कारण लक्ष्यअनुसारको उत्पादनमा भने समस्या रहेको हो । 

यन्त्र मर्मतका लागि वीरगञ्ज पठाइएको महाप्रबन्धक सिंहले बताए । 

 
नेकपा सचिवालय स्थगित

    पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन तथा एकताको बाँकी कामको टुङ्गो लगाउन आइतबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ ।

    शीर्ष नेताहरूको कार्यव्यस्तता र कार्यसूचीमा तयारी अभावका कारण बैठक सरेको हो । सचिवालयको औपचारिक बैठक नबसे पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरूबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक बैठक भएको थियो ।

    केन्द्रीय सदस्यमध्ये बाट पोलिटब्यूरो सदस्यको चयन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, केन्द्रीय निकायको एकता तथा प्रभाव कमिटीको एकताका विषयमा पार्टीमा छलफल चलिरहेको छ । यही जेठ २ गतेको सचिवालय बैठकले जनवर्गीय सङ्गठनको संयोजक, सहसंयोजक र केन्द्रीय सदस्यहरूको सङ्ख्या निर्धारण गरेको थियो ।

    मृतक सबैको सनाखत

    जीप दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, ६५ वर्षीया नरुली भट्ट र ६० वर्षीय लालमणि भट्ट रहेका छन् । उनीहरूको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । 

    दुर्घटनामा दशरथचन्द नगरपालिका–१० का ४५ वर्षीय प्रकाश भट्ट, कञ्चनपुरको भीमदत्तनगरका २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

    दशरथचन्द नगरपालिका–१० बाराकोटबाट देहिमाडाँै हुँदै नागार्जुनतर्फ जाँदै गरेको ग१ज ४९२१ नं को जीप दशरथचन्द नगरपालिका–११ नानीगाडमा दुर्घटना भएको थियो । 

यसैबीच झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । 

    मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ का ४३ वर्षीय राज आचार्य रहेका छन् । आचार्यको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । 

    यस्तै मृत्यु भएका प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए ।  दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते २९ यात्रुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, गजुरी अस्पताल, आदमघाट अस्पताल, गल्छी अस्पताल तथा काठमाडौँको ट्रमा सेन्टर, मेडिसिट अस्पतालमा उपचार भइरहेको छ । ना७ख ४३८७ नं को बस सडक छेउको बारमा ठोक्किएर ६० मिटर तल त्रिशूली नदीमा खसेको हो ।  

    गणतन्त्र दिवस भव्यतापूर्वक मनाउन तयारी 

    नेपाल सरकारले यस वर्षको गणतन्त्र दिवसलाई भव्यतापूर्वक मनाउन विभिन्न तयारी थालेको छ  । प्रचारप्रसार उपसमितिका संयोजकका हैसियतले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम तय गर्नुपर्ने बताए । 

    २२ करोड मात्र रकम विनियोजन

    शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आगामी आर्थिक वर्षमा नयाँ आयोजनाका लागि मन्त्रालयलाई रु २२ करोड मात्र रकम विनियोजन हुने सङ्केत मिलेको जानकारी दिएका छन् ।

    विकास तथा प्रविधि समितिको बैठकमा उनले भने, “कामको बोझ बढिरहेकैछ, नयाँ आयोजनाका लागि खासै बजेट प्राप्त गर्न सकिएको छैन, रु ७३ अर्बको पुरानै दायित्वछ । जम्मा रु २२ करोड नयाँ आयोजनाको लागि बजेट विनियोजन हुने भनिएको छ ।”

    सङ्घीय संसद् भवन, प्रधानमन्त्री आवास, मन्त्री आवास, प्रदेश तथा मुख्यमन्त्री सम्पर्क कार्यालय÷ आवास तथा राजकीय अतिथि गृह निर्माणका लागि यो वर्ष जम्मा रु आठ करोड बजेट विनियोजन हुने सङ्केत मिलेको जानकारी दिइयो ।

    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x