×

NMB BANK
NIC ASIA

काठमाडौं – बुधवार बालुवाटारमा बसेको अढाई घण्टे सचिवालय बैठकपछि हलबाहिर निस्कने अधिकांश नेताहरूको अनुहार फुङ्ग उडेकोजस्तो देखिन्थ्यो ।

Sagarmatha Cement
Muktinath Bank

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सञ्चारकर्मीको अनुहारै नहेरी गाडीभित्र पसे भने सचिवालय सदस्य वामदेव गौतम पनि दायाँबायाँ नहेरी चुपचाप आफ्नो बाटो लागे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य नेताहरूको अनुहारमा यसअघिजस्तो कान्ति देखिएको थिएन । बैठक सकिएको केही समयपछि निस्केका प्रवक्ता नारायणकाजी श्रेष्ठ सञ्चारकर्मीसँग बोल्नैपर्ने बाध्यताले मात्र क्यामेराको अगाडि आउन तयार भए ।


Advertisment
Nabil box
Kumari

दिउँसो १२ बजे शुरू भएको बैठक साढे २ बजे सकिएको थियो । पार्टी एकता भएको १ वर्षभन्दा बढी बित्दासम्म पनि नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्न सकेको छैन । पोलिटब्यूरो गठन सम्बन्धमा धेरै हल्ला चले । पार्टीभित्र अलपत्र परेका विभागको नेतृत्वको टुंगो कहिले लाग्ने हो ? त्यो पशुपतिनाथलाई बाहेक अन्यलाई थाहा छैन ।

Vianet communication
Laxmi Bank
कहिल्यै पाक्न नसकेको सहमतिको ‘लोहोरो’लाई पुनः भोलि (बिहीवार) पाक्ने आशासहित खरानीभित्र घुसारेर श्रेष्ठ उम्किए ।

अघिल्लो दिन मंगलवारको सचिवालय बैठकमा भोलि ( बुधवार) सम्म जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइने बताएका थिए प्रवक्ता श्रेष्ठले । जेठ ५ गतेयता बस्न नसकेको सचिवालय बैठक पटक–पटक स्थगित भएर जेठ २२ गते बस्न सफल भएको थियो । २५ गतेबाट शुरू हुने प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमण तय भइसकेपछि नेकपामा लामो समयसम्म बस्न नसकेको सचिवालय बैठक बाध्यकारी बनेको थियो ।

बुधवार प्रवक्ता श्रेष्ठ सञ्चारकर्मीसँग बोल्न त तयार भए तर उनीसँग कुनै नौलो विषय थिएन । ‘प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज सहमति हुन सकेन,’ उनले भने, ‘अब भोलि बिहान ९ बजे सचिवालयको अर्काे बैठक बसेर सहमति गरिने छ ।’ कहिल्यै पाक्न नसकेको सहमतिको ‘लोहोरो’लाई पुनः भोलि (बिहीवार) पाक्ने आशासहित खरानीभित्र घुसारेर श्रेष्ठ उम्किए ।

अढाई घण्टा बालुवाटारस्थित प्रधानमन्त्रीको स्वकीय सचिवालयको कार्यकक्षमा ‘लुडो’ खेलेर, समसामयिक राजनीतिको बारेमा चर्चा गरेर, पत्रिका पढेर, चिया पिएर, पत्रकारको नाक भाँच्छु भनेर तहल्का मच्चाएका इटहरीका मेयरबारे चर्चा गरेर बिताएका पत्रकारलाई श्रेष्ठले दिएको ‘भोलि सहमति हुने’ जवाफले पटक्कै उत्साहित गराएन । ४ बजेको बुलेटिनमा नेकपा सचिवालय बैठकबारे ३ मिनेट लामो रिपोर्ट बनाउने जिम्मेवारी बोकेर अढाई घण्टा कुरेका एक टेलिभिजन पत्रकार भन्दै थिए, ‘यिनीहरूले आफ्ना कार्यकर्ता त ढाँटे–ढाँटे, हामीलाई पनि हरेक दिन ढाँटिरहेका छन् । हिजो, आज सहमति हुन्छ भने, आज भोलि भन्छन्, अब बेलुका के बजाउनु ?’

पार्टीभित्र विवाद कसरी समाप्त हुन्छ भनेर सोच्ने जिम्मेवारी पत्रकारको होइन तर दुईतिहाइ सरकारको नेतृत्व गरेको नेपालको सबभन्दा ठूलो दलका नेताहरू ‘घोसेमुन्टो’ लगाएर बैठकस्थलबाट बाहिर निस्केको दृश्य पहिलोपल्ट देख्ने पत्रकार नै हुन् । यस्ता दृश्य देख्दा पत्रकार पनि निराश हुन्छन् भने आफ्नो सञ्चारमाध्यमबाट प्रसारण गर्दा जनता र विशेष गरेर पार्टी कार्यकर्ता निराश बन्छन्, देश नै निराश बन्छ ।

एकता भएको १ वर्षभित्रसम्म पनि कुनै छलफलको विषय नबनेको पार्टीको निर्देशक सिद्धान्त ‘जबज (जनताको बहुदलीय जनवाद)’ हुने कि ‘जनताको जनवाद’ हुने विषयमा नेताहरू दन्तबझानमा उत्रिएका छन् । 

बरू गर्न नसकेको सहमतिबारे नेताहरू जब ‘स्ट्यान्ड अप कमेडी’ पारामा बोल्छन्, यसले उनीहरू आफ्नै पार्टीको विवाद समाधान गर्न उदासिन छन् भन्ने पुष्टि गर्छ । ‘भोलि शतप्रतिशत सहमति हुन्छ ?’ भनेर एक जना पत्रकारले सोधेको जवाफमा प्रवक्ता श्रेष्ठ ठट्यौली पारामा प्रस्तुत भए । ‘भोलिसम्म तपाईंलाई नै जे पनि हुन सक्छ, कसलाई के थाहा छ र ?’ उनले भने, ‘शतप्रतिशत भोलि नै सहमति हुन सक्छ भनेर मैले कसरी भनुँ ?’ श्रेष्ठको जवाफ हलुका त थियो नै, त्योभन्दा बढी आफै आत्मविश्वासी छैनन् भन्ने देखिन्थ्यो ।

सत्तारूढ नेकपाभित्र नयाँ–नयाँ विवाद सिर्जना भइरहेका छन् । पार्टी एकीकरणका बाँकी कार्यभार पूरा हुन नसकेको अवस्थामा ‘आलोपालो प्रकरण’ले बहसमा स्थान जमाएको छ । शीर्ष नेताहरू अनावश्यक वक्तव्यबाजीमा उत्रिरहेका छन् । एकता भएको १ वर्षभित्रसम्म पनि कुनै छलफलको विषय नबनेको पार्टीको निर्देशक सिद्धान्त ‘जबज (जनताको बहुदलीय जनवाद)’ हुने कि ‘जनताको जनवाद’ हुने विषयमा नेताहरू दन्तबझानमा उत्रिएका छन् । 

एकता भएको १ वर्षमा पार्टीभित्र रहेका साविकका गुटबाहेक थप आधा दर्जन गुट–उपगुट अस्तित्वमा आएका छन् । अध्यक्षद्वयले आफ्नो खल्तीबाट नाम निकालेर प्रदेश कमिटीको नेतृत्व चयन गरेको आरोप लगाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले ७७ वटै जिल्ला कमिटीको नेतृत्वका लागि केही संख्या आफ्नो खल्तीबाट निकाल्न पाएपछि चुप लागे । ‘ओलीको गुटबाट यति, प्रचण्डबाट यति र अन्यबाट यति संख्यामा नेतृत्वको छनोट’ भनेर सबभन्दा पहिला नेताहरूकै मुखबाट सुन्न पाइन्छ ।

पार्टी प्रवक्ताले भोलि (बिहीवार) सहमति हुने तर शतप्रतिशत सहमति हुने कुनै ग्यारेन्टी नभएको बताएर गाडी चढेपछि सूचना स्रोतलाई फोन घुमाउनुबाहेक पत्रकारसँग अन्य कुनै विकल्प रहँदैन । स्रोतलाई सोधेपछि बैठकभित्र कुन नेताले के–के धारणा राखेसम्मको जानकारी प्राप्त हुन सक्छ । त्यस्ता स्रोत स्वयं सचिवालय सदस्यहरू हुन सक्छन्, तिनका पीए हुन सक्छन् ।

स्रोतका अनुसार अढाई घण्टे बैठक जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउने विषयमै केन्द्रित रहेको थियो । बैठकमा पोलिटब्यूरो गठन, विभागको नेतृत्व र अन्य विषयमा कुनै छलफल भएन । ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउने क्रममा आधा दर्जनजति जिल्लाहरूमा बहालवाला सांसद र मन्त्रीहरूको नाम आएपछि त्यसबारे थप छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित गरियो । 

पार्टीभित्र दोहोरो जिम्मेवारीको विषय शुरूदेखि नै उठिरहेको छ । स्वयं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्रीको दोहोरो जिम्मेवारीमा छन् । यसबारेमा कतिपय नेताहरूले प्रश्न उठाइरहेका देखिन्छन् तर सुनुवाइ भने भएको छैन । अहिले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा पनि दोहोरो जिम्मेवारीकै कुराले छेकिरहेको छ । त्यसपछि प्रवक्ता श्रेष्ठकै शब्दमा ‘समय रहेमा एकताका अन्य कुराहरूमा पार्टी प्रवेश गर्नेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x