प्रभु बैंकको २ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा

जेठ २०, २०७६

काठमाडौं- प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ मालमही शाखा सोमवारदेखि सञ्चालनमा ल्याएको छ ।

काठमाडौं बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । 


ADVERTISEMENT

यी शाखाहरू समेत गरी बैंकले हालसम्म १८२ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

आजदेखि सञ्चालनमा आएका बैंकका बल्खु शाखा र लमही शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरू, विभिन्न किसिमका व्यावसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

जेठ २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार