×

NMB BANK
NIC ASIA

दोस्रो कार्यकालमा मोदीको विदेश नीति : नेपालको स्थान कहाँ ?

जेठ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – दोस्रो कार्यकालका लागि निर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वका छिमेकी देशहरूसँगको सम्बन्धलाई बलियो बनाउन कुनै समय गुमाउन नचाहेको सन्देश दिएका छन् ।

Muktinath Bank

बहुक्षेत्रीय व्यापार र आर्थिक साझेदारीका लागि 'बे अफ बङ्गाल इनिसिएटिभ्स'को निमन्त्रणालाई स्वीकार्दै प्रधानमन्त्री मोदी र विदेश मन्त्री एस जयशंकर पहिलो विदेश यात्रामा जाँदैछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री मोदी शनिवार माल्दिभ्सको राजकीय भ्रमणमा जाने कार्यक्रम छ । त्यसपछि उनी श्रीलंका जानेछन् । यही बीचमा विदेशमन्त्री जयशंकर दुईदिनका लागि भूटान भ्रमणमा निस्किसकेका छन् । उनीहरू दुवैले आफ्नो कार्यकालको शुरूवातमै महत्त्वपूर्ण मानिने प्राथमिकताका देशहरू छानेका छन् । 


Advertisment
Nabil box
Kumari

विदेशमन्त्री जयशंकरले 'थिंक ट्यांक अनन्त केन्द्र'द्वारा आयोजित एक कार्यक्रममा पहिलोपटक सम्बोधन गर्दै अबको ५ वर्षमा सरकारको ध्यान बिमस्टेकतर्फ केन्द्रित हुने बताएका थिए । पाकिस्तानको नाम नलिई उनले दक्षिण एसिया क्षेत्रीय सहयोग संगठन (सार्क)मा आतंकवादको मुद्दा रहेको तर भारतले प्राथमिकताका साथ राखेको 'कनेक्टिभिटी'को मुद्दालाई अघि बढाउन बिमस्टेकले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री मोदीले माल्दिभ्समा भारतले लगानी गरेका परियोजनाहरूको उद्घाटन गर्नेछन् । माल्दिभ्स र श्रीलंकामा भारत चीनको उपस्थितिलाई लिएर सशंकित देखिन्छ । भारतले दक्षिण एसियामा चीनको प्रभाव घटाउने दिशामा महत्त्वपूर्ण काम गर्ने विश्वास लिइएको छ । श्रीलंकामा पनि हम्बनटोटा लगायतका चिनियाँ परियोजनाका बेफाइदाहरूलाई देखाएर चीनलाई थप लगानी गर्न नदिने रणनीति भारतको रहेको छ ।

आफ्नो शपथ ग्रहण समारोहमा मोदीले बिमस्टेक सदस्यहरूलाई बोलाएका थिए जसमा थाइल्याण्ड र म्यानमारजस्ता देशहरू सामेल थिए तर माल्दिभ्स थिएन ।

५ लाख जनसंख्या भएको भारतको छिमेकी देश माल्दिभ्स सानो भएपनि सामरिक हिसाबले भारतका लागि निकै महत्त्वपूर्ण देश हो । सपथ ग्रहणमा आमन्त्रण नगरेको तर सामरिक हिसाबले महत्त्वपूर्ण देश भएकाले मोदीले पहिलो विदेश भ्रमणका लागि माल्दिभ्स नै रोजेको हुन सक्ने भारतीय राजनीतिक विश्लेषकहरूले दाबी गरेका छन् । 

पहिलो विदेश भ्रमणका लागि माल्दिभ्स नै रोज्नुको पछाडि चीन पनि एउटा कारण भएको बताइएको छ । चीनले पछिल्लो दशक हिन्द महासागरमा आफ्नो वर्चस्व बढाउन तीव्रताका साथ काम गरिरहेको छ । श्रीलंका र माल्दिभ्स चीनको नजरमा परिरहेका छन् । व्यापार, आर्थिक सहयोग र पूर्वाधार विकासको योजना दिएर चीनले यी देशहरूमा आफ्नो बलियो उपस्थिति जनाउन खोजिरहेको छ र केही हदसम्म सफल पनि भएको छ ।

माल्दिभ्सका लागि भारतीय राजदूत संजय सुधीरले बीबीसीसँग कुरा गर्दै माल्दिभ्स भारतको 'छिमेक पहिलो' नीतिको ठूलो भाग रहेको बताएका छन् । 'हाम्रो लागि जति पनि तेल र ग्यास मध्यपूर्वबाट आउँछ, सबै माल्दिभ्स नजिकै भएर आउँछ,' सुधीरले भने, 'यसैकारणले भारतका लागि यो क्षेत्रमा शान्ति हुनु अपरिहार्य रहेको छ, त्यसका साथै माल्दिभ्स भारतको एक विश्वासिलो विकास साझेदारको रूपमा रहेको छ ।'

पाकिस्तान आउट !

भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानले बारम्बार भारतसँग वार्ता गर्न खोजेको भएपनि मोदीले पाकिस्तानको प्रयासलाई वास्ता नगरेको समाचारहरू प्रशारण गरिरहेका छन् । एक भारतीय सञ्चारमाध्यम दैनिक जागरण लेख्छ, 'भारत सबै कुरा भुलेर पाकिस्तानसँग दोस्तीको हात बढाउन तयार छ तर जबसम्म आतंकवादको विरुद्धमा पाकिस्तानले ठोस रूपमा कारवाही चाल्दैन तबसम्म भारतले पाकिस्तानसँग कुनै बातचित गर्दैन ।' 

किर्गिस्तानको राजधानी बेशकेकमा १३ र १४ जुनमा हुन गइरहेको सांघाई सहयोग संगठनको बैठकमा भारत र पाकिस्तानका दुवै प्रधानमन्त्री भाग लिने भएपनि दुवैको छुट्टै भेट हुने सम्भावना नरहेको उक्त सञ्चारमाध्यमले दाबी गरेको छ । यदि भारतले पाकिस्तानसँग वार्ता गर्ने कुनै चाहना नदेखाउनुको अर्थ अबको ५ वर्ष आफ्नो विदेशनीतिको प्राथमिकतामा पाकिस्तानलाई नराख्नु हो भन्ने बुझ्न कुनै गाह्रो छैन । 

नेपाल अध्यक्ष रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले अहिलेसम्म ठोस प्रगति गर्न नसकेको आरोप लगाउने विदेशमन्त्री जयशंकरले अबको भारतको प्राथमिकतामा सार्क नपर्ने भनेर खुला रूपमा बोलिसकेका छन् ।

नेपालको स्थान कहाँ ?

लोकान्तरसँग कुरा गर्दै भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतको छिमेक नीतिमा नेपाल सधैं अग्रसूचीमा रहेको बताए । नेपालले पनि 'छिमेक पहिलो' नीति अंगीकार गरेकाले अबको नेपाल-भारत सम्बन्ध उतारचढावपूर्ण नहुने बरू सौहार्द बन्ने विश्वास उपाध्यायको छ । 

नेपालमा नाकाबन्दीपछि उत्कर्षमा पुगेको 'मोदीविरोधी राष्ट्रवाद' अहिले धेरै हदसम्म 'कुल' भएको छ । नवनिर्मित नेपालको संविधानमा भारतले आफ्ना स्वार्थका प्रावधानहरू नपरेको भन्दै छ महिने लामो नाकाबन्दी लगाएको थियो । नाकाबन्दी गलत थियो भनेर कुनै भारतीय अधिकारीले औपचारिक रूपमा आत्मालोचना गरेका छैनन् तर स्वयं भारतीय प्रधानमन्त्री मोदीले आफ्नो पहिलो कार्यकालमा नेपालको ४ पटक भ्रमण गरिसकेका छन् । ३ पटक नाकाबन्दीपछि गरे । 

मोदीले नेपाल भ्रमणका क्रममा पटक-पटक दुई देशको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् । अर्थात अप्रत्यक्ष रूपमा नाकाबन्दी गलत थियो भन्ने भाव उनको भाषणमा पाइन्छ ।

उनको नेपाल भ्रमणका क्रममा भएका धेरै सम्झौताहरू कार्यान्वयनको पहिलो चरणमा छन् । नेपालको राष्ट्रिय आकांक्षा 'समृद्ध नेपाल, सुखी नेपाली'को प्रशंसा गर्दै मोदीले आफूले तय गरेको नारा 'सबका साथ, सबका विकास' पनि नेपालको राष्ट्रिय आकांक्षा जस्तै रहेको बताएका थिए ।

मोदीले नेपाल भ्रमण कहिले गर्लान् भन्ने प्रश्नको उत्तर सहज भने छैन । यस सम्बन्धमा अहिल्यै बोलिहाल्नु छिटो हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । तर दोस्रो कार्यकालमा मोदीले नेपालसँगको सम्बन्धलाई महत्त्व दिने विषयमा खासै दुईमत भने रहेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x