मंसिर १८, २०८०
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
जनकपुरधाम – संघीयता र विकेन्द्रीकरणको अभ्याससँगै सर्वसाधारणले प्रदेशबाट थुप्रै अपेक्षा गरेका थिए । सरकारी बजेटलाई उत्पादनमूलक क्षेत्रमा खर्च गरेर विकास र समृद्धिमा योगदान गर्नु प्रदेशको दायित्व पनि हो ।
२ नम्बर प्रदेश सभाले भने अनुत्पादक क्षेत्र भोजभतेर र रमझममा लाखौं रकम खर्च गरेको पाइएको छ । गत वर्ष २०७५ माघ २१ गते आयोजित प्रदेश सभाको पहिलो वार्षिकोत्सव कार्यक्रममा लाखौं खर्च गरिएको हो ।
प्रदेशसभा सचिवालयको लेखा शाखाबाट प्राप्त सूचना अनुसार वार्षिकोत्सव कार्यक्रममा २७ लाख ७ सय ३२ रुपैयाँ खर्च गरिएको छ । वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दा प्रदेशसभा सांसद र कर्मचारीले गरेको खेलकुद कार्यक्रममा १६ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ ।
प्रतियोगितामा ब्याडमिन्टन र भलिबल खेल आयोजना गरिएको थियो । पुरुष सांसदविरुद्ध पुरुष सांसद र महिला सांसदविरुद्ध महिला सांसदबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रदेशसभा सचिवालयका ‘स्टोर किपर’ धर्मराज पौडेलका अनुसार खेल खेलाउन जिल्ला खेलकुद विकास समिति धनुषाले पारिश्रमिक लिने गरी प्रशिक्षक तथा खेलाडीको टीम नै पठाएको थियो । खेलकुदका लागि सबै खेलाडी सांसद तथा कर्मचारीलाई खेल पोशाक किनेर प्रदान गरिएको थियो ।
खेल सामग्री किन्नेदेखि खेल मैदान बनाउनेसम्म, खेलाडीलाई पिउनका लागि जुस, खाजा र पानीमा रकम खर्च गरिएको थियो तर कति जनालाई पोशाक, जुत्ता दिइयो भन्नेबारे लेखा अधिकृत नविनकुमार मिश्रले बताउन मानेनन् । स्रोतका अनुसार ब्याडमिन्टनका लागि किनिएको खेल सामग्री र पोशाक बजार दरभन्दा महंगो मूल्यमा किनेर अनियमितता गरिएको छ ।
वार्षिकोत्सव कार्यक्रम आयोजना गर्न गठित मूल समारोह समितिले ६ लाख २४ हजार ६ सय ७७ रुपैयाँ खर्च गरेका छन् । जसअन्तर्गत समितिले टेन्ट, ब्यानर, छपाइ, सांस्कृतिक कार्यक्रम तथा पुरष्कारका लागि खर्च गरेको छ । सांस्कृतिक टोलीलाई ५० हजार रुपैयाँ दिइएको थियो । वृक्षारोपणमा १५ हजार १ सय ५० रुपैयाँ, रक्तदानमा ३५ हजार ५ सय ९९ रुपैयाँ, आर्थिक सहयोगमा १ लाख २७ हजार २ सय ४६ रुपैयाँ खर्च गरिएको छ । अन्य शीर्षकमा समेत गरेर १ लाख २ हजार ९ सय ६४ रुपैयाँ खर्च गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मूल समारोह समितिले गरेको खर्च रकमबाटै प्रदेश सभामा उत्कृष्ट सांसद र उत्कृष्ट कर्मचारीलाई नगद पुरष्कार समेत प्रदान गरिएको थियो । उत्कृष्ट सांसदमा नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी र उत्कृष्ठ कर्मचारीम प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवलाई ५१ हजार रुपैयाँको दरले नगद पुरष्कार वितरण गरिएको थियो । लेखा अधिकृत मिश्रका अनुसार रकममध्ये आकस्मिक लाभ करबापत २५ प्रतिशत रकम कर काटेर प्रदान गरिएको छ ।
प्रदेश सभाले वार्षिकोत्सव कार्यक्रममा मात्रै २७ लाख रुपैयाँ खर्च गरेको जानकारी दिँदै प्रतिक्रिया लिन खोज्दा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी आश्चर्यमा परे । ‘यदि २७ लाख रुपैयाँ त्यस कार्यक्रममा खर्च भएको हो भन्ने कुरा सत्य हो भने पत्याउन सकिन्न,’ सांसद चौधरीले भने, ‘म त त्यो खर्च रकम सुनेर नै आश्चर्यचकित भएको छु । धेरै रकम खर्च भएको छ ।’
‘कार्यक्रममा सांसदलाई खाना पनि खुवाइएको थिएन, मात्र प्याकेटमा खाजा दिएको थियो,’ चौधरीले भने, ‘एउटा मञ्च बनाइएको थियो, कलाकारले नाचगान गरेका थिए र ट्रफी वितरण गरिएको थियो ।’ त्यति ठूलो तामझाम पनि थिएन भने यति रकम खर्च हुनु भनेको अनावश्यक र फजुल खर्च भएको टिप्पणी गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा पनि समारोहको नाममा त्यति रकम खर्च गर्नु भनेको राम्रो नभएको बताउँछन् । ‘वार्षिकोत्सव समारोहमा प्रदेश सभाले के कति रकम खर्च गर्यो भन्ने हामीलाई जानकारी नै गराइएको छैन,’ नेकपा सांसद विश्वकर्माले भने, ‘हामीले पनि प्रदेश सभाको स्टोर शाखाबाट हिसाब माग गर्नुपर्छ भन्ने कुरा गरेपनि जानकारी हालसम्म पाउन सकेका छैनौं ।’
‘एकातर्फ गरीब प्रदेश भन्छौं, समृद्ध प्रदेश बनाउनु छ भनेर पनि भन्छौं र अर्कोतर्फ समारोहको नाममा २७ लाख रुपैयाँ जति खर्च गर्छौं भने त्यो पक्कै पनि राम्रो कुरा होइन,’ उनले भने, ‘समारोहजस्तो कार्यक्रममा त्यति खर्च नगरेर कम खर्चमा पनि काम चलाउन सकिन्थ्यो । अब त्यो खर्चमा वैधानिक रुपले नै बढी खर्च भएको छ भने त एउटा कुरा भयो, अर्कोतर्फ हुँदै नभएको खर्चलाई पनि खर्चमा देखाइएको छ भने त्यसको छानबिन हुनुपर्ने हो ।’
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश सभामा विशेष सम्बोधन गर्न आउँदा पनि भोजभतेर र रमझममै प्रदेश सभाले नै लाखौं रुपैयाँ खर्च गरेको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदा पनि प्रदेश सरकारले लाखौं रकम भोजभतेर तथा समारोहमै खर्च गरेको थियो ।
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...