मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ :

जेठ २४, २०७६

पर्सा-वीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१० का २६ बर्षीय अम्मेन्द्र कुमार पटेल र सोही महानगरपालिका-२० का २७ बर्षीय धिरेन्द्र महतो रहेका छन् ।
बिहीबार दिउँसो फरक फरक समयमा सोही महानगरपालिका-११ रानिघाटमा पार्किङ गरी राखेको ना.५५ प ७१७४ नम्बरको मोटरसाइकल र वीरगंज महानगरपालिका- १० आदर्शनगर डेरा गरी बस्ने नविन झाले आफ्नो घर अगाडि पार्किङ गरी राखेको ना.४ प ४०५७ नम्बरको मोटरसाइकलको लक तोडी चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.४ प ४०५७ नम्वरको मोटरसाइकल सहित पटेललाई आदर्शनगरबाट र ना.५५ प ७१७४ नम्बरको मोटरसाइकल सहित महत्तोलाई रानीघाटबाट पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  
 


ADVERTISEMENT

जेठ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस